Monday, September 28, 2020

पशुपतिनाथले सबैको मनोकांक्षा पुरा गरुन ! तपाईंको आजको दिन शुभ रहनेछ, आजको राशिफल: २०७५ साल कात्तिक १५ गते बिहीबार

Author

Date

Category

पशुपतिनाथले सबैको मनोकांक्षा पुरा गरुन ! तपाईंको आजको दिन शुभ रहनेछ, आजको राशिफल: २०७५ साल कात्तिक १५ गते बिहीबार

सूर्यशौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग-श्रीसूर्य दक्षिणायन,शरदृतु,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रम सम्वत २०७५ साल कार्तिक १५ गते विहिबार नेपाल सम्बत ११३८ कौलागा,सन् २०१८ नोभेम्बर १ तारिक कृष्णपक्ष अष्टमी तिथि विहान ९ वजेर ३६ मिनेटसम्म उप्रान्त नवमी तिथि,अश्लेषा नक्षत्र राती २ वजेर १९ मिनेटसम्म उप्रान्त मघा क्षत्र,शुभयोग,कौलवकरण,आनन्दादियोग अमृत,सूर्य तुला राशीमा,चन्द्रमा राती २ वजेर १९ मिनेटसम्म कर्कट उप्रान्त सिंह राशीमा । मुहूर्त- राहुकालः–अशुभ अपरान्ह १ वजेर १० मिनेटबाट २ वजेर ३३मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–विहान ६ वजेर १५मिनेटबाट ७ वजेर ३८मिनेटसम्म रहनेछ ।

गुली कालः–सामान्य विहान९ वजेर १मिनेटबाट १० वजेर २४ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ९ वजेर ५७मिनेटबाट १० वजेर ४१ मिनेटसम्म र अपरान्ह २ वजेर २२ मिनेटबाट ३ वजेर ६ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर २५ मिनेटबाट मध्यान्ह १२ वजेर ९ मिनेटसम्म रहनेछ ।

दिन बार वेला-दय कालबाट प्रातः ७ वजेर ३७मिनेटसम्म शुभ वेला,७ वजेर ३७मिनेटबाट ९ वजेसम्म रोग वेला,९ वजेबाट १० वजेर २३ मिनेटसम्म उद्वेग वेला,१० वजेर २३ मिनेटबाट ११ वजेर ४६ मिनेटसम्म चर वेला,११ वजेर ४६ मिनेटबाट १ वजेर ९ मिनेटसम्म लाभ वेला,१ वजेर ९ मिनेटबाट २ वजेर ३२ मिनेटसम्म अमृत वेला,२ वजेर ३२ मिनेटबाट ३ वजेर ५५ मिनेटसम्म काल वेला र ३ वजेर ५५ मिनेटबाट सूर्यास्त कालसम्म शुभ वेला रहनेछ ।रात्री बार बेला-सूर्यास्त कालबाट ६ वजेर ५६ मिनेटसम्म अमृत वेला,६ वजेर ५६ मिनेटबाट ८ वजेर ३३ मिनेटसम्म चर वेला,८ वजेर ३३ मिनेटबाट १० वजेर १० मिनेटसम्म रोग वेला,१० वजेर १० मिनेटबाट ११ वजेर ४७मिनेटसम्म काल वेला,११ वजेर ४७मिनेटबाट १ वजेर २४ मिनेटसम्म लाभ वेला,१ वजेर २४ मिनेटबाट ३ वजेर १ मिनेटसम्म उद्वेग वेला,३ वजेर १ मिनेटबाट ४ वजेर ३८ मिनेटसम्म शुभ र ४ वजेर ३८ मिनेटबाट सूर्योदय कालसम्म अमृत वेला रहनेछ ।

राशी
मेषः– सानो कुरा लिएर ठुलो बखेडा हुनसक्छ । लगानीका क्षेत्रमा हात नहाल्नु होला । अस्थिरताले अनिष्ट निम्त्याउनेछ । उत्तरदायित्व वहन गर्न सकिने छैन । व्यापार व्यवसायमा अझै सुधार आउने देखिन्न । आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

वृषः– आर्थिक उन्नतिका सम्भावना अझै देखिन्छ । भाई बन्धु श्रीमति तथा सन्तानबाट सुख शान्ति मिल्नेछ । आफ्नै बाहुबलबाट धेरै कामको टुङ्गो लगाईनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मुद्धामा जित हुनेछ । ऋण लगानी भने नगर्नु होला । काममा ढिला भने कत्ति पनि नगर्नु होला ।

मिथुनः–आम्दानीका मार्ग कमजोर देखिन्छ । संचित धनमा ह्रास आउन सक्छ । अरुको भर नपर्नु होला ,सहयोग गर्ने भन्द खुट्टो तान्ने बढि हुनेछन् । व्यापार व्यवसायमा आएको मन्दि कायम रहने देखिन्छ । इष्टमित्रमामनमुटाव बढ्न सक्छ । इच्छा विपरितका काम हुदा तनाव बढ्नेछ ।

कर्कटः– दिन सामान्य अनुकुल देखिन्छ । समयको सदुपयोग गर्न पछि नपर्नु होला । साझेदारीमा हात नहाल्नु होला, लापर्वाहिले आफैलाई नोक्सान पु¥याउनेछ । लाभका काममा भन्दा मनोरञ्जनमा बढि ध्यान जानेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विवादित काममा हात नहाल्नु होला ।

सिंह – श्रमको मुल्य हराउने देखिन्छ । सहयोग गर्दा उल्टो दोष पाईनेछ । आफन्तमा झै–झगडा पर्न सक्छ । व्यय मार्ग बढि खुल्ला देखिन्छ । आशाहरु निरासामा परिणत हुनसक्छन् । जोखिम मोलेर कुनै काम नगर्नु होला क्षति धेरै हुनसक्छ । व्यापार व्यवसायमा घाटा हुनेछ । चोटपटक आदिको भय देखिन्छ ।

कन्याः– समयमा गरेका काम सम्पन्न हुनेछन् । ढिलो गरेमा प्राप्त उपलब्धि पनि गुम्ने छन् । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । आफन्तको सहयोग कम मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । कमाएको धनलाई वचाउन भने गाह्रो हुनेछ । ऋण लगानी नगर्नु उत्तम हुनेछ ।

तुलाः– विचलित नभई काम गर्नु होलाअवस्य गन्तव्यमा पुग्न सक्नु हुनेछ । अरुको भर नपर्नु होला आफैले बातावरण मिलाएर काम गर्नु होला । चुनौतिका विच धेरै काम बन्ने छन् । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । ज्ञान र शिपको प्रयोग गरेर अगाडि बढ्नु होला । घर बाहिर बसेर गरेका काम बढि फलदायी हुनेछन् ।

वृश्चिकः–समय सुधारोन्मुख देखिन्छ । कामले विस्तारै गति लिनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । उपकारी काममा मन जानेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । बाह्य काममा समय बढि दिनु भयो भने आफ्ना काम अधुरा रहने छन् । राज्यका काम बढि झन्झटिला हुनेछन् । आफन्तको सहयोग कम मिल्नेछ ।

धनुः– नकरात्म दिशा तिर पाईला जान सक्छन् मनलाई नियन्त्रण गरेर अगाडि बढ्नु होला । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्नेछ । शरीरिक एवं मानसिक कमजोरी बढ्नेछ । लेनदेन कारोवारमा समस्या आउने देखिन्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । संचित धनमा ह्रास आउनेछ । सहयोग गर्ने भन्दा धोका दिने धेरै हुनेछन् ।

मकरः– काममा जीवन साथिको सहयोगको महत्वपूर्ण भूमिका हुनेछ । लगनशिल भई समयमा गरेका अधिकाँश काम सम्पन्न हुनेछन् । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । विवादित काममा हात नहाल्नु होला । हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने अवस्था आउन सक्छ त्यतातिर पनि सचेत हुनुहोला ।

कुम्भः– सफलता असफलता आफ्नै हातमा छ, अरुले सहयोग गर्ने छैनन उल्टो खुट्टो तान्ने छन् । प्रतिश्पर्धाबाट टाढा नभाग्नु होला । परिश्रम पूर्वक गोपनियता अप्नाई गरेका कामबाट लाभान्वित हुनुहुनेछ । संघर्षबाट मात्र उपलब्धि हात लाग्नेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । मुद्धा मामिलामा जीत हुनेछ ।

मिनः– आर्थिक कारण काममा ढिला सुस्ति हुनेछ । लगानी मैत्री बातावरण देखिदैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । आफ्ना मान्छेको काम गरेर जश कमै मिल्नेछ । स्पष्ट कार्य दिशा तय गर्न नसक्दा उपलब्धि गुमाउनु पर्नेछ । पढाई लेखाईमा अवरोध आउने देखिन्छ । सुरक्षित यात्रा गर्नु होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,217FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...