Wednesday, October 21, 2020

घटस्थापना सयौँ बर्षपछि अति शुभ महायोग यी राशिको भाग्य उदय: राशिफल/०७५ असोज २४ गते बुधबार

Author

Date

Category

वि.सं. २०७५ असोज २४ गते बुधबार तदनुसार ई. सं. २०१८ अक्टोबर १० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०१ बजे र सूर्यास्त : साँझ ०५:३९ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५२ बजे र सूर्यास्त : साँझ ०५:३१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०६ बजे र सूर्यास्त : साँझ ०५:४४ बजे, आश्विन शुक्लपक्षको प्रतिपदा तिथि, बिहान ०७:५८ बजेसम्म, त्यसपछि द्वितीया तिथि, चित्रा नक्षत्र, दिउँसो १२:३९ बजेसम्म, त्यसपछि स्वाती नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त), वैधृति योग, दिउँसो ०२:२९ बजेसम्म, त्यसपछि विष्कुम्भ योग, बब करण, बेलुका ०७:३६ बजेसम्म

त्यसपछि बालब करण, आनन्दादि योग : कालदण्ड, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पूर्व, वारशूल : उत्तर, आजको चाडपर्व र उत्सव : घटस्थापना, शारदीय नवरात्र आरम्भ, नवरात्रअन्तर्गत शैलपुत्री भगवतीको पूजा आराधना गर्ने दिन, चन्द्रोदय, नलास्वने, आजको मूहुर्त : वस्त्राभरण(गुन्युचोलो), डेरा सर्ने, मुठी लिने दिन,आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत ब्रह्मचारिणी भगवतीको पूजा आराधना गर्ने दिन, भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, घर छाउने÷ढलान गर्ने, डेरा सर्ने, दैलो राख्ने, दीक्षाग्रहण, मुठी लिने दिन, २६ गते : नवरात्रअन्तर्गत चन्द्रघण्टा भगवतीको पूजा आराधना गर्ने दिन, मूहुर्त : दीक्षाग्रहण, २७ गते : नवरात्रअन्तर्गत कूष्माण्ड भगवतीको पूजा आराधना गर्ने दिन, उपांग ललिता व्रत, मूहुर्त : अग्निवास(होमादि)

सुरु गरौँ आजको राशिफल । शुरु गरौ आजको राशिफलबाट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – काम बनोस या नबनोस सन्तुष्ट रहनेछ । मन प्रसन्न नै रहला । परिवारजनबाट टाढिनुपर्ला वा केहि समयका लागि भएपनि छुटिट्नु पर्ला । भबिष्यमा कुनै व्यवसाय तिर जाने आदि बारे कुराकानी बन्ला । मेहनत गर्दा बिस्तारै काम बन्नेछ । अवसरको खोजीमा भौतारिनु पर्ला । व्यतिको प्रभावले सबलाई अकर्षण गर्नेछ । लगनशील भएर कुनै काम कुरामा लाग्न सक्ने छ । जसले सफलता दिलाउनेछ । स्वास्थ्य भने आज धेरै राम्रो हुनेछ । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो त्यसैले मंगल ग्रहको रंग जस्तै रातो, कलेजी राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – अकस्मात पैसाको आबश्यकता होला । के खाउ के खाउ हुन सक्छ । रमाइलो दिनको सुरु भएको देखिन्छ । ऋण आदि दिनु पर्ने कुराहरु भए दिन सकिएला । प्रतिस्पर्धीहरूले समस्या निम्त्याउने हुँदा सतर्क रहनु होला । ठुलो बाधाहरु हटाएर प्रगतिको मार्ग प्राप्त हुने बाटोहरु खोल्नेछन । तिर्थ यात्राको कुरा आउला वा जान पाइएला । नया नया काम कुराहरु आउला । विभिन्न काम, कार्यक्रम आदिमा सहभागी हुन पाउला । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको रंग जस्तै सेतो, उज्यालो रंग, फिक्का राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – देशको जिल्ला जिल्लाको भ्रमण गर्ने मौका मिल्न सक्छ । आफ्नो नातेदार आदि संग जमघट वा भेटघात हुन । सृजनात्मक लगनशीलता बढ्नेछ र सफलता दिलाउनेछ । छोरा छोरीहरुले भनेको काम कुरा मान्न अटेर गर्न सक्छन । सम्झाई बुझाई काम आदि अराउनु होला । बिद्द्यार्थीहरुको लागि पढाई लेखाइमा जोड लगाएर पढ्नु पर्ने समय आएको छ । मनोरञ्जनको समय छ, रमाइलो गर्न पाइएला । धन सञ्चयहरु वृद्धि हुनेछ, यथेष्ठ धन आफुसँग भएर आउने देखिन्छ । तपाइको रासी मिथुन हो जुन बुध ग्रहको रासी हो त्यसैले बुद्धको रंग जस्तै हरियो राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – नया काम फेला पर्न सक्छ त्यसैले बेरोजगारहरु काम खोज्न जादा हुन्छ । गरिरहेको काम मन नपर्नेहरु नयाँ खोज्न जादा हुन्छ , बिशेष गरि बुवा तर्फको सुखमा वृद्धि होला । वाहन (बाइक ,गाडी) मा मर्मत ,सुधार आदि गर्नु पर्ला । आमा आदिको बिशेष याद आउला । उद्योगमा विशेष परिवर्तनको योग छ अर्थात् नया मोड लिने समय जस्तो भएर आउछ । लगनशील भएर कुनै काम कुरामा लाग्न सक्नेछ । बोलेर सबैलाई समेट्न सकिनेछ । सबैले सहजै आफ्नो कुराहरुको पालना गर्नेछन । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको को रंग जस्तै सेतो, गुलाबी,फिक्का राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – यात्राको अलि माहोल बनेको छ, तर घुम्न नै पाउला भने भन्न सकिन्न । ठुलो उत्सब समारोहमा खट्नु पर्ने हुन सक्छ । भाइ बहिनिको साथमा कमि आउला । अरुबाट सानो कदर पाउन पनि अलि समय पछि मात्र होला । अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा खटिनु पर्नेछ । अलि विलम्बले पढाई लेखी सकिएला । रमाइलो र मंगलमय यात्रा हुन सक्छ । ब्राह्मण(देवता आदिको आशीर्वाद पाईएला । पढाई लेखाईको तयारी बढ्ने देखिन्छ । तपाइको रासी सिंह हो जुन सुर्यको रासी हो त्यसैले सुर्यको रंग जस्तै सुन्तला, रातो, सुन रंग राम्रो हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – अनुकुल स्थिति आउन सक्ने हुन्छ । संघर्षको बिचमा सफलता आउनेछ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । व्यापार लगायत अनि क्षेत्त्रमा कारोबार बढ्नाले राम्रो देखिन्छ । मेहनतले आम्दानी बढाउनेछ । मेहनत नगरे ठिक्क मात्र आम्दानी होला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । चुनौती पन्छाउँदै अघि बढ्नाले फाईदा पुग्नेछ । केही चुनौती देखिए पनि मनमा भएजति पुरा गर्न नसक्ने नहोला । काम बनाउन सकिनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् । कर्जा लिनुपर्ने हुन सक्छ । स्वास्थ्य सबल बनाउन सकिएला । तपाइको रासी कन्या हो जुन बुध ग्रहको रासी हो त्यसैले बुद्धको रंग जस्तै हरियो राम्रो हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – स्वास्थ्य सबल रहनेछ । तर बिस्तारै अलि कमजोरी होला । चाहिने भन्दा धेरै जोश र जागरले भरिभराउ होला । रमाइलो र खुसीले भरेको समय छ आइरहेकाले तपाइको जीवन, दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । साझेदारीका समस्या अलि सुल्झनाले हल्का महसुस होला । मेहनत गर्दा बिस्तारै काम बन्नेछ । काम र नाम बनाउने समय छ । जो संग पनि काम गर्न रुचि होला । काम बने पनि सन्तुष्टता भने ठिक ठिकै मात्र रहनेछ । अरुको सानो सहयोग पनि नपाउदा रिस उठेको जस्तो होला । माया गर्ने मान्छेहरुको याद आउला अलि संबेदनशील बनाउन सक्छ । तपाइको रासी तुला हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको रंग जस्तै सेतो, उज्यालो रंग, फिक्का राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – काम कुरा आदिलाई छिटो सकाउनु पर्ने दबाब आउन सक्छ । बिरामी हुन सक्ला, जे पायो त्यही नखानु होला । गर्नु पर्ने धेरै काम गर्न सकिएला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । पशुपालन तथा कृषि क्षेत्र राम्रो देखिन्छ । किनमेलमा मन जानेछ । केही चुनौती देखिए पनि मनमा भएजति पुरा गर्न नसक्ने नहोला । नौलो नौलो परिस्थितीहरु आउला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ । यदि नसुधारे अफ्फैलाई गाह्रो होला । सुझावले गर्दा फाइदा हुनेछ ।
तपाइको रासी बृश्चिक हो जुन मंगल ग्रहको रासी हो त्यसैले मंगल ग्रहको रंग जस्तै रातो, कलेजी राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – केहि लेखहरु वा कागज तयार पर्नु पर्ने होला । धर्म कर्म, पुजा पाठमा मन होला । बिन्दास रुपले दिन कट्ने छ । समाचार आदि पढ्ने मन होला । बिद्द्यार्थीहरुको लागि पढाई लेखाइमा लाभ होला । धेरै इन्टरनेट चलाउनु पर्ला । मिलनसार साझेदार वा मान्छेहरु संग भेट होला । मोज मस्ती गर्न पुला । क–कसलाई नै भेटने हो भन्ने जस्तो होला । साथीहरु संग भेटघाट गर्न पाउला । मठ मन्दिर जान पाइएला वा जान पाउने योजना होला । धर्म कर्म गर्न सकिएला । मित्रताहरु बढ्नेछ । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको रंग जस्तै पहेको, सुन रंग राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – घर छिमेक सबैलाइ फाइदा हुने काम प्राप्त हुन सक्छ । केही चुनौती देखिए पनि मनमा भएजति पुरा गर्न नसक्ने नहोला । प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन् । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले गर्दा फाइदा हुनेछ । बिबिद संघ संस्थामा चहारिनु पर्नेछ । अर्थात् संस्थागत कामहरुमा अभिवृद्धि हुनेछ । प्रियजनको भेटघाटले दिन रमाइलो रहनेछ । आमा आदिको बिशेष याद आउला । भौतिक साधनले गर्दा जीवनशैलीमा सहजता आउला । तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको रंग जस्तै कालो, निलो राम्रो हुन्छ । टिप्पणी कहिले कहिले सनिको नराम्रो दसाको बेला ज्योतिषले कालो, निलो रंग नलगाउ भन्यो भने नलगाउदा हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – यात्राको अलि माहोल बनेको छ । सानो ठुलो यात्रा गर्नु पर्ने होला । शैक्षिक चाजो पाँजो आदि मिलाउने कामहरुमा वृद्धि हुन सक्छ । बिबाह ब्रतबन्ध आदि मंगलमय पर्व होला । बाजे–बजे आदिको चिन्ताले सताउला । मेहनत गर्दा मात्र अलि बढी सफल होला किन कि काम बन्न अलि संघर्ष गर्नु पर्ला । भाइ बहिनिहरुको साथ र सुख पाउला । अरुले इज्जत गर्नेछ । सम्मान गर्नेछ र गन्ने सुन्ने मान्छेले समेत मान्नेछ । घर परिवारमा सबैलाई माया बाँड्न पाउने छ । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको रंग जस्तै कालो, निलो राम्रो हुन्छ र टिप्पणी कहिले कहिले सनिको नराम्रो दसाको बेला ज्योतिषले कालो, निलो रंग नलगाउ भन्यो भने नलगाउदा हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – व्यावसायिक काममा मनग्गे लाभ हुनेछ त्यसैले कमाउने चाहनेले जति मेहनत गरे त्यति लाभ होला । सामानहरुको किनमेल होला । विवादास्पद कुरा वहन गर्नुपर्नेछ । आँटेको काममा अलि ढिलाई होला । उधारो आदि दिनु पर्ने कुराहरु भए दिनु परिएला । रोकिएका काम बनाउन सकिनेछ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको रंग जस्तै पहेको, सुन रंग राम्रो हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...