Tuesday, September 29, 2020

शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर

Author

Date

Category

१२ कात्तिक, काठमाडौं । शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीलाई सोमबार विहान साढे ४ बजे शिक्षण अस्पताल, महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

उनको छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित पाइएको छ । ‘उहाँको पछिल्लो परीक्षणका रिपोर्टहरु सुधारोन्मुख रहेको र स्वास्थ्य स्थिति स्थिर रहेको जानकारी गराइन्छ’ सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले साँझ ६ बजेको अपडेटमा भनेका छन् ।

निमोनियाको डर

नेकपाका अध्यक्ष समेत रहेका ओली केही दिनदेखि अस्वस्थ थिए । उनी सार्वजनिक कार्यक्रम मात्र होइन, दशैं, तिहार र छठको अवसरमा आफ्नै पार्टी नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी नभएर रेष्टमा थिए । तर, राष्ट्रपति विद्या भण्डारीको कतार भ्रमण स्वीकृत गर्नुपर्ने भएपछि आइतबार साँझ केही मिनेट मन्त्रिपरिषद् बैठकमा सहभागी भए ।

सोमबार राति भने स्वासप्रस्वासमा अप्ठ्यारो भएपछि अस्पताल भर्ना गरिएको हो । उनको छातीमा संक्रमण देखिएको छ । यो निमोनिया हुनसक्ने भएकाले अस्पताल भर्ना गरेरै निगरानीमा राख्नु परेको एक चिकित्सकले बताए । साथै चिनीको मात्र असन्तुलित हुनुपनि चिन्ताजनक भएको चिकित्सकहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीको करिव १२ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी अहिले पनि नियमित फलोअपका लागि बैंकक जाने गरेका थिए । चिकित्सकहरुले उनलाई भीडभाड, धुँवाधुलो र धेरै तनावबाट टाढा रहन सुझाव दिएका थिए । तर, उनी निरन्तर राजनीतिमा सक्रिय रहँदै आएका छन् ।नेकपाका एक नेताका अनुसार १०/१२ वर्ष पहिले नै दुबै मिर्गौला प्रत्यारोपण गरेका ओलीमा चिनीको असन्तुलित हुनुलाई चिकित्सकहरुले बढी गम्भीर मानेका हुन् ।

ओलीलाई शीर्ष नेताहरुले मात्र भेट्न दिइएको छ । डाक्टरहरुले कम कुरा गर्न भनेका छन् । तर, ओलीले भने भेट्न आउने नेताहरुसँग कुराकानी गर्ने गरेका छन् । सोमबार विहान आफूलाई भेट्न पुगेका पार्टीका नेता माधवकुमार नेपाललाई उनले ‘म ठीक छु, शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद’ भनेका थिए । प्रधानमन्त्री केही दिन अस्पतालमै रहनेछन् ।

उनको उपचारमा डा. अरुण सायमीको नेतृत्वमा डा. दिब्यासिंह शाह, डा. सन्तकुमार दासको टोली संलग्न छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,218FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...