Tuesday, September 29, 2020

शेयरमा लगानी गर्ने सोच मा हुनुहुन्छ ? मध्य भोटेकोसीले १ करोड ४४ लाख कित्ता शेयर निश्कासन गर्दै

Author

Date

Category

काठमाडौ– शेयरमा लगानी गर्ने सोच मा हुनुहुन्छ ? मध्य भोटेकोसीले १ करोड ४४ लाख कित्ता शेयर निश्कासन गर्दै , सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेघावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले १ करोड ४४ लाख कित्ता (२४प्रतिशत) साधारण शेयर निश्कासन गर्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनी लिमिटेड मुख्य प्रवद्र्धक रहेको आयोजनाले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थागत लगानीकर्ता कम्पनीका कर्मचारी, ऋणदातासंस्थाका कर्मचारीका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा शेयर आवेदन आह्वान गर्ने जनाइएको छ।  मध्यभोटेकोसी जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक मणी काफ्लेले बुधबार पत्रकार सम्मेलनमा सञ्चयकर्ताका लागि १ करोड १७ लाख कित्ता शेयरका लागि कार्तिक २८देखि मंसिर १४ गतेसम्म आवदेन खुला रहने बताए।

उनका अनुसार संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता शेयरका लागि मंसिर १८ देखि २६ गतेसम्म शेयर आवेदन खुला हुनेछ।  सेयर खरिदका लागि २०६८ मंसीर २२ गतेबाट बहाल तथा २०७५ असोज २९ गतेसम्म थप भएका संचयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीले आवेदन दिन पाउने जनाइएको छ। आवेदन कर्ताका लागि सि–आस्वा प्रणाली अनिवार्य गरिएको कम्पनीले जनाएको छ। आयोजनाको कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋणबाट जुटाउन लागिएको छ।

५० प्रतिशत स्वपुँजीअन्तर्गत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको छ।  कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अङ्कले भाग जाने संख्यामा अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कर्मचारी सञ्चयकोषका कर्मचारीले न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अङ्कले भाग जाने संख्यामा अधिकतम १२ सय कित्तासम्म सेयर आवेदन दिन सक्नेछन्। अर्को चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकवासीका लागि ६० लाख कित्ता र सर्वसाधारणका लागि ९० लाख कित्ता सेयर निष्कासन गर्ने योजना रहेको काफ्लेले जानकारी दिए।  हालसम्म ४२ प्रतिशत निर्माणसम्पन्न भएको उक्त आयोजनाबाट आगामी असार १६ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,218FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...