Wednesday, October 28, 2020

ओलीलेअस्पतालबाट भने: समृद्ध नेपालको सपना साकार पार्न सक्रिय हुनेछु

Author

Date

Category

ओलीलेअस्पतालबाट भने: समृद्ध नेपालको सपना साकार पार्न सक्रिय हुनेछु

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफु अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले मंगलबार एक सन्देश जारी गर्दै सो प्रतिवद्धता व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले आज एक सन्देश प्रकाशन गर्दै सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

“चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रियहुनेछु ” प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्,।

“विगतमाझैं समग्र देशवासीदिदीबहिनी–दाजुभाईहरुको सहयोग र सद्भावनिरन्तर रहनेमा म विश्वस्त छु । ” प्रधानमन्त्री ओलीले  केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्, “सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारवाजीको मलाई जानकारी छ । यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।”

प्रधानमन्त्री ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफूले महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइ रहेको उल्लेख गरेका छन् ।

                         अस्पतालमा प्रधानमन्त्री ओलीलाई भेट्न प्रतिबन्ध

प्रधानमन्त्री ओलीले मुलुकका केही भागमा घटेका घटनाप्रति चासो व्यक्त गर्नै त्यसमा आफू संवेदनशिल भएको उल्लेख गरेका छन् ।  “ धर्म, संस्कृतिको नाममा होस वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैन” प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्  “ यस्ता प्रकृतिका कार्यमा संलग्न जोसुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानून बमोजिम कार्वाही गर्छ ।” दङ्गा, हुल हुज्जत र हिंसाबाट सामाजिक सदभाव विथोल्ने कार्यले सुशासनलाई विथोल्ने प्रधानमन्त्री ओलीको धारणा छ । शान्ति सुव्यवस्था भङ्ग गर्ने यस्ता अपराधिक कार्यबाट समृद्धिको  महाअभियान विथोलिने र  विकासको मार्ग भत्किने तर्फ पनि प्रधानमन्त्री ओलीले सबैलाई सचेत गराएका थिए ।

ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफु त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेको जानकारी दिएका छन्। ओलीले मुलुकका केही भागमा घटेका घटनाप्रति चासो व्यक्त गर्नै त्यसमा आफु संवेदनशिल भएको उल्लेख गरेका छन्। “धर्म, संस्कृतिको नाममा होस् वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैन” प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्, “यस्ता प्रकृतिका कार्यमा संलग्न जो सुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानुन बमोजिम कारवाही गर्छ।”

आफ्नो स्वास्थ्यका बारेमा चासो र चिन्ता गर्ने राष्टकपति, उपराष्ट्रपति, दलका नेता, संवैधानिक अंगविदेशी कुटनीतिक नियोग, कर्मचारी लगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुलाई प्रधानमन्त्री ओलीले धन्वयाद ज्ञापन गर्दै आफ्नो  सन्देशमा भनेका छन,   “मेरो स्वास्थ्यप्रति यहाँहरु सबैले देखाउनु भएको चिन्ता तथा शीघ्र स्वास्थ्य लाभको कामनाका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु । ”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...