Friday, March 29, 2024

Friday, March 29, 2024
INFONPLप्रदेशकाठमाडौंमा डेरा गरेर बस्नेहरुलाई दुखद खबर तत्काल फर्किन नदिन काठमाडौंका पालिकाहरुको कठोर निर्णय

काठमाडौंमा डेरा गरेर बस्नेहरुलाई दुखद खबर तत्काल फर्किन नदिन काठमाडौंका पालिकाहरुको कठोर निर्णय

Published:

ON:

INFONPL

काठमाडौंमा डेरा गरेर बस्नेहरुलाई दुखद खबर तत्काल फर्किन नदिन काठमाडौंका पालिकाहरुको कठोर निर्णय ,ूकाठमाडौंमा डेरा गरेर बस्नेहरुलाई तत्काल फर्किन नदिन काठमाडौंका पालिकाहरुको कठोर निर्णय ललितपुर काठमाडौं उपत्यकाकास्थानीय तहलेकोरोना महामारी सामान्य नभएसम्म गाउँ गएकालाई नफर्कन आग्रह गरेका छन् ।

लकडाउनअघिदेखि उपत्यका छाडेका सर्वसाधारण फर्कन थालेपछि चन्द्रागिरि नगरपालिका–१५ ले सूचना नै जारी गरेर घर भाडामा बस्नेलाई अवस्था सामान्य नभएसम्म घर गएका कसैलाई नफर्कनू भन्दै फोन गर्न घरधनीका नाममा सूचना जारी गरेको छ । केही दिनयता उपत्यका भित्रिने क्रम बढेपछि ललितपुर महानगरपालिकाका वडाहरु ९, ११, १२ र १९ ले पनि घरधनीलाई यस विषयमा सूचित गरेका छन् । नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखी यस्तो सूचना जारी गरिएको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

कोठा भाडामा बस्नेहरू जबर्जस्ती फर्केको वा घरभित्र छिर्न खोजेमा टोल सुधारमार्फत् वडा कार्यालयलाई जानकारी दिन पनिभनिएको छ।वडाको सूचनालाई बेवास्तागरेको पाइएमा टोल सुधार समितिको निगरानीमा १४ दिनसम्म घर लक गरिदिने ललितपुर–९ का अध्यक्ष राजु महर्जनले बताए । यस वडामा ३ हजार ४ सय ४८ घरधुरी छन् ।

ॅकोरोना भाइरसका कारण घरधनी नै त्रसित छन्, गाउँबाट फर्केकालाई कोठामा बस्‍न दिन उनीहरू पनि अनकनाउँछन्,महर्जनले भने ।बिहीबारदेखि नै घरधनीले बहालवालालाई फोन गर्न सुरु गरेको उनले बताए । ॅगाउँबाट फर्केको खण्डमा उनीहरूले कोरोना परीक्षणको रिपोर्ट ल्याउनुपर्ने र १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ,’उनले भने, ॅअहिले केही लक्षण देखिँदैन, कोठा छुट्टै भए पनि शौचालय एउटै हुन्छ, त्यसैले घरमै बस्‍न आग्रह गर्न लगाएका छौं ।’

यस वडामा बुधबार चितवनबाट २ जना बहालवाला आएका थिए तर उनीहरूलाई घरधनीले कोठामा पस्न दिन अप्ठ्यारो माने । उनले भने, पैसा तिरेर क्वारेन्टाइनमा बस्ने कि घर फर्कनेभन्दा उनीहरू घर नै फर्किए ।भाडामा बस्ने मानिसहरू आएको खण्डमा आरडीटी परीक्षण र १४ दिनक्वारेन्टाइन अनिवार्य गरेका छौं,’उनले भने,ॅपरीक्षण र क्वारेन्टाइनको झन्झटदेखि निरुत्साहित भएर घरमै बसून् भनेर यस्तो गरेका हौं ।’ नगर प्रवक्ता हरिभक्त महर्जन भन्छन्, ॅहालसम्म नगरपालिकाले निर्णय गरेको छैन ।

वडावासीको त्रासलाई ख्याल गरी उक्त वडाले मात्रै यस्तो सूचना जारी गरेको हो ।’ नगरपालिकामा विभिन्‍न जिल्लाबाट ४० जनाभन्दा बढी मानिस भित्रिसकेको उनले जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ । स्थानीयबाहेक सबैलाई आरडीटी टेस्ट अनिवार्य गरेको बताउँदै उनले भने, ॅउपत्यकामा लकडाउन कडाइ गरे पनि गाडीमा भन्दा पनि हिँडेर आउने मानिसहरनगरपालिका प्रवेश गरेका छन् ।

’महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालको टोलीले बुधबार उपत्यका भित्रिने मुड्खु, नागढुंगा, साँखु, जगाती, भीमढुंगा नाकाको अनुगमन गरेको थियो । विभिन्न जिल्लाबाट उपत्यकाभित्र मानिस लुकेर आउन थालेको खबर आएपछि वास्तविकता बुझ्न स्थलगत अनुगमन गरेको उनले बताए ।

ॅअत्यावश्यक मालवाहक सवारीहरूमा मानिस लुकेर काठमाडौं आइरहेका छन् भन्ने सूचना आएको थियो,’ उनले भने, ॅतर त्यस्तो पाइएन ।’ कोरोना बाट बच्नकोलागी साबुन पानीले मिची र मिची हात धुनुहोस, सामाजिक दुरी कायम गर्नुहोस्, स्व्यास्थ्य रहनुहोस्,शुभ समय ।

सम्बन्धित समाचार

ताजा समाचार