Thursday, October 29, 2020

राप्रपा फेरि मिल्ने!

Author

Date

Category

काठमाडौं : तीन टुक्रामा विभाजित राप्रपा फेरि एक हुने तयारीमा जुटेका छन्।कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशम्सेर नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहन नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकताको तयारी भएको हो।

राप्रपा प्रजातान्त्रिक काठमाडौंले आइतबार राजधानीमा गरेको चियापानमा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्सेर राणाले राप्रपा छिट्टै एक हुने बताए।

अहिलेको सरकारले राम्रो काम नगरेको र जनतालाई कर र महगीको मारमा पारेको उल्लेख गर्दै अध्यक्ष राणाले भने- ‘तिहारलगत्तै पार्टी एक हुन्छ। त्यसपछि सरकार मूल्यवृद्धि र चर्को करको विरोधमा देशव्यापी रुपमा उत्रने छौँ।’

गएको संसदीय निर्वाचनमा तीन टुक्रा भएर होमिएका तीनै दल राष्ट्रिय पार्टी बन्ने सकेका थिएनन्। देशभर प्रजातान्त्रिक गठबन्धन गरे पनि झापामा वामगठबन्धनसँगको तालमेलका राप्रपाले संसदमा स्थान जितेको थियो।

पार्टी एकताको तयारी भइरहदा चियापान कार्यक्रममा सहभागी केही नेताले भने राप्रपा अध्यक्ष कमल थापाको नाम नलिइकन उनीप्रति रोष प्रकट गरेका थिए।राप्रपा प्रजातान्त्रिकका सहअध्यक्ष केशरबहादुर विष्टले ‘एकता हुनु राम्रो भए पनि मरिसकेपछि पनि दुख दिने प्रवृति’लाई भुल्न नहुने बताए।

प्रजातान्त्रिककै महामन्त्री विक्रम पाण्डेले नेतृत्वको भाग मिलाएरमात्रै एकता गर्न नहुने बताए।सोही कार्यक्रममा सहभागी भएका कमल थापा नेतृत्वको राप्रपाका केन्द्रीय सदस्य दिनेश श्रेष्ठले त पार्टीको नाम राप्रपा रहने र अध्यक्ष पशुपतिशम्सेर राणा हुने ठोकुवा नै गरेका थिए। आफ्ना अध्यक्ष थापाप्रति आक्रामक देखिएका श्रेष्ठ राणाप्रति लचिलो ढंगले प्रस्तुत भएका थिए।

जिम्मेवारी राणालाई   राप्रपा प्रजातान्त्रिकको आइतबार नै बसेको बैठकले पार्टी एकताबारे निर्णय लिने अधिकार अध्यक्ष राणालाई दिएको छ। एकता वार्ता निर्णायक तहमा पुगेका कारण राणालाई यस्तो अधिकार दिइएको स्रोतले जनाएको छ।

सहमति/असहमति   तीनवटै दलको मूल स्रोत राप्रपा नै हो। त्यसैले पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी मान्न तीनवटै दल तयार छन्। राप्रपा स्रोतका अनुसार सामूहिक प्रणालीको नेतृत्वको कुनै विधि लिएर अगाडि बढ्न सक्ने अवस्था छ। तर, सिद्धान्तमा भने अझै कुरा मिलेको छैन।  अब एकीकृत हुने राप्रपाले राजसंस्थाको एजेण्डा खुलेर लिनुपर्ने मान्यतामा राप्रपाका नेताहरु पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र पूर्वमन्त्री बुद्धिमान तामाङहरूको समूह छ। तर गणतन्त्रलाई स्वीकार गरिसकेकाहरु त्यसरी जान नसकिने मान्यतामा छन्। राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापालगायतका नेताहरु हाललाई संविधानलाई मानेर अघि बढ्न उचित हुने पक्षमा छन्।

गणतन्त्र पनि नभन्ने र राजसंस्था पनि नभन्ने गरी इतिहास र परम्पराको निरन्तरता अर्थात सम्वर्धनवादजस्तो शब्दावलीभित्र एकताको आधार खोज्नुपर्ने पक्षमा केही नेता लागेको स्रोतको दाबी छ।२०४७ जेठ १५ गते स्थापना भएको राप्रपा पटकपटक फुटने र मिल्ने गर्दैआएको छ। पछिल्लोपटक २०७३ मंसिर ६ मा एक भएको राप्रपा गत निर्वाचनसम्म आइपुग्दा तीन टुक्रा भएको थियो।

श्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...