Friday, September 25, 2020

प्रदेश ३ को राजधानीबारे अहिले बोेल्न मिल्दैन : मुख्यमन्त्री पौडेल

Author

Date

Category

हेटौँडा । प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी कहाँ राख्ने भन्ने विषयमा प्रदेशसभामा छलफल भइरहेकाले यसबारे आफूले अहिले केही बोल्न नमिल्ने बताएका छन्।

टिस्टुङ महोत्सवको आज नगरपालिकाका बज्रबाराहीमा उद्घाटन गर्दै उनले यस क्षेत्रको विकासका लागि प्रदेश सरकार संवेदनशील रहेको बताए। मुख्यमन्त्री पौडेलले कुन्छाल, कुलेखानी, थानकोट चित्लाङ सडकको स्तरोन्नति एक वर्षभित्र पूरा गरिसक्ने प्रतिबद्धता पनि व्यक्त गरे। प्रत्यायोजन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले प्रदेशको राजधानी हेटौँडा नहुने भए थाहा नगरलाई विकल्पका रुपमा अगाडि सार्न सकिने बताए।

प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले विकासको नाममा पुराना कुरा मास्दै गइरहेकाले यस्ता कुरा जोगाउन पनि महोत्सवको अह्म भूमिका रहने उल्लेख गर्दै दु्रतमार्गलाई कुलेखानीमा जोड्ने सरकारको लक्ष्य रहेको धारणा व्यक्त गरे। थाहा नगरपालिकाका प्रमुख लबसेर विष्टले महोत्सवले आफ्नै मौलिकतालाई ध्यान दिनुपर्नेमा जोड दिए।

टिस्टुङ महोत्सव मूल आयोजक समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो। चार दिनसम्म चल्ने महोत्सवमा टिस्टुङलाई चिनाउने र प्रबन्धक गर्ने कक्षसहित १६० वटा कक्ष रहेका छन्। स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सवमा ५० हजारले अवलोकन गर्ने लक्ष्य आयोजकको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,220FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...