Friday, October 2, 2020

आजका पत्रपत्रिका, किचलोमा सातै प्रदेशका मन्त्रिपरिषद्, कार्यालय रित्याएर घुमघाम

Author

Date

Category

१६ कात्तिक, काठमाडौं । राजधानीबाट आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले निर्मला पन्त हत्याको सय दिन पुगेको सन्दर्भमा यसमाथि भइरहेका अनुसन्धानबारे चासो व्यक्त गरेका छन् ।आजका पत्रपत्रिका, किचलोमा सातै प्रदेशका मन्त्रिपरिषद्, कार्यालय रित्याएर घुमघाम ।

पन्त बलात्कार तथा हत्यापछिका यी सय दिनमा सरकारी तबरबाट विभिन्न अनुसन्धान भइरहे पनि उपलब्धि शून्यमै छ । प्रदेश मन्त्रिपरिषदमा देखिएको आन्तरिक तनावलाई पनि आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ उठाएका छन् । अधिकांशले प्रदेश ३ का मुख्यमन्त्री र भौतिक पूर्वाधारमन्त्रीबीचको भनाभनबारे समाचार लेखिरहँदा नयाँ पत्रिकाले भने सातै प्रदेशका आन्तरिक तनाव र कलहबारे कम्पाइल गरेको छ । आर्थिक, राजनीतिकसँगै अनियमितता, बेथितिलगायत विषय उठान गरेका आजका पत्रपत्रिकाहरुले जनप्रतिनिधिको भ्रमण मोह, पाइपलाइन निर्माण, प्रधानमन्त्रीको स्वास्थ्य, तपोवनको अतिक्रमित भूमि फिर्तालगायत विषयलाई पनि समाचार बनाएर छापेका छन् ।

आजका कार्टुन

आज प्रकाशित

कान्तिपुर र

अन्नपूर्ण पोष्ट

दैनिकमा छापिएको

कार्टुनः

किचलोमा सातै प्रदेशका मन्त्रिपरिषद्

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र भौतिक पूर्वाधार मन्त्री केशव स्थापितबीच विवाद बढेको खुलासा अनलाइनखबरले गरेपछि आजका सबैजसो दैनिक पत्रिकाहरुले यसबारे समाचार लेखेका छन् । नयाँ पत्रिकाले भने प्रदेश ३ को विवादसँगै सातै प्रदेशका आन्तरिक तनावबारे केलाएको छ । नयाँ पत्रिकाका अनुसार प्रदेश ३ मात्रै होइन, बाँकी प्रदेशहरु पनि केही न केही आन्तरिक उल्झनमा फसेका छन् । समाचार अनुसार कर्णाली प्रदेशमा सत्तापक्षबीच नै आन्तरिक विवाद चर्किएको छ । त्यहाँ विवाद चर्किंदा एकीकृत पार्टीको संसदीय दलको नेता चयन हुन सकेको छैन । आर्थिक वर्षको बजेटमा मन्त्रीहरुले आफ्नो जिल्लामा मात्र बजेट विनियोजन गरेको भन्दै प्रदेशसभा सदस्यले मन्त्रीहरुको चर्को आलोचना गर्दै राजीनामा मागेका छन् ।

प्रदेश १ को दुःख पनि उस्तै छ । त्यहाँको मन्त्रिपरिषद अझै अपूर्ण छ भने राजधानीबारेको कचिंगल टाउको दुखाइको विषय बनेको छ । प्रदेश २ मा गठबन्धन र दलभित्रै पनि विवाद छ भने सुदूरपश्चिममा राजधानी तोकिए पनि सबैले स्वीकारेका छैनन् ।

अभिलेख नहुँदा साना किसानको ऋण मिनाहा कठिन

साझा सहकारी संस्थाबाट ऋण लिने साना किसानहरुको अभिलेख नहुँदा उनीहरुको ऋण मिनाहा गर्ने सरकारको घोषणा कार्यान्वयनमा अप्ठ्यारो परेको कारोबारले लेखेको छ । सरकारले आर्थिक वर्ष ०७५–७६ को बजेटमा साना किसानहरुले तत्कालीन साझा सहकारी संस्थाबाट लिएको सम्पूर्ण ऋण मिनाहा गरेको घोषणा गरेको थियो । तर साझा सहकारी संस्था र उनीहरुले ऋण दिएका साना किसानबारे सरकार तथा सहकारीका निकायमा समेत अभिलेख नहुँदा सरकारको योजना कार्यान्वयन गर्न विलम्ब भएको छ ।

कार्यालय रित्याएर घुमघाम

अन्नपूर्णले जनप्रतिनिधिको भ्रमण मोहबारे मुख्य समाचार लेखेको छ । पूर्वीनेपालका स्थानीय तह अवलोकन गर्न जनप्रतिनिधिसहितको टोली निस्किएपछि ललितपुरको वागमती र झापाको बुधबारे कार्यालय सुनसान भएको उल्लेख गर्दै स्थानीय तह नीति र थीतिविहीन बनेको उल्लेख गरेको छ ।

मलेसिया मिलाउन अझै कठिन

तिहार आगमनको झल्को दिनेगरी मुख पृष्ठमा तस्वीर छापेको कान्तिपुरले ‘मलेसिया मिलाउन अझै कठिन’ शीर्षक दिएर पछिल्लो श्रम समझदारीका गाह्रासाह्राबारे लेखेको छ ।समाचार अनुसार नेपाल–मलेसिया श्रम समझदारी तत्काल कार्यान्वयन गर्न अप्ठ्यारो परेको छ । नेपालमा रहेका मलेसियाका चार संयन्त्रबारेको मुद्दा र वैदेशिक रोजगार व्यवसायीको असन्तुष्टि सम्बोधन गर्न श्रम मन्त्रालयलाई कठिन देखिएको हो ।

कान्तिपुर लेख्छ– मलेसियाले नेपालमा रहेको संयन्त्रबारे समीक्षा भइरहेको भन्दै पुरानै संयन्त्रमार्फत् नेपाली कामदारको भिसा प्रक्रिया बढाउन अनुरोध गरेको छ ।कान्तिपुरमै तपोवनको ३७ रोपनी वन फिर्ता भएको, सद्भाव बढाउन बारामा सामूहिक तरकारी खेती शुरु भएको लगायत समाचार छन् ।

नेपाल प्रहरीलाई कतारले सघाउने

नेपाल प्रहरीले कतार प्रहरीसँग सुरक्षामा समन्वयका लागि समझदारी गरेको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतार पब्लिक सेक्युरिटीका महानिर्देशक साद बिन जसिम अल खुलाइफीले समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका छन् ।

समझदारी अन्र्तगत आतंकवाद र आतंककारी क्रियाकलापमा वित्तिय लगानी, अन्तरदेशीय अपराध, लागूऔषधको अवैध कारोबार, अवैध हातहतियार तथा विष्फोटक पदार्थको ओसारपसार, विद्युतीय अपराध, मानव बेचबिखन, वित्तिय अपराध नियन्त्रणमा समन्वय हुने छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,212FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...