Wednesday, October 21, 2020

तिहारको मुखमा दुखद खबर:सवारी दुर्घटनामा ५ जनाको मृत्यु १० जना घाइते र अन्य घटनाहरु

Author

Date

Category

काठमाडौ । तिहारको मुखमा दुखद खबर:सवारी दुर्घटनामा ५ जनाको मृत्यु १० जना घाइते , महोत्तरी, सर्लाही, डडेल्धुरा, धनुषा र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएको छन् । महोत्तरीगौशाला नगरपालिका–१ रामनगरस्थित सडकमा ज.८ प ८५६४ नम्बरको मोटरसाइकल बुधबार दिउसोअनियन्त्रित भई दुर्घटना हुँदागम्भीर घाइते भएका सोही स्थान बस्ने १८ वर्षीय चालक अजय महत्तोलाई डिएनबी अस्पताल बर्दिबास हुँदै थप उपचारको लागिन्युरो अस्पताल बिराटनगर पठाइकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल सवार सोही स्थान बस्ने १५वर्षीय महेश महत्तो घाइते भएकाले डिएनबी अस्पताल बर्दिबासमा उपचारको भएरहेको छसर्लाहीमलंगवा नगरपालिका-८ स्थित सडकमाबीआर. ३२ पी ए ०५९३ नम्बरको भारतीय स्कारपियोले बुधबार बेलुका ठक्कर दिँदासोही स्थान बस्ने पैदलयात्री सुवासकुमार साहको७वर्षीय छोरा रोशनकुमार साहको घट्नास्थलमै मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डडेल्धुरागन्यापधुरा गाउँपालिका(२ मैलैडास्थित सडकमा म.१ ज ३११नम्बरको जीप बुधबार दिउसो पल्टेर दुर्घटना हुँदा जिप चालक समेत ९ जना घाइतेभएकोमा उपक्षेत्रीय अस्पताल डढेलधुरामा उपचारको क्रममा सोही स्थान बस्ने ४३ वर्षीयाकुमारी देउबाको मृत्युभएको छ । दुर्घटनामा घाइते भएका अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । धनुषाजनकपुर उपमहानगरपालिका-१९ बेंगास्थित सडकमा ज.७ प ७२८५ नम्बरको मोटरसाइकल बुधबार बेलुका अनियन्त्रित भई दुर्घटना हुदाँ गम्भीर घाइते भएका चालकमहोत्तरी जलेश्वरनगरपालिका-९ बस्ने अन्दाजी २३ वर्षीय मनिराम यादवलाई जनकपुर अंचल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दाङलमही नगरपालिका-४ अरनवास्थित महेन्द्र राजमार्गमा रा.१ त १३६७ नम्बरको पाबर टेलर र रा.४ प ५५३५ नम्बरको मोटरसाइकल बुधबार बेलुका ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइतेमोटरसाइकलमासवार सोही स्थान बस्ने २१ वर्षीय कौशल चौधरीको फ्लोरेन्स अस्पतालमा उपचारकोक्रममामृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने २४ वर्षीय रेशम चौधरीलाई सोही अस्पतालमा सामान्य उपचार पश्चात थपउपचारको लागि बुटबल लगिएको छ ।पावर टेलरकाचालक सहित दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यसैगरी ललितपुर र बाजुराबाट अवैध रुपमा जुवातास खेल्ने २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरमहालक्ष्मी नगरपालिका-८ लुभुबस्ने४० वर्षीया लिलाश्रेष्ठको जस्ताको टहरामा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा फेला पारी श्रेष्ठ समेत ११ जनालाई १ बुकतास रनगद ४७ हजार ६ सयरुपैयाँ सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । बाजुराबडीमालिका नगरपालिका-८ मार्तडी बस्ने २८ वर्षीय उद्वव रावलको पसलमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका बस्ने ३८ वर्षीय गोरख रावल समेत १८ जनालाई नगद ६७ हजार रुपैयाँ सहित बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता केही सार्वजनिक अपराध मुद्धाका फरार अभियुक्त काठमाडौं थानकोट बस्ने नुवाकोट बिदुर नगरपालिका(९ घर भएका २५ वर्षीय आरएन भन्ने राजेश नेपालीलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(१३ बाफलबाट उनलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । आज नै भक्तपुर, कपिलवस्तु र मोरङबाट विभिन्न प्रकारका पटाका प्रहरीले बरामद गरेको छ । काठमाडौं महानगरपालिका(१४ कलंकीस्थित हारती खाद्यन्न स्टोरबाट अवैधरूपमा बिक्री बितरण गर्न राखेको बिभिन्नप्रकारका ६० प्याकेट पटकाबुधबार दिउसो महानगरीय प्रहरी वृत्तकालीमाटीबाट खटिएको प्रहरीले बरामद गरेको छ । यसैगरी काठमाडौं महानगरपालिका(१६ बोहराटारस्थित विभिन्न पसलबाट करिब १२ हजार रुपैयाँ बराबरको विभिन्नकिसिमका ‍६ प्याकेट पटाका बुधबार राती प्रहरीले बरामद गरेको छ ।

यस्तै काठमाडौं महानगरपालिका-१२ स्थित बिभिन्न पसलहरुबाट २० प्याकेटपटका बुधबार राती महानगरीय प्रहरी वृत्तकालीमाटीबाट खटिएको प्रहरीले बरामद गरेको छ । भक्तपुरनगरपालिका-१० कमलविनायक पोखरीबाट खुर्सानी पटाका१ सय २५ थान र खेलौना बन्दुकमा राखेरपड्काउने(पटका३० प्याकेट बुधबार साँझ प्रहरीलेबरामद गरेको छ । सोही ठाउँस्थित बच्चाहरुले पटका पट्काउँदै गरेको अवस्थामा प्रहरीलाई देखि छाडी भागेकाले उक्त पटकाहरु प्रहरीले बरामद गरेको हो । मोरङसुनवर्सी नगरपालिका-८हर्चनगढीबाट अवैध रुपमा बोरामा लुकाईछिपाई ल्याउँदै गरेकोकरिब ८२ हजार रुपैयाँ बराबरको खोर्सानी पटाका ४१ बण्डल बुधबार साँझ प्रहरीलेबरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका हाल नाम, थर, वतन नखुलेका पैदलयात्रीले प्रहरीलाई देखेर फरार भएकाले उक्त पटका प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता माधवनारायण-६ स्थित खाली जग्गामा हाल नाम, थर,वतन नखुलेका अन्दाजी १६ वर्षीय पुरुषबुधबार बेलुका मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यसैगरी काठमाडौं महानगरपालिका-५ हाडीगाउँडेरा गरी बस्ने काठमाडौं बालुवाटार टुडालदेवी घर भएका समुन्द्र नेपालले सञ्चालन गरेको फेन्सी पसलबाट बिहीबार बिहान जुत्ता, कपडा लगाएत विभिन्न समानहरु गरी करिब ५ लाख ४९ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यता सर्लाही, नवलपरासी ९सुस्ता पश्चिम० र कपिलवस्तुमा बुधबार भएका छुट्टाछुट्टै आगलागीबाट करिब ३१ लाख ३६ हजार ६ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । सर्लाही बागमती नगरपालिका-३ आपखोल्सीस्थित सडकमा बरहथवाबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख ५६५७ नम्बरको बसमा ब्याट्री सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा बस पूर्णरुपमा जलेर करिब २५ लाखरुपैयाँ बराबरको क्षति भएको छ । नवलपरासी ९सुस्ता पश्चिम०पाल्हीनन्दन गाउँपालिका-६ पडरी बस्ने ४५ वर्षीय नशिब खाँले आफ्नै खेतमा मेशिनले काटी बाँकी रहेको परालमा आगो लगाउने क्रममा बुधबार दिउसो आगलागी हुँदासोही स्थान बस्ने रामसेवक यादव समेत ३ जनाको उखुबारी र धानबालीमा समेत आगो फैलिएर करिब ५ लाख ३६ हजार ६ सय रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

आगलागीबाट रामसेवकको उखुबारी जलेरकरिब ३ लाख १८ हजार रुपैयाँ, मेहेन्द्रको उखुबारी जलेरकरिब २ लाख १४ हजार रुपैयाँ र चन्द्रिका चौधरीको धानबाली जलेर ४ हजार ६ सय रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको हो । कपिलवस्तु सुद्धोधन गाउँपालिका-३ कतियाभारी बस्ने शिवरतन पासीको खरले छाएको १ तले कच्ची घरमा बुधबार दिउँसो आगलागी हुँदा घर, लत्ताकपडा अन्नपात, भाँडाबर्तन समेत जलेरकरिब १ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । janaboli.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...