Tuesday, September 29, 2020

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन दक्ष जनशक्ति चाहिने

Author

Date

Category

काठमाडौँ– सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले सञ्चालन गर्न लागेको नेपाल भ्रमण वर्षलाई सफल पार्न दक्ष र सीपयुक्त शिक्षित होटल व्यवस्थापनका जनशक्ति आवश्यक पर्ने सम्बद्ध विज्ञहरूले औँल्याएका छन् ।

ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज) को आठौँ दीक्षान्त समारोहमा पर्यटन क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उनीहरूले पर्यटन क्षेत्रमा व्यापक रोजगारीका अवसरहरू सिर्जना हुँदै गएको भए पनि अझै दक्ष जनशक्तिको अभाव खड्किएको बताएका हुन् ।

अन्तराष्ट्रिय पर्यटन शिक्षाविद् डा.बर्न भान वाल्विकले २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सार्थक तुल्याउन होटल व्यवस्थापनमा दक्ष जनशक्तिको आवश्यकता भएको बताए ।

उनले भने, ‘भर्खरै मात्र लोन्लीप्लानेटले काठमाडौँलाई विश्वकै घुम्नै पर्ने शहरभित्र समेटेको छ, हिल्टन ग्रुपले विश्वभरिनै आफ्ना नयाँ होटलहरू खोल्दैछ, हिल्टनजस्ता अरू थुप्रै पाँचतारे होटल नेपालमा पनि खुल्नेछन्न् त्यतिखेर यहाँ नै पर्याप्त दक्ष जनशक्तिको खाँचो हुनेछ ।’

स्विजरल्याण्डको स्विस होटल एशोसिएशन होटलरी स्विसका सञ्चार तथा बजारीकरण प्रमुख प्याट्रिक स्कोनबर्गले विश्वभरिनै पर्यटनसँग सम्बन्धित दक्ष जनशक्तिको माग बढ्दै गएको अवस्थामा यहाँ उत्पादित दक्ष जनशक्तिले स्वदेशमा मात्र नभई विदेशमा समेत उत्तिकै अवसर पाउने बताए ।

नेपालका लागि स्विजरल्याण्डका राजदूत एजिलावेथ भान कप्लरले नेपालको पर्यटन र समग्र विकासका लागि स्विजरल्याण्डले ६० को दशकदेखि नै सहयोग गर्दै आउनुका साथै गेट कलेजले पनि नेपालमा अन्तर्राट्रियस्तरको पर्यटन शिक्षा प्रदान गर्दै आएको चर्चा गरे।

गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले विश्व पर्यटन बजारमा प्रतिस्पर्धात्मक रूपमा उभ्याउन सक्ने गरी आफूहरूले जनशक्ति उत्पादनमा जोड दिँदै आएको बताए ।

दीक्षान्त समारोहमा १५औँ र १६औँ ब्याचका ९७ विद्यार्थी दीक्षित भएका गेट कलेजले जनाएको छ । उक्त कलेजमा हालसम्म नेपालभित्रबाहेक १९ मुलुकबाट करीब ४०० विद्यार्थीले होटल व्यवस्थापनको स्नातक तह अध्यययन गरिसेकेका छन् ।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,218FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...