Sunday, October 25, 2020

आजका पत्रपत्रिका: पदबाट बर्खास्त भएका स्थापित भन्छन्, ‘मलाई थाहा छैन’,मन्त्रीको मनपरी, सरकारी खर्चमा साथीको छोरीको जन्मदिन

Author

Date

Category

१७ कात्तिक, काठमाडौं । आजका पत्रपत्रिका: पदबाट बर्खास्त भएका स्थापित भन्छन्, ‘मलाई थाहा छैन’,मन्त्रीको मनपरी, सरकारी खर्चमा साथीको छोरीको जन्मदिन, शनिबार प्रकाशित पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएको, प्रदेश ३ का मन्त्री केशव स्थापित बर्खास्त भएको, नेपाली कांग्रेसको चियापान कार्यक्रम लगायतलाई नै प्राथमिकताका साथ छापेका छन् । यस बाहेक शनिबारीय अंकसहित अन्य विषयका समाचारहरु प्रमुख हेडलाइन बनेका छन् ।

कान्तिपुर दैनिकले संविधानविपरीत नागरिकता विधेयकमा संशोधन प्रस्ताव ल्याइएको विषयलाई मुख्य समाचार बनाएर छापेको छ । संघीय संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई समेत ‘गैरआवासीय नेपाली नागरिकता’ दिनुपर्ने संशोधन प्रस्ताव परेको छ ।

‘सार्क राष्ट्रभित्र भारत पनि पर्छ र भारतमा नेपाली मूलका लाखौं मानिस बसोबास गरिरहेका छन्, तिनले भारतीय नागरिकताका साथै नेपालमा पनि गैरआवासीय नेपाली नागरिकताको सुविधा पाए भने यहाँको आर्थिक, सामाजिक र राजनीतिक सबै क्षेत्रमा ठूलो उथलपुथल आउँछ,’ कानुनसेवाका एक उच्च अधिकारीले कान्तिपुरसँग भनेका छन्, ‘संविधानले नै यस्तो परिकल्पना नगरेको हुनाले उक्त प्रस्ताव असंवैधानिक छ ।’

पदबाट बर्खास्त भएका स्थापित भन्छन्, ‘मलाई थाहा छैन’

हेटौंडा – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई अपमान गरेको भन्दै विवादमा तानिएका प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित बर्खास्त गरिएको समाचार आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ । समाचारमा मुख्यमन्त्री पौडेल र मन्त्री केशव स्थापितको भनाइ छापिएको छ ।

सबैसँग छलफलपछि बर्खास्त गरेको हुँ

‘मैले प्रधानमन्त्रीदेखि पार्टी नेतृत्व र प्रदेशका सबै मन्त्रीसँग छलफल गरेरै निर्णय लिएको हुँ । उहाँ (स्थापित) को व्यवहार र अपशब्द प्रयोगका कारण निर्णय लिन बाध्य भएको हुँ ।’ -डोरमणी पौडेल, मुख्यमन्त्री

आधिकारिक जानकारी पाएको छैन 

कोठामा थुनिएको करोडौँ मूल्यको रक्तचन्दन कहिले खोल्ने ?

भद्रपुर – एक दशक अघि भारतवाट अवैध रुपमा नेपाल भित्र्याउदै गर्दा वरामद गरीएको करोडौँ मूल्य बराबरको रक्तचन्दन डिभिजन वन कार्यालय झापाको कोठामा थन्काइएको छ ।सरकारी निती स्पष्ट नहुँदा प्रष्ट कानूनको अभावमा लिलाम प्रकृया अगाडी वढ्न नसकेका कारण वरामद गरीएको १९ हजार ८ सय ३२।२७ किलो रक्तचन्दन कोठा भित्रै थन्किएको हो ।

प्रहरीले विभिन्न मितिमा भारतवाट ल्याउदै गरेको अवस्थामा पक्राउ गरी वन कार्यालयमा वुझाउने गरेको हुँदा त्यसको संरक्षण गर्ने जिम्मा वन कार्यालयले पाएको थियो ।रक्तचन्दनको कारोबार मुलुक भित्र नहुने भएको हुँदा यसको वजारभाउ कति हो भन्ने यक्किन नभएपनि करीब एक करोड ५२ लाख हुन आउने विज्ञहरुले अनुमान गरेका छन् ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

सरकारी खर्चमा साथीको छोरीको जन्मदिन

राजधानी दैनिकले कर्मचारीको वेथितीलाई मुख्य समाचार बनाएर छापेको छ । अनुगमनको बहानामा मन्त्रीहरुले चार महिनामा ४० लाख रुपैयाँ व्यक्तिगत घुमघाममै सकेका छन् । त्यतिमात्रै होइन मन्त्रीले सरकारी खर्च लिएर साथीको छोरीको जन्मदिनसमेत मनाउने गरेको पाइएको छ ।

‘कतिपय मन्त्रीले जिल्ला अनुगमनको नाममा रकम लिएर साथीको छोरीको जन्मदिन मनाउन जिल्ला गएको समेत भेटिएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतलाई उद्धृत गर्दै राजधानी दैनिकले समाचार लेखेको छ ।तर सरकारी खर्चबाट साथीको जन्मदिन मनाउने मन्त्री को हुन् भन्नेबारे भने समाचार मौन छ ।सबैभन्दा बढी जिल्ला भ्रमणमा जाने र बढी खर्च गर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ छन् । उनले चार महिनामा ४ लाख ५७ हजार ३१० रुपैयाँ सरकारी कोषबाट खर्च गरेका छन् ।

यसैगरी पर्यटन मन्त्री रवीन्द्र अधिकारीले जिल्ला भ्रमणमा २ लाख ९६ हजार ९७०, उद्योगमन्त्री मातृका यादवले २ लाख ५ हजार ४ सय, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले २ लाख १० हजार २५० रुपैयाँ, शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले २ लाख २४ हजार ८५ रुपैयाँ, कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले ९८ हजार २५० रुपैयाँ र महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले ८८ हजार ६५० रुपैयाँ सकेका छन् ।यसैगरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ९० हजार १ सय, श्रममन्त्री गोकर्ण विष्टले ६२ हजार १ सय रुपैयाँ सरकारी कोषबाट रकम खर्चेका छन् ।यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्ला भ्रमणमा हवाई खर्च र सुरक्षाकर्मीको दैनिक भ्रमण भत्तामा ७ लाख ९१ हजार ६३२ रुपैयाँ खर्च भएको राजधानी दैनिकको समाचारमा उल्लेख छ ।

कांग्रेस महासमिति बैठक सर्ने

नागरिक दैनिकले कांग्रेस महासमिति बैठक सर्ने समाचार पहिलो पृष्ठमा छापेको छ । आवश्यक तयारी न पुगेको जनाउँदै कांग्रेसले महासमिति बैठक कम्तिमा मंसिर अन्तिम साताका लागि सार्ने तयारी गरेको समाचारमा उल्लेख छ ।‘तिहारअघि बस्ने कांग्रेस केन्द्रीय समिति बैठकले मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा गर्ने तय भएको महासमिति बैठक सार्दै नयाँ मिति घोषणा गर्नेछ,’ समाचारमा लेखिएको छ, ‘महासमिति बैठकमा पेस गर्ने प्रस्तावहरु केन्द्रीय समितिबाट पारित गर्न केही समय लाग्ने र बीचमा तिहारसहितका महत्वपूर्ण पर्व परेकाले बैठक केही साता सर्ने नेताहरुले बताएका छन् ।’

६८ वर्षमा ७२ महिला मन्त्री

नयाँ पत्रिका दैनिकले ६८ वर्षको अवधिमा को-को महिला मन्त्री बने भनेर समाचार छापेको छ । समाचारमा लेखिएअनुसार नेपालमा ६८ वर्षको अवधिमा ७२ जना महिला मन्त्री बनेका छन् ।

नेपालको पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी हुन् । उनी २०१६ साल जेठ १३ गते वीपी कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य तथा स्वायत्त शासन उपमन्त्री बनेकी थिइन् । तीन पटकसम्म मन्त्री बन्न पाउनेमा पाँच जना महिलामा सहाना प्रधान, हिसिला यमी, राधा ज्ञवाली र कमला पन्त छन् । यस्तै शैलजा आचार्य र सुजाता कोइराला उपप्रधानमन्त्री बन्ने दिदीबहिनी हुन् ।विद्यादेवी भण्डारी भने नेपालकै पहिलो महिला राष्ट्रपति बनिन् । उनी दुई पटक मन्त्री र दुई पटक राष्ट्रपति बन्ने पहिलो नेपाली महिला हुन् ।

जनजाती समुदायबाट मन्त्री बनेको पहिलो महिला सरस्वती राई हुन् । उनी २०३४ सालमा कीर्तिनिधि विष्ट नेतृत्वको मन्त्रिपरिषदमा जल तथा विद्युत सहायक मन्त्री बनेकी थिइन् ।मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा भने एक जना महिला पनि मन्त्री बन्न पाएनन् । अहिले केपी शर्मा ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा थममाया थापा, पद्मा कुमारी अर्याल, विना मगर र रामकुमारी चौधरी गरी चार जना महिला छन् ।

अन्नपूर्ण पोष्ट दैनिकले नियुक्ति र पदमुक्तिसम्बन्धी ५७ निर्णय कार्यान्वयन गर्न सर्वोच्च अदालतले सरकारलाई रोक लगाएको विषयलाई मुख्य समाचार बनाएर छापेको छ । यसैगरी गोरखापत्र दैनिकमा प्रधानमन्त्री ओली पूर्णस्वास्थ्यलाभ गरी डिस्चार्ज भएको विषय मुख्य समाचारको रुपमा छ । गोरखापत्रमै संघीय संसदका शून्य, विशेष समय तथा बिभिन्न छलफलमा सांसदहरुले मातृभाषामा राखेको धारणा लिखित रेकर्डमै नरहने गरेको समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...