राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त

Author

Date

Category

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त , राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे छ ।

यसै अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न साझा अभियानका रूपमा ॅसमानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने राष्ट्रिय लक्ष्यका साथ यस वर्ष ११०औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै गरेको र उक्त उद्देश्यलाई साकार तुल्याउन सम्बद्ध सबै पक्ष अग्रसर हुनुपर्ने महसुस गरेको बताउनु भएकाे छ ।

“नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्न महत्वपूर्ण प्रावधानहरूको व्यवस्था गरेको र त्यसबाट महिलामाथि हुने हिंसा र विभेदलाई हटाउन ठूलो मद्दत पुगेको छ । सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरिएका दिगो विकास लक्ष्यहरू लैङ्गिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने, न्यायमा पहुँच पु(याउनेजस्ता विषयहरू महिलाको हक संरक्षणमा केन्द्रित रहेका छन् । यी लक्ष्यहरू हासिल गर्न नीति, संरचना र कार्ययोजनासहित नेपाल सरकार अगाडि बढिरहेको छ”, सन्देशमा राष्ट्रपतिले भन्नुभएकाे थियाे ।

अन्तर्राष्ट्रिय नारी दिवसले लैङ्गिक समानताका विषयलाई आत्मसात् गर्न तथा लैङ्गिक समानताका लागि क्रियाशील नयाँ र पुराना पुस्ताका अधिकारकर्मीलगायत सम्बद्ध सबैलाई थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना उहाँले व्यक्त गर्नुभएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

29,141FansLike
558FollowersFollow
257FollowersFollow
35FollowersFollow

ताजा समाचार

पाथीभरा मन्दिरको दर्शन गरि आज चैत २० गतेको राशिफल हेर्नुहोस् र भेटी स्वरुप ॐ लेखि एक सेयर गर्नुहोस्

पाथीभरा मन्दिरको दर्शन गरि आज चैत २० गतेको राशिफल हेर्नुहोस् र भेटी स्वरुप ॐ लेखि एक सेयर गर्नुहोस् बि.स.२०७६ साल चैत्र २० गते बिहीबार इश्वी...

बन्यो कोरोना को औषधि कोरोनाविरुद्धको औषधिको ‘क्लिनिकल परीक्षण’ टोकियोमा सुरु जानकारीको लागि सेयर गरौं 

बन्यो कोरोना को औषधि कोरोनाविरुद्धको औषधिको ‘क्लिनिकल परीक्षण’ टोकियोमा सुरु जानकारीको लागि सेयर गरौं  चैत १९ । जापानले ६ वर्षअघि विकसित गरेको ‘आविगान’ नामक औषधिलाइ...

कोरोना भन्दै उपचारमा आनाकानी गर्ने निजी अस्पताल र नर्सिङ होमको लाइसेन्स खारेज हुने

कोरोना भन्दै उपचारमा आनाकानी गर्ने निजी अस्पताल र नर्सिङ होमको लाइसेन्स खारेज हुने जनकपुरधाम, १९ चैत । कोरोना संक्रमणको आशंकामा बिरामीको उपचार गर्न नमान्ने निजी...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आजको राशिफल : चैत्र १८ गते, मंगलबार पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आजको राशिफल : चैत्र १८ गते, मंगलबार पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७६...

कोरोनाको कहर : ७ देशमा मात्रै झण्डै ३० हजारको मृत्यु, ५ लाख संक्रमित

कोरोनाको कहर : ७ देशमा मात्रै झण्डै ३० हजारको मृत्यु, ५ लाख संक्रमित काठमाडाैं, १७ चैत । कोरोना भाइरस अर्थात् कोभिड १९ को सङ्क्रमणले विश्वमा महामारीको...