Friday, September 25, 2020

संघीय संसदलाई चाहियो बिलासी गाडी, खरिदका लागि करोडौं बजेट माग,सडकका खाल्डा नपुर्नेलाई प्रधानमन्त्री कार्यालयले बोलायो

Author

Date

Category

१५ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा भिन्न–भिन्न विषय परेको छ । कुनैले तपोवनद्वारा निकुञ्ज अतिक्रमण गरेकोलाई मुख्य समाचार बनाएका छन् भने केहीले गाडी किन्न संसदले थप बजेट मागेको, सडकका खाल्डा नपुर्नेलाई प्रधानमन्त्री कार्यालयले बोलाएकोलगायत समाचार लेखेका छन् ।

पत्रपत्रिकाहरुको पहिलो पृष्ठमै श्रम सम्झौतामै अधिकार नभएको, नेशनल सिंगल विन्डो परियोजना अलपत्र परेको, तामाकोसीको लागत बढेर दोब्बर पुगेको, प्रधानमन्त्रीको स्वास्थ्यमा थप सुधार भएको समाचार पनि छन् ।

विश्वको शक्तिशाली पासपोर्टमध्ये नेपाली ७९ औँ

नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वका पासपोर्टमध्ये ७९ औँ स्थानमा परेको छ ।
ग्लोबल पासपोर्ट पावर र्यांक २०१८ ले हालै प्रकाशित गरेको रिपोर्टअनुसार नेपालले गत बर्षकै अवस्थाम रहेर उक्त स्थान प्राप्त गरेको हो ।
नेपाली पासपोर्टबाट विश्वका १३ देशमा भिसा लिनु नपर्ने, ३४ मा आगमन भिसा लाग्ने र १५१ मा भिसा आवेदन गरी पाएपछि श्रेणी निर्धारण गरिएको छ । पासपोर्टको शक्ति मापनको मापदण्ड उक्त देशको पासपोर्टधारीले कुल भिसा फ्री  यात्रा गर्न पाउने आधारमा गरिएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

संघीय संसदलाई चाहियो बिलासी गाडी

संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौं रकम माग गरेको अन्नपूर्णले लेखेको छ । चढेका गाडी पुराना भएको भन्दै अर्थ मन्त्रालयमा थप बजेट माग प्रस्ताव पठाएको हो । समाचार अनुसार सचिवालयले वार्षिक बजेटभन्दा बाहिरबाट रकम मागी गाडी, मोटरसाइकल र कम्प्युटर खरिद गर्न लागेको हो ।राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालका लागि नयाँ गाडी किन्न लागिएको संसद् सचिवालयलाई उद्धृत गदै अन्नपूर्णले समाचार लेखेको छ ।

अन्नपूर्ण लेख्छ– राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाका लागि १ करोड ७५ लाख, उपसभामुख र उपाध्यक्षका लागि १ करोड २५ लाख पर्ने २ गाडी खरिदको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ । सचिवालयले सवारी खरिदका लागि १७ करोडभन्दा बढी रकम अर्थसँग मागेको छ । अन्नपूर्णमै सातविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको, रिक्त जनप्रतिनिधिको विवरण अझै नआएकोदेखि पर्वतको महाशिला गाउँपालिकाको बाँदर खोरसम्मका समाचार छन् ।

खाल्डा नपुर्नेलाई प्रधानमन्त्री कार्यालयले बोलायो

राजधानीकै सडकमा ठाउँ–ठाउँमा भएका खाल्डाबारे समाचार सार्वजनिक भएपछि सरकारले जिम्मेवारी पूरा नगर्ने सम्बन्धित कार्यालयका प्रमुखहरुलाई मन्त्रिपरिषद् कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ । नयाँ पत्रिकाका अनुसार, सडकका खाल्डा पुर्न तथा लत्रिएका तार हटाउन पटक–पटक ताकेता हुँदासमेत प्रभावकारी काम हुन नसकेकाले छलफलका लागि बोलाइएको हो ।

राजधानीकै सडकमा ठाउँठाउँमा भएका खाल्डाबारे समाचार सार्वजनिक भएपछि सरकारले जिम्मेवारी पूरा नगर्ने सम्बन्धीत कार्यलयका प्रमुखलाई मन्त्रिपरिषद कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । सडकमै रहेको खाल्डोमा परेर किर्तिपुरमा साइकलयात्री श्यामसुन्दर श्रेष्ठको मृत्यु हुँदासमेत केही दिनसम्म वास्ता नगरेको सरकारले बुधबार नयाँ पत्रिकाको पहिलो पृष्ठमा ‘इमानमै खाल्डो’ शीर्षकमा विस्तृत समाचार आएपछि शुक्रबारका लागि सम्बन्धीत कार्यालयका प्रमुखलाई बैठकमा बोलाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महानगरपालिकालाई छलफलमा बोलाएको कार्यालयका सचिव केदारबहादुर अधिकारीले बताए ।

निरौलालाई थुनामा नबसी पुनरावेदन गर्ने सुविधा
प्रधानमन्त्रीको स्वास्थ्यमा थप सुधार आएको, तामाकोसीको लागत दोब्बर बढेकोलगायत समाचारलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेको नागरिकले नेपाल पर्यटन बोर्डका तत्कालीन कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभास निरौलालाई धरौटीमा पुनरावेदन गर्न पाउने सुविधो दिइएकोलाई एंकर बाएको छ । विशेष अदालतबाट भ्रष्टाचारी ठहरिएका निरौलालाई प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासबाट यस्तो आदेश भएको हो ।

तपोवनद्वारा निकुञ्ज अतिक्रमण

कान्तिपुरमा तपोवनद्वारा निकुञ्ज अतिक्रमण भएको समाचार छ । समाचार अनुसार १३ वर्षअघि ओशो तपोवनलाई दिइएको नागार्जुनको ३७ रोपनी वनक्षेत्र फिर्ता लिन लागिएको हो । तपोवनले धार्मिक वनमा प्रतिकूल असर पर्ने संरचना ठड्याउनुका साथै सरकारी वन निजी बनाएको सरकारको आरोप छ ।कान्तिपुरले शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुबरको हवाला दिँदै तपोवनले आफूखुसी सडक, पुल र अन्य भौतिक संरचना बनाएर आर्थिक मुनाफा हुनेखालका गतिविधि चलाएको लेखेको छ ।

श्रम सम्झौतामै छैनन् अधिकार

कान्तिपुरमै श्रम सम्झौतामै अधिकार नभएको समाचार पनि छ ।वैदेशिक रोजगारीका लागि सरकारले खुला गरेका १ सय १० मुलुकमध्ये मलेसियाभन्दा अघि ७ वटा मुलुकसँग श्रम सम्झौता भएका छन् । तर तिनको कार्यान्वयन फितलो हुँदा नेपाली कामदारको अधिकार संरक्षण हुन नसकेको समाचारमा उल्लेख छ ।कतार, जोर्डन, इजरायल, यूएई, बहराइन, जापान, कोरियासँग श्रम सम्झौता भए पनि ठूलो संख्याममा नेपाली कार्यरत खाडीकै साउदी अरब, कुबेत र ओमनसँग श्रम सम्झौता भएको छैन ।

७६ प्रतिशतले घट्यो वैदेशिक लगानी

वैदेशिक लगानीमा ७६ प्रतिशतले कमी आएको छ । कान्तिपुरका अनुसार गत वर्षको तुलनामा वैदेशिक लगानी ७६ प्रतिशतले कम आएको हो ।चालू आर्थिक वर्षको पहिलो दुई महिनामा १ अर्ब २३ करोड रुपैयाँ मात्र प्रत्यक्ष वैदेशिक लगानी मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो करिब ७६ प्रतिशतले कम हो । ०७४ को पहिलो २ महिनामा ५ अर्ब १० करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो । तर स्थिर सरकार बने पनि वैदेशिक लगानी थप घटेर गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,220FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...