Friday, October 30, 2020

जुँगाको कारण मलेसियामा चर्चामा छन् यी नेपाली

Author

Date

Category

क्वालालामपुर । सैलुन चलाउने कैलाश नाउ अहिले मलेसियामा चर्चामा छन् । उनी जाने औपचारिक कार्यक्रमहरुमा धेरैको नजरमा उनीमाथि हुन्छ ।  यसको कारण हो उनको जँुगा । उनले गालामा झपक्क बाक्लो दाह्री छ र त्यसको छेउबाट एन्टेना आकारको जुँगा निकालेका छन् ।   यही जुँगाको कारण उनी मलेसियाका मिडियामा समेत छाइरहेका छन् । मलेसियाको एक मात्र अंग्रेजी माध्यमको ब्रोडसिट समाचारपत्र न्यू स्ट्रेट टाइम्स(टाइम्स)ले उनको बारेमा विशेष समाचार छापेको छ ।

टाइम्ससँगको कुराकानीमा उनले जँुगाकै कारण आफूलाई अमेरिका र ब्रिटेनमा भएको तीन अन्तर्राष्ट्रिय जुँगा÷दाह्री प्रतियोगितामा निमन्त्रणा आइसकेको बताए ।   तर दुरभाग्यवश आयोजकहरुको बलियो सिफारिसको बावजुद उनले दुई पटक भिषा पाउन सकेनन् । “म त्यहाँ प्रतिस्पर्धा गर्न चाहन्थे । यसले मलाई चिनाउन सहयोग गथ्र्यो र मेरो प्रसिद्धी बढाउने थियो,” कैलाशले टाइम्ससँग कुरामा भने ,“तर यसले मलाई फेरी प्रयास गर्नबाट निरुत्साहित गरेको छैन । अर्को पटक मलाई भाग्यले अवश्य साथ दिनेछ ।”

कैलाशले मलेसियाको सबैभन्दा पुरानो पत्रिका न्यू स्ट्रेट टाइम्ससँगको कुरामा आफूलाई निमन्त्रणा आएको तीन प्रतियोगिताबारे पनि बताए ।  “पहिलो विश्व दाह्री र जुँगा च्याम्पियनसीप–२०१७ को थियो । यो सोही वर्ष सेप्टेम्बर १–३ टेक्सासको अस्टिनमा आयोजना भएको थियो । दोस्रो ब्रिटिश दाह्री जुँगा प्रतियोगिता–२०१८ थियो । यो यही वर्ष अगष्ट १८ मा आयोजना भएको थियो, ” कैलाशले भने ,“अन्तिम चाँही अघिल्लो महिना सेप्टेम्बर २५–२९ मा अमेरिकाको भर्जिनियाको रिचमण्डमा भएको ग्रेट अमेरिकन वियर्ड एण्ड मुस्ट्याच च्याम्पियनसीप २०१८ हो । ”

कैलाश मलेसियाको राजधानीको जलन टुन एच.एस.लीमा रहेको मास्टर सैलुन सञ्चालन गर्छन् । उनी आफ्ना ग्राहकहरुसँग कपाल काटे बापत मलेसियन रिङ्गिट १२ र सेभ गरेको बापत अतिरिक्त मलेसियन रिङ्गिट १० लिन्छन् । उनका अधिकांश ग्राहक नेपाली अप्रबासी कामदारहरु छन् ।  हालसालै उनी जेल लगाएको आफ्नो भी आकारको जँुगाका साथ क्वालामपुरमा आयोजना भएको नेपाली राष्ट्रिय दिवसको कार्यक्रममा सहभागी भएका थिए ।

उनी कार्यक्रमको मुख्य आकर्षण थिए । कार्यक्रममा सहभागि धेरै पाहुनाले उनीसँग फोटो खिचाएका थिए । फोटो खिचाउनेमा कार्यक्रममा उपस्थित कुटनीतिज्ञ समेत थिए ।  न्यू स्ट्रेट टाइम्सको समाचार अनुसार कैलाश १३ वर्षअघि मलेसिया गएका थिए । त्यहाँ उनले शुरुमा नेपाली कामदारहरुको लागि एजेन्ट खोज्ने काम गरेका थिए ।

“दुई वर्षपछि मैले पञ्जा बनाउने काम गरें । त्यहाँ दुई वर्ष काम गरेपछि स्थानीयहरुसँग एक व्यापारिक साझेदारी बनाएर कपाल काट्ने व्यापार शुरु गरेँ,” टाइम्ससँग कुरामा कैलाशले भने, “यहीनै आठ वर्ष अघि जुँगा र दाह्री बढाउनेबारे थाहा पाएँ । त्यस लगतै मैले यो सम्बन्धित अन्तर्राष्ट्रिय प्रतियोगिताबाट आकर्षित भएँ ।”

–एजेन्सीको सहयोगमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...