Thursday, April 18, 2024

Thursday, April 18, 2024
INFONPLआर्थिकआज बुधबार नेपाली बजारमा सुनको भाउ १००० ले बढ्याे

आज बुधबार नेपाली बजारमा सुनको भाउ १००० ले बढ्याे

Published:

ON:

INFONPL

आज बुधबार नेपाली बजारमा सुनको भाउ १००० ले बढ्याे , मंगलबार एकैदिन तोलामा २ हजार रुपैयाँ घटेको सुनको भाउ आज फेरि तोलामा एक हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाे सूची अनुसार आज छापावाल सुन प्रतिताला ७६ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ७५ हजार ५ सय तथा तेजावी सुन ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ जहाँ मंगलबार पनि चाँदी सोही मुल्यमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार