Tuesday, September 29, 2020

१ सय ८८ यात्रु सवार लायन एयरको बोइङ ७३७ विमान समुद्रमा खस्यो [तस्बिर सहित]

Author

Date

Category

एजेन्सी । लायन एयरको बोइङ ७३७ यात्रुवाहक विमान इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भरेको केही समयमा नै समुद्रमा दुर्घटनाग्रस्त बनेको छ । कलसाइन जेटी ६१० भएको विमान जकार्ताबाट पाङकाल पिनाङका लागि उडेको थियो ।

उडान भरेको केही समयमा विमान सम्पर्कविहिन बनेको थियो । अन्तिम पटक समुद्रमाथि विमानसँग सम्पर्क भएको थियो । घटनामा हताहती र जीवित यात्रुबारे केही जानकारी प्राप्त भएको छैन ।

उक्त विमान नयाँ बोइङ ७३७ म्याक्स ८ थियो । ‘विमान ३०–४० मिटर गहिरो समुद्रमा खसेको छ,’ खोजी तथा उद्धार एजेन्सीका प्रवक्ता युसुफल लतिफले एएफपीसँग कुरा गर्दै भने, ‘हामीले अझै विमानको भगनावशेस खोजी गरिरहेका छौँ ।’

पत्रकार सम्मेलनमा विमानमा १७८ वयस्क, एक शिशु र दुई बालबालिका, दुई पाइलट तथा ५ क्याबिन क्रु रहेको जानकारी दिइएको छ ।यद्यपि, विमानमा सवार संख्याबारे विभिन्न रिपोर्टहरु आइरहेका छन् ।

के भएको थियो ?

जेटी ६१० जकार्ताबाट स्थानीय समयअनुसार विहान ६ः२० मिनेटमा उडेको थियो । उक्त विमान पाङकाल पिनाङमा एक घण्टामा अवतरण गर्नुपर्ने थियो । तर, उडानको १३ मिनेटपछि नै विमान र ग्राउण्ड स्टाफबीच सम्पर्क टुटेको थियो । सम्पर्क टुट्न अघि पाइलट विमानलाई जकार्ताको सोइकार्नो हाता विमानस्थलमा फर्काउने अनुमति मागेका थिए ।

विमानको पाटपुर्जा र यात्रुका सामान समुद्रमा तैरिरहेको अवस्थामा फेला परेको छ ।सन् १९९९ मा स्थापना भएको इन्डोनेसियाको बजेट एयरलाइनसले दक्षिण पूर्वी एसिया, अस्ट्रेलिया र मध्य पूर्वमा उडान सञ्चालन गर्दै आएको छ ।सन् २०१६ सम्म खराब रेकर्डका कारण यो विमानलाई युरोपमा उडान भर्न प्रतिबन्ध गरिएको थियो ।सन् २०१३ मा पनि यो एयरलाइन्सको विमान बाली नजिकैको समुद्रमा ल्याण्ड गर्न पुगेको थियो । घटनामा सबै १०८ यात्रु सशुकल रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,217FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...