Thursday, October 29, 2020

तिहारको मसला किन्नेको भीड लाग्न थालिसकेको छ, मसला मूल्य केजीमै सात सयसम्मले वृद्धि, कुन मसलाको मूल्य कति ?

Author

Date

Category

काठमाडौँ । बजारमा तिहारको रौनक सुरु भइसकेको छ । तिहारको मसला किन्नेको भीड लाग्न थालिसकेको छ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु हुन एक साता मात्र बाँकी छ ।

तिहारको मसला विशेषगरी भाइटीकामा प्रयोग हुन्छ । अहिले अत्यधिक महँगोमा व्यवसायीहरूले तिहारको मसला बेचिरहेका छन् । व्यवसायीहरू आफूले नै महँगो मूल्यमा ल्याएकाले उपभोक्तालाई पनि महँगो पर्न गएको बताउँछन् । एउटै मसलामा केजीमा सात सय रुपैयाँसम्मले बढेको छ ।

अधिकांश मसलाका आइटमहरूमा तिहारको समयमा मूल्य बढेको हो ।  ओखर, खुर्पानी र मखनामा प्रतिकेजी २ सय रुपैयाँले बढेको छ भने सुकुमेल प्रतिकेजी सात सय रुपैयाँसम्म बढेको छ । अन्जिर प्रतिकेजी पाँच सय रुपैयाँले बढेको खुद्रा ब्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । काजु प्रतिकेजी १७ सय रुपैयाँसम्ममा उपभोक्ताले खरिद गर्न पाउँनेछन् ।

यस्तै किसमिस प्रतिकेजी ६ सय रुपैयाँमा बिक्री भइरहेको खुद्रा ब्यापार सङ्घका अध्यक्ष श्रेष्ठले जनाए । यस्तै पहिला ४ सय ५० रुपैयाँ प्रतिकेजीमा पाइने ओखर अहिले ६ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । केजीको ३ सय ७५ रुपैयाँ पर्ने नरिवलको मूल्य पनि बढेर ५ सय ५० रुपैयाँ पुगेको छ । पेस्तामा पनि चार सय रुपैयाँसम्म बढेको छ । प्रतिकेजी १९ सय रुपैयाँमा पेस्ता उपभोक्ताले किनिरहेका छन् । यसअघि १५ प्रतिकेजीको मूल्य थियो ।

यता बदाम साढे १४ सय प्रतिकेजी, छोकडा २ सय २५ रुपैयाँ प्रतिकेजी, खुर्पानी प्रतिकेजी १५ सय, अन्जिर प्रतिकेजी २ हजार रहेको छ । यस्तै अलैँची प्रतिकेजी १२ सय रुपैयाँ रहेको छ । यसअघि हजार रुपैयाँसम्ममा पाइन्थ्यो । ल्वाङ प्रतिकेजी १५ सय रुपैयाँसम्म लिएर व्यवसायीहरूले बिक्री गरिरहेका छन् ।   दालचिनी  प्रतिकेजी १ सय २५ रुपैयाँले बढेर ५ सय रुपैयाँ पुगेको छ । सुपारी सात सय ५० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

सरकारले प्रभावकारी अनुथमन गर्न नसक्दा पनि व्यवसायीले मनलाग्दी मूल्य बढाउने गर्छन् ।  यी सामाना आयात गर्नुपर्ने र डलरको मूल्यमा भएको वृद्धिका कारण उपभोक्तालाई महँगो परेको व्यवसायीहरू बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...