Thursday, October 22, 2020

पशुपतिनाथले सबैको मनोकांक्षा पुरा गरुन !, आजको राशिफल २०७५ साल कार्तिक १७ गते शनिबार

Author

Date

Category

पशुपतिनाथले सबैको मनोकांक्षा पुरा गरुन ! आजको राशिफल : २०७५ साल कार्तिक १७ गते शनिबार

वि.सं.२०७५ साल कार्तिक १७ गते । शनिबार । ईश्वी सन् २०१८ नोभेम्बर ०३ तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । कार्तिक कृष्ण पक्ष । तिथि एकादशी,५१ घडी १८ पला । नक्षत्र पूर्वाफाल्गुनी,४२ घडी २८ पला,बलुकी ११ बजेर १५ मिनेट उप्रान्त उत्तरफाल्गुनी ।

योग ब्रम्ह, ०३ घडि १२ पला,बिहान ०७ बजेर ३३ मिनेट उप्रान्त ऐन्द्र । करण वव,दिउँसो ०३ बजेर ५० मिनेट उप्रान्त वालव,रातको ०१ बजेर ४७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा लुम्ब योग । चन्द्रराशि सिंह । रमा एकादशी व्रत । काठमाडौंमा सूर्योदय ०६ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेट । दिनमान २७ घडी ३१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  अध्ययनमा प्रशस्त समय दिएपनि कमसल नतिजामा चित्त बुझाउनु पर्ने समय रहेकोछ । आफन्त तथा छोराछोरिहरु सँग मनमुटाब सिर्जना हुनेछ । आर्थिक अवस्था कमजोर रहने तथा व्यापारमा अलि बढिनै समय खर्चदा मात्र चाहेजस्तो नतिजा हात लगाउन सकिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखिन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घर जग्गा तथा सवारि साधनको ब्यापार ब्याबसायबाट सन्तोष जनक नाँफा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । कृषि तथा पशुपालन ब्याबसाय फस्टायर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परेको भान हुनेछ । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । आमा तथा आमासरहका मानिस सँग बिवाद हुनेछ । बिहानको समय राम्रो रहेकोले राम्रा कामहरु गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रम बढेर जाने हुनालेजोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोल्दा वा कुनै निर्णय गर्दा ध्यान दिनुहोला आफ्नो बोलिले आफैलाई घाटा लाग्न सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा मन मुटाब सिर्जना हुनेछ । व्यापारमा प्रशस्त समय खर्चिए मात्र भनेजस्तो आम्दानि हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । माया प्रेममा नचाहादा नचाहादै टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । अरुलाई दिएको आश्वासन पुरा नसकिने तथा सामाजिक कामहरु समयमा सम्पन्न नहुँदा मान सम्मानमा दाग लाग्न सक्छ सजक रहनुहोला । अनाबस्यक खर्च तथा दैनिक खर्च बढेर जानेछ भने न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा मन खिन्न हुनेछ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यावसायमा भने जस्तो आम्दानि नहुँने हुनालेदैनिक गुजारा चलाउँन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउँने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोले ख्याल गर्नुहोेला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) साथिभाई तथा नाता गोताबाट सहयोग पाईने हुनाले हरेक क्षेत्रमा अगाडि बढ्न सकिनेछ । हुनालेभौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारि सम्पति प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सांगितिक माहोलमा दिन दित्ने हुँदा मन प्रशन्न रहनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि बाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ । व्यापार व्यावसायमा प्र्रशस्त नाँफा कमाउन सकिनेछ भने पढाई लेखाईमा भनजस्तो सफलता हुँने हुँदा मन प्रशन्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समुदायको हक हितको निम्ति काम गर्ने अवसर आएपनि असजिला परिस्थितिहरुको सामना गर्नुपर्नेछ । पढाई लेखाईमा ध्यान नजादा सफलता हात पार्न मुस्किल रहेकोछ । व्यापार व्यावसायमा लगानि गरेपनि भनेजस्तो आम्दानि नहुँदा मन दुखि हुनेछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथि सँग सामान्य मनमुटाव सिर्जना हुनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको भएपनि बाटामा असहज परिस्थितिको सामना गर्नुपर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सानातिना घरेलु समस्याहरुले साताउँनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुँनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । व्यापारमा तत्काल लगानि गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनालेअरु भन्दा पछि परिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिद्या तथा प्रतिष्पर्धिहरुलाई परास्त गर्दै नतिजा आफुतिर ल्याउँन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउँने समय रहेकोछ । राजनिति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउँनेछन् । व्यापार व्यावसाय फस्सटाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न होईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाईनेछ ।

तपाईको दिन शुभ रहोस् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...