Friday, October 30, 2020

देख्ने बित्तिकै लाईक गरेर कमेन्टमा ॐ लेख्नुहोस, पशुपतिनाथले सबैको मनोकांक्षा पुरा गरुन !,तपाईंको आजको दिन शुभ रहनेछ, आजको राशिफल : २०७५ साल कात्तिक १४ गते बुधबार

Author

Date

Category

देख्ने बित्तिकै लाईक गरेर कमेन्टमा ॐ लेख्नुहोस, पशुपतिनाथले सबैको मनोकांक्षा पुरा गरुन !,तपाईंको आजको दिन शुभ रहनेछ, आजको राशिफल : २०७५ साल कात्तिक १४ गते बुधबार

सूर्यशौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।। राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं ।

नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।पञ्चाङ्गश्रीसूर्य दक्षिणायन,शरदृतु,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रम सम्वत २०७५ साल कार्तिक १४ गते बुधबार नेपाल सम्बत ११३८ कौलागा,सन् २०१८ अक्टोबर ३१ तारिक कृष्णपक्ष सप्तमी तिथि पूर्वान्ह ११ वजेर ५९ मिनेटसम्म उप्रान्त अष्टमी तिथि,तिष्य नक्षत्र राती ३ वजेर ५९ मिनेटसम्म उप्रान्त अश्लेषा नक्षत्र,साध्ययोग,बवकरण,आनन्दादियोग मातङ्ग,सूर्य तुला राशीमा,चन्द्रमा कर्कट राशीमा ।मुहूर्तराहुकालः–अशुभ पूर्वान्ह ११ वजेर ४७मिनेटबाट अपरान्ह १ वजेर १०मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–विहान ७ वजेर ३८मिनेटबाट ९ वजेर १मिनेटसम्म रहनेछ ।

गुली कालः–सामान्य पूर्वान्ह १० वजेर २४ मिनेटबाट ११ वजेर ४७मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ पूर्वान्ह ११ वजेर २५ मिनेटबाट मध्यान्ह १२ वजेर ९ मिनेटसम्म रहनेछ। अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर २५ मिनेटबाट मध्यान्ह १२ वजेर ९ मिनेटसम्म रहनेछ ।दिन बार वेला-सूर्योदय कालबाट प्रातः ७ वजेर ३७मिनेटसम्म लाभ वेला,७ वजेर ३७मिनेटबाट ९ वजेसम्म अमृत वेला,९वजेबाट १० वजेर २३ मिनेटसम्म काल वेला,१० वजेर २३ मिनेटबाट ११ वजेर ४६मिनेटसम्म शुभ वेला,११ वजेर ४६मिनेटबाट १ वजेर ९मिनेटसम्म रोग वेला,१ वजेर ९मिनेटबाट २ वजेर ३२मिनेटसम्म उद्वेग वेला,२ वजेर ३२मिनेटबाट ३ वजेर ५५मिनेटसम्म चर वेला र ३ वजेर ५५मिनेटबाट सूर्यास्त कालसम्म लाभ वेला रहनेछ । रात्री बार वेला-सूर्यास्त कालबाट ६ वजेर ५६मिनेटसम्म उद्वेग वेला,६ वजेर ५६मिनेटबाट ८ वजेर ३३मिनेटसम्म शुभ वेला,८ वजेर ३३मिनेटबाट १० वजेर १०मिनेटसम्म अमृत वेला,१० वजेर १०मिनेटबाट ११ वजेर ४७मिनेटसम्म चर वेला,११ वजेर ४७मिनेटबाट १ वजेर २४ मिनेटसम्म रोग वेला,१ वजेर २४ मिनेटबाट ३ वजेर १ मिनेटसम्म काल वेला,३ वजेर १ मिनेटबाट ४ वजेर ३८मिनेटसम्म लाभ र ४ वजेर ३८मिनेटबाट सूर्योदयसम्म उद्वेग वेला रहनेछ ।
राशी
मेषः– आकस्मिक खर्च वृद्धिले कार्य क्षेत्रमा असर पु¥याउनेछ । व्यवहारिक सहयोग गर्ने कोहि हुनेछैनन । अरुको काम गरेर जश मिल्ने छैन । पारिवारिक समस्या बढ्नेछन् । काम काजमा बाधा अवरोध आउने देखिन्छ । व्यापार घट्न सक्छ । आफन्तबाट विश्वासघात हुन सक्छ । धनमाल चोरी वा हराउन सक्छ ।

वृषः– आफ्नै बाहुबलबाट अधिकाँश काम सम्पादन हुनेछन् । अरुको बोलीको विश्वासमा केहि नगर्नु होला पछि धोका दिन सक्छन् । रोकिएका अधिकाँश काम सम्पन्न हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । मुद्धा मामिलामा जीत हुनेछ । राजनीति अवसर मिल्न सक्छ ।

मिथुनः– अरु सँग धेरै घुलमिल हुदा आफ्ना आन्तरिक कुरा खुल्न गई पछि आफैलाई घाटा हुनेछ । आफ्नै ज्ञान शिप र बुद्धिको प्रयोग गरेर काम गर्नु होला । समयको महत्व बुझ्न सकिएन भने धेरै अवसर गुमाउनु पर्नेछ, ध्यान दिनुहोला । आर्थिक कारोवारमा नियन्त्रण गर्नु पर्र्ने देखिन्छ । प्रयत्नहरु सफल हुनेछ ।

कर्कटः–दोमन गरेर काम नगर्नु होला । महिलाका कारण काममा अप्ठ्यारो पर्न सक्छ चनाखो रहनुहोला । लगनशिल भई गरेका काम सफल हुनेछन् । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । स्वतन्त्रण प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । झमेलाबाट मुक्ति भने मिल्ने छैन ।

सिंहः– महत्वकाँक्षी योजना अगाडि नबढाउनु होला क्षति धेरै हुनसक्छ । घमण्डले आफैलाई घाटा हुनेछ । सहयोग गर्ने कोहि हुने छैन,मिठा र चिल्ला कुराको पछि नदौडिनु होला दुःख पाईनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । नोकरीमा सरुवाको चिठी आउन सक्छ । फजुल खर्चमा वृद्धि हुनेछ ।

कन्याः– आश्वासनका भरमा मात्रै काम नगर्नु होला । बडाको आशिर्वाद लिएर काम गर्नु होला । आफुमा भएको ज्ञान र शिपको सदुपयोग गर्न सके उपलब्धि राम्रै हात लाग्नेछ । आकस्मिक धन हात पर्ने योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आर्जनलाई वचत गर्न गाह्रो हुनसक्छ । राजनैतिक चासो लिएर कुनै फाइदा छैन ।

तुलाः– समस्याबाट टाढा नभागि काम गर्नु होला सफल हुनुहुनेछ । हतारमा गरेका निर्णय गलत हुनेहुदा सोच विचार अगाडि बढ्नु होला । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुहुनेछ । तपाईलाई सहयोग गर्ने भन्दा सहयोग माग्ने बढि हुनेछन् ।

वृश्चिकः– गतिरोध हटेर जानेछन् । भाग्यले थोरै साथ दिदा केहि सहजता महशुस हुनेछ । आफ्नो काम छोडेर अरुको कामतिर नलाग्नु होला । शैक्षिक गतिविधि अगाडि बढ्ने छन् । पारिवारिक खर्च नियन्त्रण गरेर काम गर्नु होला । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । यात्राको सम्भावना देखिन्छ ।

धनुः– सचेत भएर अगाडि बढ्नु होला कुनै पनि समस्या काबु भन्दा बहिर जाने सम्भावना देखिन्छ । मानसिक तनाव बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक संरचनालाई नचलाउनु होला गडबढ हुनसक्छ । अरुको कुरा सुनेर काम गर्नु भयो अथवा लगानी गर्नु भयो भने डुब्नु हुनेछ ।

मकरः– विवादबाट टाढा रहेर अगाडि बढ्नु होला ।उधारो छोडेर नगदमा काम गर्नु होला नत्र पछि समस्या पर्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । साझेदारी काम त्यति सफल देखिन्न । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोमा केहि काम हुनेछन् । यात्राको योग पनि देखिन्छ ।

कुम्भः– काममा शत्रुको बक्रदृष्टि पर्नेछ सचेत भएर आगाडि बढ्नु होला । सवैलाई आफ्नो ठानेर काम गर्ने अवस्था रहने छैन । संघर्ष विना कहि कतै केहि हुने छैन । मेहनतको अन्तिम परिणाम भने सुखद रहनेछ । मुद्धा मामिला जीत हुनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

मिनः– विना तयारी गरेका काम अधुरा रहने छन् । काममा सक्रिता बढाउनु पर्ने देखिन्छ । दोमन भएर केहि नगर्नु होला । बाह्य कुरामा लाग्नु भयो भने पछि परिनेछ । शैक्षिक र न्याय मार्ग कमजोर देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । सहयोग गर्ने मन भएका कमै भेटिने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...