Monday, October 25, 2021

Monday, October 25, 2021
INFONPLसमाचार185 नेपालीलाई भोलि मध्यरातमा वुहानबाट ल्याइँदै

185 नेपालीलाई भोलि मध्यरातमा वुहानबाट ल्याइँदै

Published:

ON:

INFONPL

काठमाडौं – चीनको वुहानमा रहेका 185 नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान भोलि त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

अर्चना खड्का निगमकी प्रवक्ताले कोरोनाप्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन शनिवार दिउँसो पौने ३ बजे विमान चीनको वुहान प्रस्थान गर्ने | लिन जाने पाइलटको नाम गोप्य राख्ने जानकारी दिइन् ।

विमानमा चालक दलका 3 सदस्य, 6 जना क्रुज मेम्बर र 4 जना चिकित्सक रहने र उनीहरूको पहिचान गोप्य राखिएको प्रवक्ता खड्काले बताइन् । चीनस्थित नेपाली दूतावाससँगको समन्वयमा त्यहाँ रहेका नेपालीलाई लिएर विमान तत्काल काठमाडौं प्रस्थान गर्ने उनले बताइन् ।

विमान पर्सि बिहान सवा 2:00 am बजे काठमाडौं अवतरण गर्नेछ । विमानस्थलमा उत्रिएपछि उनीहरूलाई बसमा राखेर सिधै खरिपाटी लगिनेछ ।

खरिपाटीमा क्वारेन्टाइन तयार

वुहानबाट ल्याइने नेपाली विद्यार्थीलाई राख्न भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन तयार पारिएको छ ।

चीनबाट ल्याइने 185 जनालाई क्वारेन्टाइनमा राख्ने गरी तयारी भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता सागर ढकालले जानकारी दिए । उनीहरूलाई प्रोटोकलअनुसार मिलाएर राखिने पौडेलको भनाइ छ ।

कोरोना प्रभावित क्षेत्रबाट ल्याउन लागिएका नेपाली नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राखिने छ । त्यहाँ उनीहरूलाई चिकित्सकले निरन्तर निगरानी गर्नेछन् ।

वुहानबाट ल्याउन लागिएकाहरूमा कोरोना भाइरसको संक्रमण पाइएको छैन, तर 14 दिनसम्ममा संक्रमण देखिन सक्ने सम्भावना पनि हुने भएका कारण उनीहरूलाई क्वारेन्टाइनमा राख्न लागिएको हो ।

वुहानबाट ल्याउन लागिएका नेपाली नागरिकलाई खरिपाटीमा राखिने भएपछि त्यस क्षेत्रमा भने त्रास फैलिएको छ । आफूहरूलाई पनि कोरोनाको संक्रमण हुनसक्ने त्रास स्थानीयमा छ ।

चीनबाट ल्याउन लागिएका नेपाली नागरिकहरू कोरोना प्रभावित नभएको र सजगता अपनाउनका लागि नै उनीहरूलाई क्वारेन्टाइनमा राख्न लागिएको कुरा सरकारले स्थानीयलाई बुझाउन सकेको छैन ।

चीनबाट ल्याइने नागरिकलाई राख्न खरिपाटीमा क्वारेन्टाइन तयार पार्ने निर्णय भएपछि शुरू भएको विरोध केही मत्थर भएपनि स्थानीयमा त्रास भने उस्तै छ ।

1400 पुग्न लाग्यो मृत्यु

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 1383 पुगेको हङकङ डेटलाइनमा सीएनएनले लेखेको समाचारमा उल्लेख छ । 6400 भन्दा बढी प्रभावित भएका छन् ।

कोरोना भाइरसबाट चीनको वुहान सबैभन्दा बढी प्रभावित छ । कोरोनाबाट समग्र प्रभावितमध्ये 80% भन्दा बढी वुहानकै छन् ।

सम्बन्धित समाचार

ताजा समाचार