Tuesday, October 20, 2020

पशुपतिनाथले सबैको मनोकांक्षा पुरा गरुन !देख्ने बित्तिकै लाईक गरेर कमेन्टमा ॐ लेख्नुहोस, तपाईंको आजको दिन शुभ रहनेछ, आजको राशिफल २०७५ साल कार्तिक २० गते मगंलबार

Author

Date

Category

पशुपतिनाथले सबैको मनोकांक्षा पुरा गरुन !देख्ने बित्तिकै लाईक गरेर कमेन्टमा ॐ लेख्नुहोस, तपाईंको आजको दिन शुभ रहनेछ, आजको राशिफल २०७५ साल कार्तिक २० गते मगंलबार

पञ्चाङ्ग-श्रीसूर्य दक्षिणायन,शरदृतु,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल कार्तिक २० गते मंगलबार नेपाल सम्बत ११३८ कौलागा,सन् २०१८ नोभेम्बर ६ तारिक कृष्णपक्ष चतुर्दशी तिथि राती १० वजेर ८ मिनेटसम्म उप्रान्त चतुर्दशी तिथि,चित्रा नक्षत्र राती ८ वजेर ३२ मिनेटसम्म उप्रान्त स्वाती नक्षत्र,प्रीतियोग,भद्राकरण,आनन्दादियोग ध्वाँक्ष,सूर्य तुला राशीमा,चन्द्रमा विहान ८ वजेर ४६ मिनेटसम्म कन्या उप्रान्त तुला राशीमा । मुहूर्त -राहुकालः–अशुभ अपरान्ह २ वजेर ३१मिनेटबाट ३ वजेर ५३ मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–विहान ९ वजेर ३ मिनेटबाट १० वजेर २५ मिनेटसम्म रहनेछ ।

गुली कालः–सामान्य पूर्वान्ह ११ वजेर ४७मिनेटबाट अपरान्ह १ वजेर ९ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ८ वजेर ३० मिनेटबाट ९ वजेर १४ मिनेटसम्म र राती १० वजेर २९ मिनेटबाट ११ वजेर १३ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर २५ मिनेटबाट मध्यान्ह १२ वजेर ९ मिनेटसम्म रहनेछ ।दिन बार वेलासूर्योदय कालबाट प्रातः ७ वजेर ४१मिनेटसम्म रोग वेला,७ वजेर ४१ मिनेटबाट ९ वजेर ३ मिनेटसम्म उद्वेग वेला,९ वजेर ३ मिनेटबाट १० वजेर २५ मिनेटसम्म चर वेला,१० वजेर २५ मिनेटबाट ११ वजेर ४७मिनेटसम्म लाभ वेला,११ वजेर ४७मिनेटबाट १ वजेर ९ मिनेटसम्म अमृत वेला,१ वजेर ९ मिनेटबाट २ वजेर ३१ मिनेटसम्म काल वेला,२ वजेर ३१ मिनेटबाट ३ वजेर ५३ मिनेटसम्म शुभ वेला र ३ वजेर ५३ मिनेटबाट सूर्यास्त कालसम्म रोग वेला रहनेछ ।

रात्री बार बेला सूर्यास्त कालबाट ६ वजेर ५३मिनेटसम्म काल वेला,६ वजेर ५३ मिनेटबाट ८ वजेर ३१ मिनेटसम्म लाभ वेला,८ वजेर ३१ मिनेटबाट १० वजेर ९ मिनेटसम्म उद्वेग वेला,१० वजेर ९ मिनेटबाट ११ वजेर ४७मिनेटसम्म शुभ वेला,११ वजेर ४७मिनेटबाट १ वजेर २५ मिनेटसम्म अमृत वेला,१ वजेर २५ मिनेटबाट ३ वजेर ३ मिनेटसम्म चर वेला,३ वजेर ३ मिनेटबाट ४ वजेर ४१ मिनेटसम्म रोग र ४ वजेर ४१ मिनेटबाट सूर्योदय कालसम्म काल वेला रहनेछ ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दिन सामान्य अनुकुल हुनेछ । नोकरीमा भूमिकाको खोजी हुनेछ । बादविबाद मुद्धा मामिलामा जीत हुनेछ । लोभमोह बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति कम हुनेछ । व्यापारबाट आम्दानी कम हुनेछ । बैदेशिक कार्यमा आँशिक सफलता मिल्नेछ । पढाई लेखाईमा ध्यान जाने छैन । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –विरोधी सल्बलाउने छन तर तीनले केहि गर्न सक्ने छैनन । गोप्य सूचना भने नचुहाउनु होला । संघर्षबाट सफलताका सिढि चढ्न पाईनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । सुरक्षित आर्थिक करोवार गर्नु होला । शैक्षिक गतिविधि कम हुनेछन् । प्रतिश्पर्धाबाट नभागि अगाडि बढ्नु होला । अरुको भरु नपर्नु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)–दुविधा बढ्न सक्छ । आफुमा भएको ज्ञान शिपको प्रयोग गरी काम गर्नु होला । समयमा निर्णय लिन सकिएन भने आफ्नो ठाँउ अरुले लिने छन् । आलस्यता बढ्नेछ । पढाई लेखाईमा अवरोध आउनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । चल सम्पतिको अभावमा काम गर्न गाह्रो हुनेछ । धन दिएर आफन्तलाई टाढा नबनाउनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–घर डेराको समस्या पर्न सक्छ । शरीरिक एवं मानसिक शिथिलता बढ्नेछ । भाई बन्धुको सहयोग कम मिल्नेछ । विवादित काममा हात नहाल्नु होला । धन सम्पतिको विषयलाई लिएर बढि टाउको दुखाई हुनेछ । घरपरिवारमा समस्या आउन सक्छ । व्यापारमा मन्दि आउनेछ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)– राजनीतिमा चासो बढ्नेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । बाहिरी कामलाई कम प्राथमिकता दिनु होला । साहास,धैर्यता र पराक्रम बढ्नेछ । घर परिवारबाट सहयोग मिल्नेछ । नोकरीबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । बौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – राम्रो वोल्दा नराम्रो हुनसक्छ । कमाईमा भन्दा रमाईमा बढि समय जानेछ ।ईष्टमित्रबाट सहयोग पाईनेछैन । घरका समस्या मिलाउन समय लाग्नेछ । ऋण लगानीमा जोड नदिनु होला । वचाएर राखेको धन सकिनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहला । हतारमा गरेका काम विग्रिने छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)– शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनु हुनेछ तर भ्रमबाट मुक्त भएर अगाडि बढ्नु होला । भोज भतेर तथा सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । रोकिएका काम अगाडि बढ्ने छन् । व्यापारमा क्रमिक सुधार आउनेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । लोभमोह बढ्नेछ । ईष्टमित्र साथी भाईबाट सहयोग अल्प मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – समय प्रतिकुल देखिन्छ । उपलब्धिका काम भन्दा खर्चका काम सहज रुपमा हुनेछन् । घुमफिर रमाईलोमा अधिकाँश समय खर्च हुनेछ । इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । पढाई लेखाईमा अवरोध आउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । लगानी नबढाउनु होला गरेमा डुब्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)– समय अनुकुल नै देखिन्छ । मनोवाञ्छित काम पुरा हुने योग छ । जागिरबाट लाभान्वित हुनुहुनेछ भने राजनीतिमा सक्रियता बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । कहि कतैबाट पुस्कार मिल्न सक्ने कुरालाई नकार्न सकिन्न । परिवारमा सुख शान्ति मिल्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –समयले पूर्ण साथ दिनेछ । काममा देखिएका समस्या समाधन हुनेछन् । विवादित कामको टुङ्गो लाग्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । तपाईको कामबाट अरु पनि प्रभावित हुने छन् । सामाजिक प्रतिष्ठ बढ्ला । जागिरबाट लाभ हुनेछ । राजनीतिमा चासो बढ्नेछ । हतारमा भने कुनै निर्णय नलिनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)– झुट्टा आश्वासनमा फस्ने सम्भावना देखिन्छ सतर्क भई काम गर्नु होला । अनावस्यक काम बढि हुनेछन् जसका कारण धेरै उपलब्धिका काम अधुरा रहने छन् । आलोचनाबाट मुक्त हुनुहुने छैन । समस्याबाट पीडित हुनुपर्ला । अनावस्यक खर्चमा वृद्धि हुनेछ । पढाई लेखाईमा अवरोध आउनेछ । आस्था र विश्वास गुम्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – दिन प्रतिकुल देखिन्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला । विश्वासको संकट पर्नेछ । आफ्नो सोचाईको विपरित काम हुनेछन् । मानसिक चिन्ता बढ्नेछ । पढाई लेखाईमा अवनति हुनेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । कर्म क्षेत्रमा दुष्टहरुको आगमन हुनसक्छ ।

तपाईको दिन शुभ रहोस् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...