Monday, September 28, 2020

मिस्टर वर्ल्डको उपाधि नेपाल भित्र्याउने लक्ष्य छ – विकल्प राज श्रेष्ठ

Author

Date

Category

विकल्पराज श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०१८’ का विजेता हुन् । चितवन निवासी उनले केही दिन पहिले राजधानीको होटल अन्नपूर्णमा आयोजित फाइनल प्रतिस्पर्धामा सो उपाधि चुमेका हुन् । बीबीएस चौथो वर्षमा अध्ययनरत श्रेष्ठले १६ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्षसहित सोसल मिडिया उपाधिसमेत हात पारेका थिए ।

उपाधिसँगै विभिन्न पुरस्कार र अवसर प्राप्त गरेका उनले यो वर्ष आयोजना हुने ‘मिस्टर वल्र्ड’मा समेत नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् । उनी अहिले त्यसको तयारी गरिरहेका छन् । मिस्टर वल्र्डको टाइटल नेपाल भित्र्याउने एक मात्र लक्ष्य राखेका उनको चलचित्र अभिनय पनि रुचिको विषय हो । तर उनको छिट्टै अभिनयमा होमिने विचार भने छैन । मिस्टर नेपाल विजेता विकल्पसँग यस्तो छ रातोपाटीको दस प्रश्न ।

‘मिस्टर नेपाल वल्र्ड २०१८’ को विजेता चुनिँदा कस्तो लाग्यो ?
– एकदमै खुसी छु । जिम्मेवारी बढेको महसुस भएको छ । देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने अवसरसमेत पाएको छु । जोकोहीले यस्तो अवसर कहाँ पाउँछ र ? त्यसैले अवसरको पूरै सदुपयोग गर्नेछु ।

के कारणले दिलायो यो उपाधि ?
–मेरो मिहिनेत, लगनशीलता, आयोजकले म्यानेज गरेको राम्रा ट्रेनरले गर्दा उपाधि जित्न सफल भएँ । इतिहास रच्न सफल भएँ ।

मिस्टर वल्र्डमा के लैजाने विचार छ ?
– नेपाल कलासंस्कृतिमा विश्वकै धनी देशमध्येमा पर्छ । हाम्रो कलासंस्कृति अन्य देशको भन्दा धेरै फरक पनि छ । हाम्रो देशको कलासंस्कृति, भेषभूषालगायत धेरै विषय समेटेर जाने तयारी गर्दैछु ।

अभिनयतिर रुचि छ कि ?
– अहिले नै अभिनयका बारेमा सोचेको छैन । मेरो पहिलो प्रथामिकता भनेको ‘मिस्टर वल्र्ड २०१८’ मा नेपालको प्रतिनिधित्व गर्नु हो । त्यसपछिको कुरो हो– अभिनय । अभिनयतिर रहर त छ तर अभिनय गर्ने, नगर्ने निर्णय गरेको छैन ।

टिपटप बनेर हिँड्न कति मनपर्छ ?
– सौन्दर्य मानिसका लागि अति आवश्यक छ । पुरुषको हकमा भने टिपटप बनेर हिँड्नुपर्छ । किनभने मानिसले सबैभन्दा पहिले हेरेर जज गर्ने भनेकै बाहिर सौन्दर्य हो । भित्री सौन्दर्य भनेको प्रस्तुत गरेपछि मात्र थाहा हुने हो ।

पूरा नभएको सपना ?
–सपना भनौँ कि के भनौँ, मिस्टर वल्र्डको उपाधि नेपाल भित्र्याउने छ ।

फुर्सदको समय के गर्न मनपर्छ ?
–आफ्नो व्यक्तित्व विकास हुने, क्षमता वृद्धि हुने खालका अध्यायन गर्न मनपर्छ ।

घुमघामतिर कतिको रुचि छ ?
–अहिलेसम्म लाइफ बिजी नै छ । बिजी लाइफमा धेरै कुरामा ध्यान पुर्याउनुपर्छ । त्यसैले घुमघाम मनपरे पनि अहिले कमी नै छ भनौँ ।

मनपर्ने सवारी साधन ?
पहिलो त पब्लिक सवारी साधनमा हिँड्न मनपर्छ । त्यसपछि मनपर्ने भनेको मोटरबाइक हो ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
–डेट एक जनासँगै जानुपर्छ भन्ने छैन । धेरै जनासँग पनि जान सकिन्छ । महत्वपूर्ण कुरो डेटको उपलब्धि हो । एक व्यक्तिको नाम लिनुपर्दा पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठसँग जान चाहन्छु । उहाँ मिस नेपाल पनि हो । नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वल्र्ड’मा समेत पुगिसक्नु भएको छ । त्यसैले उहाँसँग डेट जाँदा केही सिक्न पाइन्छ भन्ने मलाई लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,217FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...