Thursday, October 1, 2020

सिके राउत: जो आफ्नै मातृभूमीप्रति यस्ता गम्भीर षड्यन्त्र गर्ने को हुन् ?

Author

Date

Category

सिके राउत: जो आफ्नै मातृभूमीप्रति यस्ता गम्भीर षड्यन्त्र गर्ने को हुन् ?

काठमाडौ । मधेश अभियन्ताको रुपमा आफुँलाई प्रस्तुत गर्दै आएका डा. सिके राउत अहिले पक्राउ परेका छन् । उनी रौतहटको प्रहरी थुनामा छन्। राष्ट्रिय अखण्डताविरोधी गतिविधिमा संलग्न रहेको प्रमाणका आधारमा राउतलाई पटक–पटक प्रहरीले पक्राउ गरिदै आएको छ । अचम्मको कुरा त यो छ की उनी पक्राउ पर्छन फेरी केही समय कुनै हल्ला समेत नभई छुट्छन् । राष्ट्रिय अखण्डतामा आँच आउने काममा संलग्न रहेका कागजात तथा श्रव्यदृश्य प्रमाण सहित उनी पक्राउ पर्ने गरेका छन् ।

यसअघि उनी मोरङ्गबाटपनि पक्राउ परेका थिए । देश टुक्राउनुपर्छ भन्ने प्रशिक्षण अगाडि बढाएकाले गृह मन्त्रालयले उनको गतिविधि निगरानीमा राखेको थियो। पछिल्लो समय उनले कार्यकर्ता प्रशिक्षणमा सशस्त्र विद्रोहको एजेन्डालाई प्राथमिकता दिँदै सोही अनुसारको प्रशिक्षण दिन थालेको दाबी गृह मन्त्रालय स्रोतको छ। एक साता अगाडि उनलाई पक्राउ गर्न गृहले निर्देशन दिएपछि खोजी गरिरहेको प्रहरी टोलीले आज रौतहटबाट पक्राउ गरेको हो।

को हुन् राउत ?
सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका हुन्। युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्‌कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट उनी विभूषित भएका थिए। उनी अमेरिकामा दर्ता गरिएका तथा मधेशी हक(हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैर–आवासीय मधेशी संघका संस्थापक अध्यक्ष पनि हुन्। पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा काम गरेका उनी आफूलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुख बनाएपछि राजीनामा दिएर हिँडे। त्यसपछि जापान सरकारले दिने गरेको मोनबूशो स्कलरशीपमा जापान गए। जापानबाट फर्किएपछि सन् २००४ को अगस्तमा गेरू वस्त्र लिएर घरबाट निस्केका राउतसित कहाँ जाने कुनै योजना थिएन। भगवान खोज्ने भन्दै भारतका कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बेंगलोर र रामेश्वरम् हुँदै साईबाबाको पुट्टपर्तीस्थित प्रशान्ति निलयमसम्म पुगे। आत्मकथा बैरागदेखि बचाउसम्ममा उनले त्यही क्रममा पहिचानको ब्रह्मज्ञान भेट्टाएको बताएका छन्। एक महिनापछि उनी फेरि जापान फर्किए। जापानमा कोर्सको अन्तिमतिर उनी बिरामी भए। अस्पतालमै उनले आफ्नो थेसिस लेखे, थेसिसको डिफेन्स गर्न एक जापानी साथीले अस्पतालबाट डिपार्टमेन्टसम्म उनलाई ह्ववीलचेयरमा लग्नुपरेको थियो। जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिवर्सिटीमा विद्यावारिधि गर्न आवेदन दिएर छनौट भए। पहिलो पटक इन्जिनियरिङ पढ्न काठमाडौँ आउँदा यहाँ ऋतिक रोशन कान्ड भएको थियो भने जापानमा फर्कने क्रममा इराकको आतंकवादी संस्थाले नेपालीहरुको हत्या गरेपछि काठमाडौँमा दङ्गा भड्किएको थियो। ती दुवै घटनालाई उनले मधेसीमाथि भएको दमनका रुपमा लिएका छन्।

मधेश स्वतन्त्र पार्न गठबन्धन
सन् २००६ को अगस्तमा घर फर्कँदा मधेस आन्दोलन सुरु भएको थियो। मधेश आन्दोलनकै क्रममा उनीसहितको समूहले स्वतन्त्र मधेशको अर्को कुनै विकल्प नभएको सार निकाल्दै ‘मधेश अधिकार एवं स्वतन्त्रता गठबन्धन’ अर्थात् एलायन्स् फर् राइट्स एन्ड इन्डिपेन्डेन्स् अफ् मधेश (एआरआईएम) को स्थापना गर्‍यो। (एआरआईएम) को मूल नारा ‘नेपाली उपनिवेश र रंगभेदको अन्त्य, मधेशीको समोचित अधिकार र मधेशको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेशको स्थापना’ थियो। यसको आफ्नै झन्डामात्र थिएन, मधेशको प्रस्तावित राष्ट्रगान पनि उनी आफैले तयार पारे। एरिमलाई संगठित गर्दै मूलधारका मधेशवादी नेताहरूसँग पनि सम्पर्क गर्दै आफ्नो एजेन्डा अगाडि बढाउन उनले आग्रह गर्न थाले। विवश्वान कुमार, आजाद र ईंजोड आदि छद्मनामबाट उनले लेखहरु लेख्न थाले।

कम्प्युटर इन्जिनियरिङ पढेका र ह्याकिङ जानेका उनले स्पाइडर प्रोग्रामै तयार पारी नेपालसँग सम्बन्धित वेबसाइटहरूबाट लक्षित समूहका लाखौं इमेल संकलन गर्दै नियमित रूपमा आन्दोलनको अद्यावधिक वस्तुस्थिति र लेखहरू पठाउँथे। सन् २००९ मा उनी अमेरिका सरे इन्टरनेटरआर्पानेट र इमेल सिस्टम विकास गरेको संस्थाको रूपमा प्रख्यात बीबीएनमा वैज्ञानिकका रुपमा कार्य गर्न। अमेरिका गएर मधेशीहरूको डायस्पोरा संगठन बनाउने योजना पहिलादेखि नै थियो उनको, त्यसलाई कार्यान्वयन गर्न थाले।

मेची महाकाली यात्रा
अमेरिकाबाट उनी मेची महाकाली यात्रा गर्न नेपाल फर्किए। आफ्नो आत्मकथामा उनले त्यस क्रममा काठमाडौँप्रति तीतो यसरी पोखेका छन् । काठमाडौं ओर्लेपछि त्यहाँ एक रात मात्र बसेर म मधेशतिरै लागें। त्यसैपनि काठमाडौं बिरलै बस्न लायक थियो। काठमाडौं कुनै जमानामा मन्दिरहरूको शहर होला तर त्यो केवल वेश्याहरूको शहर बनिसकेको थियो। हुन पनि किन नहोस्, जब नेपाल टूरिज्म बोर्डले नै ट्रेकदेखि सेक्सका लागि विदेशीहरूलाई विज्ञापनद्वारा खुल्ला आमन्त्रण दिन्छ भने। गैरआवासीय मधेशी संघको ब्यानर टाँगेर उनीसहितको समूहले मेची -महाकाली यात्रा गर्‍यो।

त्यस क्रममा उनले गरेको अनुभवलाई उनले यसरी लेखेका छन् । पहाडीहरू मानवताविरुद्धको अपराधमा, रंगभेद र भेदभाव गर्नमा, र आफ्नो उपनिवेश लाद्नमा अझ बढी उग्र र संगठित भएको कुरा त्यस यात्राका दौरानमा मैले अनुभव गरें।

उग्र विचार
अमेरिकाबाट फर्किएपछि मधेशलाई नेपालबाट छुट्याएर अलग्गै देश बनाउन उनी लागे। उनका विचारहरु पनि निकै उग्र र कतिलाई आपत्तिजनक लाग्न सक्छ। उनले आफ्नो आत्मकथामा लेखेका छन् । तिनीहरूले हामीलाई सिकाउँछन् — नेपाल हाम्री आमा हुन्, उनको लागि हामीले प्राण दिनुपर्छस नेपाल त चोखो कुमारी हुन् कहिले पनि कसैको वशमा नपरेकी। र अधिकांश मान्छेहरू त्यही रटेर हुर्कन्छन् र यति रट्‌छन् कि तिनीहरूको आफ्नो दिमाग शिथिल हुन पुग्छ, तिनीहरूको दिमागमा सदाका लागि तार जोडिए झैं तिनीहरू त्यसको तलमाथि केही हेर्नै सक्दैनन्। यदि मलाई नेपाललाई मानवीकरण गरेर हेर्न नै बाध्य बनाइयो भने, म भन्न चाहन्छु — नेपाल हाम्री आमा होइनन्, नेपाल त हाम्रो रगत चुस्ने बोक्सी हुन् जसले हाम्रो भूमि, अनाज र अधिकार खोसिरहिन् र बदलामा दासता, अन्याय र गरीबी दिइरहिन्। नेपाल चोखो कुमारी रे१ नेपाल त निर्लज्ज रं८ हो जो राती हरेक विदेशीसँग सम्भोग गर्छे तर बिहान आफ्नो कुमारीत्वको अभिमान गर्दै हिँड्छे। इतिहासको कुन कालमा नेपाल स्वतन्त्र र स्वशासित थियोरु नेपालमा त अझै गोर्खालीको शासन छ, नेपाल अझै गोर्खालीको पराधीन छ, त्यहाँ स्वशासन कहाँ छ ? नेपाल हैन, मधेश हाम्री आमा हुन्, जसले हामी जन्मँदा खुट्टा टेक्न भूमि दिन्छिन्, खानलाई जीवनभरि अनाज दिन्छिन्, र मरेपछि अस्थि ढाक्न माटो। मधेश हाम्रो मातृभूमि हो, नेपाल होइन।

स्वतन्त्रता कहिले पनि ढिलो हुँदैन। र, गएको दशकमा मात्र, दुई दर्जन देशहरू स्वतन्त्र भए, र यस दशकमा पनि पूर्बी टिमोर, मोन्टेनेग्रो, सर्बिया र कोसोभो जस्ता देशहरूले स्वतन्त्रता प्राप्त गरे। र मधेशीहरूलाई पनि आफ्नो दासताबाट मुक्त हुन कसैले रोक्न सक्दैन, न त मधेशलाई स्वतन्त्र हुनबाट कसैले रोक्न सक्छ। त्यसै गरी केहीले स्वतन्त्र मधेश निकै सानो देश हुने भनेर गलत हल्ला फैलाउने गर्छन्। क्षेत्रफलका आधारमा कुरा गर्ने हो भने स्वतन्त्र मधेश विश्वका सयभन्दा बढी देशहरूभन्दा ठूलो हुनेछ, इजराइल, फिजी, कुवेत, कतार, लेबनान, साइप्रस, सिंगापुर र माल्दिभ्स् जस्ता चर्चित देशहरूभन्दा ठूलो। माल्दिभ्स् त सप्तरीको एक चौथाइभन्दा पनि सानो छ। जनसंख्याको आधारमा कुरा गर्ने हो भने स्वतन्त्र मधेश विश्वका करीब एक सय पचास देशहरूभन्दा ठूलो हुनेछस ग्रीस, पोर्चुगल, बेल्जियम, चेक रिपब्लिक, हंगेरी, बेलारूस, हाइटी, अस्ट्रिया, स्वीट्जरल्याण्ट, डेनमार्क, भुटान र नर्वे जस्ता नाम चलेका देशहरूभन्दा ठूलो। सबै दृष्टिले, मधेश विशाल छ, मधेश महान् छ।

हिंसाको पक्षमा विचार
आत्मकथामा उनले हिंसात्मक आन्दोलनका लागि पनि पछि हट्न नहुने विचार राखेका छन्। उनले लेखेका छन् । पूर्ण स्वराजको यस लडाइँमा, अगाडि जे आए पनि हामी पछि हटनुहुन्न। मधेशीहरूले सदियौं आफ्नो धैर्य र अहिंषा देखाए। तर हाम्रो शान्तिपूर्ण अनुरोधको जवाफ तिनीहरूले बन्दुक र बारुदबाट दिन्छन् भने समय आइसकेको छ, तिनीहरूले हाम्रो शक्ति पनि हेरून्। यदि आँखाका बदला आँखाले सबैलाई अन्धो बनाउँछ भने त्यसले अझै पनि गोरा(काला रहित दुनियाँको निर्माण हुनेछ। त्यसले अझै पनि रंगभेद रहित समाजको स्थापना हुनेछ, जहाँ छालाको रंग हेरी कसैलाई ज्यानै जाने गरी कसैले पिट्ने छैनन्। खाली दुष्टहरूसँग आँखा बाँकी रहनुभन्दा, उनीहरूले पुनस् आफ्नो दुष्टता देखाउने अवसर पाउनुभन्दा आँखाका बदला आँखाले अझै पनि बढी समतामूलक समाजको निर्माण गर्नेछ। दुष्टहरूसँग आँखा बाँकी रहनु झन् खतरनाक छ, के थाहा आँखापछि, घाँटीतिर उसका हातहरू बढोस्। ती आदर्शहरू सुन्नका लागि महान् लाग्छन् तर संसारमा त्यसले दुष्ट र दानवहरू मात्र बाँकी राख्नेछन्। आफ्नो अर्को गाला तिनीहरूअगाडि थाप्नुले तिनीहरूलाई अझ अर्को मान्छेलाई हिर्काउने हौसला मात्र दिन्छ। तपाईं सोच्नुहुन्छ उनीहरूमा मानव जगाउन सकिन्छरु मानवभित्र कहिले पनि मानव थिएन। उनीहरूको कान बेस्सरी बजाएरै हेर्नुस्, अरूलाई हिर्काउनै बिर्सिन्छ।

देश टुक्र्याउने योजना
मधेश स्वराज नामको पुस्तकमा उनले मधेशलाई नेपालबाट पूर्ण रुपमा अलग्याउनु पर्ने बताएका छन्। उनले पुस्तकमा लेखेका छन् । मधेशियों के मुद्दों को लेकर आज लोग अदालत जाते हैं, सड़क आन्दोलन करते हैं, सरकार में शामिल हो जाते हैं, नए संविधान बनाने की बात करते हैं, यह कोई भी बात औपनिवेशिक दासता से मुक्ति नहीं दिला सकती। मुक्ति पाने के लिए नेपाली उपनिवेश को जड़ से ही उखाड़कर फेंकना होगा और वहाँ पर स्वतन्त्रता के पौधे लगाने होंगे। सोही पुस्तकमा उनले मधेशमा आफ्नै सेना हुनुपर्ने तर्क यसरी गरेका छन् । कोई दूसरा समाधान मधेश में रहे नेपालीरपहाडी सेना को पूर्ण रूप से हटाकर उसकी जगह मधेशी सेना को नहीं रख सकता, और जब तक मधेश की भूमि पर नेपालीरपहाड़ी सेना रहेगी, मधेशियों की गुलामी का अन्त नहीं हो सकता। नियम, कानून, व्यवस्था, संविधान आदि बनते रहते हैं, उनकी कोई अहमियत नहीं जब तक अपनी सेना न हो। साम्राज्य की सेना लगाकर कभी भी नियम, कानून, संविधान और व्यवस्था को निलम्बन किया जा सकता है। इसलिए जब तक मधेश में मधेशी मातहत की मधेशी सेना नहीं, तब तक नियम, कानून, व्यवस्था, संविधान आदि कुछ भी अपना नहीं।

संविधानमा अधिकार सुनिश्चित गरेर पनि नहुने विचार
सोही पुस्तकमा उनले नेपालको संविधानमै आफ्नो अधिकार सुरक्षित गरेर पनि समस्या समाधान नहुने बताएका छन्। उनी लेख्छन् , क्या नेपाल के संविधान में अधिकार सुनिश्चित करने से नहीं होगारु संविधान उसका होता है, जिसके पास सेना होती है। जिसकी सेना नहीं, उसका क्या संविधानरु सेना लगाकर कभी भी संविधान को निलम्बन किया जा सकता है, और नेपाल में संविधान टिका है कितना ? अभी मर–मर के अधिकांश मधेशी लोग इस तरह से कर रहे हैं कि जैसे संविधान में एक बार लिखा देंगे, तो सारा काम खत्म१ संविधान तो हर १०–१५ वर्ष में टूटा हैं यहाँ, पूरे परिवर्तन आए हैं, तो मधेशियों के मामले में कितने दिन टिकेगा संविधानरु जैसे मधेशी ठंड पडेंगे, फिर पलट लेगा संविधान। खाली लिख देने से नहीं होता है न१ इस लिए ऐसे संविधान बनते रहेंगे, टूटते रहेंगे, जब तक मधेशियों के पास अपना देश, अपनी सेना और अपना संविधान नहीं होता, चाहे जितनी भी उपलब्धियाँ दिखा दें, सब मिथ्या हैं, क्षणिक हैं।

यस्तो छ तयारी
पुस्तकमा उनले अहिंसात्मक आन्दोलन गर्ने भन्दै तयारी, आन्दोलन र बचाउका तीन चरणको यसरी व्याख्या गरेका छन्( तयारीमा प्रचार प्रसार गर्ने, युवा दस्ता बनाउनेदेखि सैन्य र प्रहरी संरचना बनाउनेसम्मका कुरा छन्। आन्दोलनको चरणमा नाकाबन्दी, सैनिक र सिपाही विद्रोहसम्मका कुरा छन्। बचाउमा अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्नेदेखि राष्ट्रसंघमा दर्तासम्मका कुरा छन् ।

के छ कानुनमा ?
नेपालको अन्तरिम संविधान २०६३ ले प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता र संघ संस्था खोल्ने स्वतन्त्रता दिए पनि नेपालको सार्वभौमसत्ता र अखण्डता र विभिन्न जातजाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पर्ने वा दुरुत्साहन दिने कार्यमा रोक लगाएको छ। सार्वभौमसत्ता र अखण्डताविरोधी काम गर्नेलाई राज्यद्रोहसम्बन्धी कानुन अनुसार कारबाही गर्ने प्रावधान छ।

किन पक्रियो सरकारले ?
राउतले लुकिछिपी नभई घोषित रुपमै र खुल्लमखुल्ला नै स्वतन्त्र मधेशको अभियान चलाएको केही वर्ष भइसकेको छ। तर संविधान निर्माणको प्रक्रिया चलिरहँदा राउतलाई पक्राउ गर्न पर्नुको कारण खुलेको छैन। स्वतन्त्र हैन, स्वायत्त मधेशको लागि संघर्षरत दल र संस्थाहरु पनि राउतको पक्षमा अहिले आवाज उठाइरहेको देख्न सकिन्छ। यसले मधेसवादी र मधेसबाहिरका समूहबीच यो घटनाले ध्रुवीकरण बढाउने संकेत देखिन्छ। कानुनी प्रावधान अनुसारै पक्राउ परेको २४ घण्टाभित्र अनुसन्धानका लागि सात दिनको म्याद आज प्रहरीले लिइसकेको छ। अहिले उनलाई केही सार्वजनिक (अपराध र सजाय) ऐन अन्तर्गत अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

२०७३ साल माघ ३ गते सिके राउत बिरुद्धको राज्य विरूद्धको अपराध (राज्य विप्लव) को मुद्धामा यस्तो छ फैसला

निर्णय नं. ९५६३ – राज्य विरूद्धको अपराध (राज्य विप्लव) भाग: ५८ साल: २०७३ महिना: असार अंक: ३ फैसला मिति :२०७२/१०/०३ ५०१, सर्वोच्च अदालत, संयुक्त इजलास, माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय, माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल, फैसला मिति : २०७२।१०।३।१, ०७२-CR-०३१३, मुद्दा : राज्य विरूद्धको अपराध (राज्य विप्लव) पुनरावेदक / वादी : जिल्ला प्रहरी कार्यालय मोरङका प्र.ना.नि. राजेश दत्तको प्रतिवेदनले नेपाल सरकार : विरूद्ध : प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्तरी महादेवा गा.वि.स. वडा नं. ७ बस्ने डा. सि.के. राउत भन्ने चन्द्रकान्त राउत प्रतिवादीलाई आफ्ना विचारहरू अभिव्यक्त गर्ने, विना हातहतियार भेला हुने राजनीतिक दल खोल्ने तथा संघ संगठन खोल्ने नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने समेतका स्वतन्त्रताको हक संविधानले नै प्रत्याभूत गरेको देखिन्छ । उपरोक्त स्वतन्त्रताहरू निरपेक्ष नभई सापेक्षित स्वतन्त्रता हुन् । उक्त स्वतन्त्रताहरूलाई राज्यले उचित कानून बनाई सङ्कुचन र नियन्त्रण गर्न सक्ने ।

(प्रकरण नं.९)

अनुसन्धानको क्रममा बुझिएका मानिसहरूले अदालतमा गरेको बकपत्रबाट प्रतिवादीले जबरजस्ती मानिसहरू भेलाजम्मा गराई डर त्रास देखाई आतङ्कित बनाएको तथा शान्ति सुरक्षामा खलल् पार्ने कार्य गरेको भन्ने देखिँदैन । प्रतिवादीले बल प्रयोग गरी शान्ति अमनचयन भङ्ग गरी अशान्ति मच्चाएको वा हुलदङ्गा गरी शान्ति र व्यवस्थामा खलल् पुर्‍याई अव्यवस्था उत्पन्न गरेको भन्ने मिसिल संलग्न कागजातबाट देखिँदैन । प्रतिवादीबाट कुनै हातहतियार, आपत्तिजनक तथा संवेदनशील विष्फोटक पदार्थ, प्रज्वलनशील तथा मधेशलाई नेपालबाट विखण्ड गर्ने खालका कुनै वस्तु बरामद भएको नदेखिँदा प्रतिवादीलाई अभियोग दाबीबमोजिम कसुरदार ठहर गर्न नमिल्ने ।

(प्रकरण नं.११)

  • पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिना
  • प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
  • अवलम्बित नजिर :
  • सम्बद्ध कानून :
  • सुरू तहमा फैसला गर्ने :
  • अध्यक्ष मा.न्या. श्री मोहनरमण भट्टराई
  • सदस्य मा.न्या.श्री. पवनकुमार शर्मा
  • सदस्य मा.न्या.श्री महेशप्रसाद पुडासैनी
  • फैसला

न्या.बैद्यनाथ उपाध्याय : विशेष अदालत ऐन, २०५९ को दफा १७ अनुसार यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छ :- जिल्ला मोरङ सोराभाग गा.वि.स. वडा नं. ३ स्थित पूर्व रंगेलीतर्फ जाने सडक, पश्चिम कर्सियातर्फ जाने सडक, उत्तर भलुवा राजाको मन्दिर र दक्षिण शिव गिरीको बाँस झ्याङ यति चार किल्लाभित्र जिल्ला सप्तरी महादेवा ७ बस्ने चन्द्रकान्त राउतले सर्वसाधारण मानिसहरूलाई भेला जम्मा गरी गराई डर त्रास फैलाई आतङ्कित बनाई सामाजिक सद्‌भाव भड्काउने, शान्ति सुरक्षामा खलल् पुर्‍याउने जस्ता कार्य गरिरहेको अवस्थामा फेला पारी निजलाई नियन्त्रणमा लिइएको हो । निजले साथमा बोकेको TOP POWER लेखिएको कालो झोलाभित्र मधेश स्वराज डा.सि.के.राउत लेखिएको किताब थान-१, स्वतन्त्र मधेश गठबन्धन (AIM) का घोषणापत्र लेखिएको गौतम बुद्ध, महात्मा गान्धी र नेलसन मण्डेलाको जस्तो तस्वीर भएको सानो किताब थान-१, वीर मधेशी डा. सि.के.राउत लेखिएको किताब थान-१, अङ्ग्रेजीमा मधेश तराई लेखिएको प्रोफायल किताब थान-१, कालो डायरीमा तन मन धन विद्या वचनसमेत लेखिएको डायरी थान-१, अङ्ग्रेजीमा सोनी एच.डि. समेत लेखिएको भिडियो क्यामेरा थान-१, अङ्ग्रेजीमा पानासोनिक लुमिक्ससमेत लेखिएको क्यामेरा थान-१, कार्ड रिडर थान-१ र ६४ ए.वि. तथा १६ एम.वि. लेखिएको मेमोरी कार्ड थान २ समेतका सामानहरू फेला परेकोले बरामद भएको भन्ने घटनास्थल तथा खानतलासी बरामदी मुचुल्का ।

मिति २०७१।५।२८ गते दिनको १७:३० बजेको समयमा जिल्ला सप्तरी महादेवा गा.वि.स. वडा नं. ७ बस्ने स्वेताम्बर राउतको छोरा वर्ष ३६ को चन्द्रकान्त राउतले जिल्ला मोरङ सोराभाग गा.वि.स. वडा नं. ३ कर्सियामा सर्वसाधारण मानिसहरूलाई जबरजस्ती भेला जम्मा गरी आतङ्कित बनाई सामाजिक सदभाव भड्काउने कार्य गरिरहेको भन्ने जानकारी प्राप्त भयो । तत्पश्चात् मेरो कमान्डमा उक्त स्थानमा खटिई जाँदा निज चन्द्रकान्त राउतले सर्वसाधारण मानिसहरूलाई भेला जम्मा गरी डर त्रास देखाई आतङ्कित बनाई सामाजिक सदभाव भड्काउने, शान्ति सुरक्षामा खलल् पार्ने जस्ता कार्य गरिरहेको अवस्थामा फेला पारी निजलाई नियन्त्रणमा लिई निजको शरीर खानतलासी गर्दा कालो झोलामा मधेश स्वराज डा.सि.के.राउत लेखिएको किताब थान-१, स्वतन्त्र मधेश गठबन्धन (AIM) का घोषणापत्र लेखिएको गौतम बुद्ध, महात्मा गान्धी र नेलसन मण्डेलाको जस्तो तस्वीर भएको सानो किताब थान-१, वीर मधेशी डा. सि.के.राउत लेखिएको किताब थान-१, मधेशका इतिहास डा. सि.के.राउत लेखिएको किताब थान-१, अङ्ग्रेजीमा मधेश तराई लेखिएको प्रोफायल किताब थान-१, कालो डायरीमा तन मन धन विद्या बचनसमेत लेखिएको डायरी थान-१, अङ्ग्रेजीमा सोनी एच.डि. समेत लेखिएको भिडियो क्यामेरा थान-१, अङ्ग्रेजीमा पानासोनिक लुमिक्ससमेत लेखिएका क्यामेरा थान-१, कार्ड रिडर थान-१ र ६४ एम.वि. तथा १६ एम.बि. लेखिएको मेमोरीकार्ड थान-२ फेला परेकोले बरामद गरी बरामदी सामानहरूसहित निज चन्द्रकान्त राउतलाई पक्राउ गरी दाखिला गरेको छु । कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्र.ना.नि. राजेश दत्तको मिति २०७१।५।२८ को प्रतिवेदन ।

मिति २०७१।५।२८ गते पक्राउ गरी आएका जिल्ला सप्तरी महादेवा गा.वि.स. वडा नं. ७ बस्ने स्वेताम्बर राउतको छोरा वर्ष ३६ को चन्द्रकान्त राउतको साथबाट बरामद भई आएको किताबलगायतका सामग्रीहरू अध्ययन गर्दा निजले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पारी नेपाल राष्ट्रलाई टुक्राई छुट्टै मधेश राष्ट्र बनाउने भनी प्रस्तावित झण्डा र राष्ट्रिय गानसमेत तयार गरी नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले अस्तव्यस्त बनाउने कार्य गरी राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६ अन्तर्गत कसुर गरेको पाइएकाले निजबाट बरामद भई आएका किताबलगायतका सामग्रीहरूलाई प्रमाणमा लगाई सोही ऐनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्र.ना.नि राजेश दत्तको मिति २०७१।५।३१ को प्रतिवेदन ।

स्वतन्त्र मधेश गठबन्धन (AIM) को घोषणापत्रमा लेखिएको गौतम बुद्ध, महात्मागान्धी र नेलसन मण्डेलाको जस्तो तस्वीर भएको सानो किताबको पेज नं. २ र ३ मा “स्वतन्त्र मधेश के प्रस्तावित झण्डा और राष्ट्रगान” शीर्षक दिई मधेश राष्ट्रको छुट्टै झण्डा तयार गरी नेपाल राष्ट्र र मधेश राष्ट्र छुट्टाछुट्टै देखिने गरी सिमाङ्कन गरिएको र मधेश राष्ट्रको राष्ट्रिय गान निम्नानुसार तयार गरिएको पाइएको । कोशी कमला गण्डक काली । जनक सीता बुध धारी । अनन्त उर्वर मधेश जय । सहस्र तलाव सरस मृणाली सुलभ समृद्ध सतत हरियाली । मनोरम महान मधेश जय । परित्राता परिपालक प्रभावशाली । अजित अधिप आभा भारी । मेधावी महारथी मधेश जय । जय जय जय मधेश जय । जय जय जय मधेश जय ।

सोही घोषणापत्रको अन्तिम पेजमा स्वतन्त्र मधेश गठबन्धन (AIM) कि मागे शीर्षकमा निम्नानुसार लेखिएको पाइएको ।

  • १. मधेशको सार्वभौम सम्पन्न स्वतन्त्र देश घोषणा कि जाय । नेपाली उपनिवेशका अन्त हो ।
  • २. मधेशी राजनैतिक पार्टिया और नागरिक समाजको मिलाकर अविलम्ब अन्तिरिम मधेश संसद और मधेश सरकारका गठन किया जाए, जो मधेश में आगामी निर्वाचन कराने और संविधान बनानेका काम करेगी,
  • ३. मधेश से नेपाली राज के शासन संयन्त्र और प्रशासकको वापस लिया जाए । उस पर मधेश सरकार अपना शासन संयन्त्र और प्रशसक रखेगी ।
  • ४. मधेश से नेपाल सरकार सम्पूर्ण कर और राजश्व वसूली अविलम्ब बन्द करे । वह काम मधेश सरकार करेगी ।
  • ५. मधेश के साधन स्रोत, जल, जमीन और जंगल पर से नेपाल सरकारका आधिपत्य हटाया जाए ।
  • ६. मधेश से नेपाल प्रहरी और सशस्त्र प्रहरी बल हटाकर उनमें से मधेशियोंको चुनकर मधेश प्रहरीका अविलम्ब गठन किया जाय ।
  • ७. मधेश से सम्पूर्ण नेपाली सेना हटाकर मधेशी सेनाका अविलम्ब गठन किया जाए ।
  • ८. मधेशियो से हरण की गई जमिनको वापस किया जाए, और उसे मधेश सरकार के मातहत मे रखा जाए
  • ९. मधेश मे संयुक्त राष्ट्र संघलगायत विश्व के राष्ट्रोंके प्रतिनिधि रखने लिए आवश्यक प्रक्रियाको आगे बढाया जाय । प्रतिवादी डा. चन्द्रकान्त राउतले लेखेको बरामद भई आएको मधेश स्वराज नामक किताबको पेज नं. ४० मा “नेपाल र मधेशलाई छुट्याएर अलग राष्ट्र देखिने गरी सिमाङ्कन गरिएको पाइएको” । सोही किताबको तत्काल योजना शीर्षकको पेज नं. १८० मा “यानी आप याद रखिए हमारे पाँच चरण (पाँच “स”) १. संजीवन, यानी प्रचार प्रसार करके लोगों मे जागृति पैदा करना, २. संगठन, यानी अपनी जगहों पर संगठन बनाना । ३. संवर्द्धन, यानी विचार प्रचार, विस्तार, विकास, विप्लव–तैयारी और विशेष सम्बन्ध (पाँच “वि”) ४. संघर्ष, यानी महाआन्दोलन । ५. संरक्षण, यानी UN मे दर्ता कुटनैतिक नियोग खोलने / खुलवाने लगायत के काम” भनी राष्ट्र बिप्लवको तयारीसमेत लेखिएको पाइएको ।

बरामदी मुचुल्कामा उल्लिखित सामानहरू मेरा हुन् । बरामदी मुचुल्कामा भएको सही छाप मेरो हो । मैले नेपालको दशगजादेखि उत्तर, पूर्व मेचीदेखि पश्चिम महाकाली र उत्तरमा चुरेपर्वतसम्मको भू–भागलाई नेपाल राष्ट्रबाट अलग्याएर छुट्टै मधेश राष्ट्रको स्थापना गर्न स्वतन्त्र मधेश गठबन्धन AIM को पुस्तक तयार गरेको हुँ । मैले उठाएको स्वराज मधेशको समस्याको समाधानको उपाय भनेको मधेशलाई नेपाल राष्ट्रबाट नेपालको तराई भू–भागलाई टुक्रयाएर छुट्टै मधेश राष्ट्रको स्थापना गर्नु हो। मधेश राष्ट्रको लागि माग गरेको भू–भाग भारतको दशगजादेखि उत्तर चुरे पर्वतसम्मको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भू–भाग हो । त्यसका लागि मैले तराईका विभिन्न १३ वटा जिल्लामा कार्यक्रम गरिसकेको छु । नेपालाई टुक्रयाएर मधेश राष्ट्र बनाउने गठबन्धनको मैले नेतृत्व गरेको छु भन्नेसमेत व्यहोराको प्रतिवादी डा. चन्द्रकान्त राउतले मौकामा गरेको बयान ।

प्रतिवादी चन्द्रकान्त राउतलाई मैले चिनेको थिएन । करिब डेढ वर्ष पहिला निज चन्द्रकान्त राउत भन्ने मानिस मैले सञ्चालन गरेको बिराटनगर १२ स्थित निलकण्ठ प्रिन्टिङ प्रेसमा आई आफूले साथमा ल्याएका ५/७ वटा किताबहरू देखाई यी किताबहरू धेरै प्रति छपाउनु पर्ने छ । मेरो प्रेसमा मल्टी कलर मेसिन नभएकाले छपाउन सकिँदैन भनेपछि निजले किताब छपाईदिनु भनी कर गर्दा केही वेर डिस्कस पनि भएको थियो । निज त्यहाँबाट गएका हुन् । निजले उक्त किताब के कहाँ छपाए मलाई थाहा भएन । निजलाई सोध्दा आफू मधेशवादी राजनीति गर्ने व्यक्ति हुँ भन्थे पछि आएर डा. सि.के. राउतले लेखेका किताबहरू हेर्दा निजले नेपाललाई टुक्रयाएर छुट्टै मधेश राष्ट्र बनाउने, नेपाल राष्ट्रको सार्वभौमसत्ता र अखण्डतामा खलल् पार्ने जस्ता कार्य गरी राज्य विरूद्धको अपराध कसुर गरेको थाहा भएको हुँदा निजउपर कानूनबमोजिम कारवाही होस् भन्नेसमेत व्यहोराको देवेन्द्रबहादुर बस्नेतको कागज ।

प्रतिवादी डा. चन्द्रकान्त राउतको वेव साईट CK raut.com मा चीन र मधेशको बिचमा नेपाल तथा नेपाल र भारतको बिचमा मधेश राष्ट्र देखिने गरी सिमाङ्कन गरी मधेशको राष्ट्रिय झण्डा र राष्ट्रिय गान तयार गरी राखेको र मधेश राष्ट्रको भाषा, क्षेत्रफल तथा जनसङ्ख्यासमेत उल्लेख गरेको पाइएको । मिति २०७१।५।२८ गते जिल्ला मोरङ सोराभाग गा.वि.स. वडा नं. ३ स्थित कर्सियामा चन्द्रकान्त राउत आएर कार्यक्रम गर्ने र निज अमेरिकामा वैज्ञानिकको काम गरेका मानिस हुन् भन्ने हल्ला भएपछि हामीहरू उक्त स्थानमा गई कार्यक्रम हेरेर बसेका थियौं । निजले मधेशको बारेमा बोल्दा मधेश अङ्ग्रेजले नेपाललाई उपहार दिएको हो । मधेश नेपालको नभई मधेशीहरूको हो । अब मधेशलाई नेपालबाट छुट्याएर छुट्टै राष्ट्र बनाउने कार्यमा म लागेको छु । मैले नेपालबाट तराई भागलाई छुट्याएर मधेश राष्ट्र बनाउनको लागि नेतृत्व गर्दै आएको

छु । त्यसको लागि मैले किताब तथा घोषणापत्रसमेत लेखी छपाएको छु । त्यसमा नेपाल र मधेश राष्ट्र छुट्टाछुट्टै बनाई सिमाङ्कन गरेको छु । मधेश राष्ट्रिय गानसमेत तयार पारेको छु । अब नेपाली सेना, प्रहरी र कर्मचारीहरूलाई मधेशबाट हटाएर मधेशको लागि छुट्टै सेना, प्रहरी तथा प्रशासकीय कर्मचारीहरू नियुक्त हुन्छन् । मधेशका जनताहरूबाट नयाँ सरकार गठन गरी त्यस सरकारले मधेश राष्ट्रको संविधान बनाउँछ । मधेश राष्ट्रले संयुक्त राष्ट्र संघमा आफ्नो अस्तित्व र मधेश राष्ट्रको पहिचानसहित नेतृत्व गर्ने छ भनी अभिव्यक्ति दिएको थिए । निजका लेख रचना पर्चा र अभिव्यक्तिसमेतबाट प्रतिवादी डा.चन्द्रकान्त राउतले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डतामा खलल पार्ने कार्य गरी राष्ट्र विप्लवको अपराध कसुर गरेका हुन् भन्ने एकै मिलान व्यहोराको बुझिएका डिल्लीराम डाँगी र नेत्रबहादुर भट्टराईको कागज ।

मिति २०७१।५।२८ गते जिल्ला मोरङ सोराभाग गा.वि.स. वडा नं.३ कर्सियामा चन्द्रकान्त राउतले वक्तव्य दिन्छन् । अमेरिकाबाट आएका वैज्ञानिक हुन् भन्ने हल्ला भएपछि म उक्त स्थानमा गएको थिएँ । उक्त स्थानमा प्रमुख अतिथिको रूपमा रहेका डा.चन्द्रकान्त राउतले बोल्दा मधेश अंग्रेजले नेपाललाई उपहार दिएको हो । मधेश नेपालको नभई मधेशीहरूको हो । अब मधेशलाई नेपालबाट छुट्याएर छुट्टै राष्ट्र बनाउने कार्यमा म लागेको छु । मैले नेपालबाट तराई भागलाई छुट्याएर मधेश राष्ट्र बनाउनको लागि नेतृत्व गर्दै आएको छु । मैले किताब तथा घोषणापत्रसमेत लेखी छपाएको छु । त्यसमा नेपाल र मधेश राष्ट्र छुट्टाछुट्टै बनाई सिमाङ्कन गरेको छु । मधेश राष्ट्रको झण्डा र राष्ट्रिय गानसमेत तयार पारेको छु । अब नेपाली सेना, प्रहरी र कर्मचारीहरूलाई मधेशबाट हटाएर मधेशको लागि छुट्टै सेना, प्रहरी तथा प्रशासनिक कर्मचारीहरू नियुक्त हुन्छन् । मधेशका जनताहरूबाट नयाँ सरकार गठन गरी त्यस सरकारले मधेश राष्ट्रको संविधान बनाउँछ । मधेश राष्ट्रले संयुक्त राष्ट्र संघमा मधेश राष्ट्रको पहिचानसहित प्रतिनिधित्व गर्ने छ भनी अभिव्यक्ति दिएका र निजले लेखेका किताब, पर्चासमेतबाट प्रतिवादी डा. चन्द्रकान्त राउतले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डतामा खलल् पार्ने कार्य गरी राष्ट्र बिप्लवको अपराध कसुर गरेका हुन् भन्नेसमेत व्यहोराको बुझिएका डिल्लीराम घिमिरेको कागज ।

मिति २०७१।५।२८ गते जिल्ला मोरङ सोराभाग गा.वि.स. वडा नं. ३ स्थित क्रसियामा सर्वसाधारण मानिसहरूलाई भेला जम्मा गरी आफू अमेरिकाबाट आएको वैज्ञानिक हुँ । नेपालमा मधेशीलाई शोषण गरिएको छ । मधेशलाई नेपालको उपनिवेश बनाएको छ । अब मधेशलाई नेपालबाट टुक्रयाएर छुट्टै मधेश राष्ट्र बनाउनुपर्छ । मधेशमा छुट्टै सेना, प्रहरी, निजामती कर्मचारीहरू नियुक्ति गर्नुपर्छ । मधेशी राजनीतिक पार्टी र नागरिक समाज मिलाएर मधेश राष्ट्रमा छुट्टै सरकार गठन गरी मधेशको संविधान बनाउनु पर्छ । मधेश राष्ट्रले संयुक्त राष्ट्र संघलगायतका विश्वका अन्य संघ संस्थाहरूमा मधेश राष्ट्रको छुट्टै पहिचान लिएर प्रतिनिधित्व गर्नुपर्छ भनी वक्तव्य दिएका र आफूले लेखेको किताब तथा घोषणा पत्रमा मधेश राष्ट्रको झण्डा, राष्ट्रिय गान, नेपाल र मधेश छुट्याई छुट्टाछुट्टै देश बनाएको नक्सासमेत देखाएका थिए । यसरी प्रतिवादी डा. चन्द्रकान्त राउतले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामा खलल् पार्ने अस्तव्यस्त उत्पन्न गर्ने कार्य गरी नेपाल राष्ट्रलाई टुक्रयाएर छुट्टै मधेश राष्ट्र बनाउने नियत राखी अभिव्यक्ति दिने तथा लेख रचना किताब लेखेर छपाई तथा आफ्नो वेवसाइटमार्फत प्रचार प्रसार गरी निजले राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६ अन्तर्गत कसुर गरेका हुँदा प्रतिवादी डा. चन्द्रकान्त राउतउपर कानूनबमोजिम हदै सम्मको सजाय होस् भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्का ।

माथि विवेचित तथ्य र प्रमाणहरूबाट प्रतिवादी डा.सि.के. राउत भन्ने चन्द्रकान्त राउतले मधेशलाई नेपाल राष्ट्रबाट टुक्रयाएर छुट्टै मधेश राष्ट्र बनाउने उद्देश्यसाथ मधेश राष्ट्रको छुट्टै झण्डा, राष्ट्रियगान र नेपाल तथा मधेशलाई छुट्टाछुट्टै देश बनाउने नक्सासमेत तयार गरेको र मधेशलाई नेपालबाट छुट्याउनुपर्छ भन्ने अभिव्यक्ति दिई सोअनुरूप लेख, रचना तथा किताब छपाएका छन् । यसबाट नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल् पारी अव्यवस्था उत्पन्न गरेको सप्रमाण पुष्टि हुन आएको हुँदा प्रतिवादी डा. सि.के. राउत भन्ने चन्द्रकान्त राउतको उक्त कार्य राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३ को ३(१) नं. को कसुर गरेको हुँदा प्रतिवादी डा. सि.के. राउत भन्ने चन्द्रकान्त राउतलाई ऐ. ऐनको दफा ३(१) नं. बमोजिम सजाय गरिपाउँ भन्ने प्रतिवादीउपरको अभियोग दाबी ।

म सन् २००९ देखि २०११ सम्म अमेरिकाको म्याजाचुसेट्स राज्यको क्यामकिज सहरस्थित BBN Technologies नामक Research Organization मा वैज्ञानिकको रूपमा कार्य गरेको थिएँ । त्यसका साथै लगभग २००९ देखि नै “इजोत” अभियानमार्फत नेपालमा सामाजिक कार्य गर्दै आएको छु । इजोत अभियान मुलुकभरमा कम्प्युटर र इन्टरनेट साक्षरता, महिला साक्षरता, स्वास्थ्यसम्बन्धी चेतनामुलक कार्यहरू नेपालको पिछडिएको भाग तथा तराई क्षेत्रमा सञ्चालन गर्दै आएको छु । मधेशको सिमाङ्कन नेपालभित्र वा बाहिर भएपनि गर्न सकिन्छ । त्यसैले छुट्टै राष्ट्रको अर्थ दिनुपर्छ भन्ने छैन । स्वतन्त्र मधेश गठबन्धन (AIM Alliance for independent Madhesh) एउटा अनौपचारिक समूह हो । जसले मधेशको हक र अधिकारको विषयमा कुरा उठाउने सोच लिएको छ । राष्ट्रिय गान र झण्डा कुनै पनि प्रदेश वा क्षेत्रको पनि हुन सक्छ । सोहीअनुसार यो मधेश क्षेत्रको लागि हो, राष्ट्र टुक्राउने कुरा होइन, राष्ट्रिय एकता र समृद्धिको कुरो हो । म मिति २०७१।५।२८ गते मोरङ जिल्लाको सोराभाग भन्ने ठाउँमा सन्थाल जातिले आयोजना गरेको छाता मेलाको कार्यक्रममा प्रमुख अतिथिको रूपमा गएको थिएँ । त्यस ठाउँमा मैले आफ्नो विचार कुनै कसैको सदभाव विथोलिने गरी राखेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी चन्द्र किशोर राउतले विशेष अदालत, काठमाडौंमा गरेको बयान ।

प्रतिवादीले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष साबिती बयान गरे तापनि अदालतमा इन्कारी बयान गरेका छन् । अदालतमा बयान गर्दा मैले दाबी अनुरूपका मानिसहरू जम्मा गराएको होइन । सन्थाल जातिको इतिहास र संस्कृतिको बारेमा मात्र बोलेको हो । कसैलाई डर त्रास देखाउने वा शान्ति भङ्ग गर्ने कार्य गरेको छैन । मिसिल संलग्न कागजातहरूबाट प्रतिवादीले दाबीअनुरूपको राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६ को भावना र नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२ को उपधारा (३) (क) ले प्रत्याभूत गरेको अभिव्यक्तिको स्वतन्त्रताको महत्त्वलाई समेत मध्यनजर राखी राष्ट्र विप्लवको यथार्थ स्थितिसमेतलाई दृष्टिगत गर्दा यी प्रतिवादीलाई आरोपित कसुरमा थुनामा राख्नु पर्नेसम्मको अवस्था विद्यमान नदेखिएको हुँदा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादीबाट विशेष अदालत ऐन, २०५९ को दफा ७(घ) बमोजिम रू.५०,०००।- धरौटी माग गरिएको छ । सो बराबरको नगद धरौट वा जेथा जमानत दिए लिई तारेखमा राख्नु र सो दिन नसके अ.बं. १२१ नं. बमोजिम थुनुवा पुर्जी दिई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भनी विशेष अदालतबाट मिति २०७०।६।२८ मा भएको आदेश । प्रतिवादी डा. सि.के. राउत भन्ने चन्द्रकान्त रातउसँग विशेष अदालतले रू.५०,०००।– धरौट माग भएकोमा सो धरौट निजले र.नं.२५०१ मिति २०७१।८।८ मा बुझाई तारेखमा बसेको ।

अनुसन्धानको क्रममा गरिएको कागजको व्यहोरा मैले भनेबमोजिम लेखिएको ठिक साँचो हो भन्नेसमेत व्यहोराको वादीका साक्षी एकराज बस्नेत, मोहमद गुड्डु, डिल्लीराम घिमिरे, राकेश देव, ढुण्डीराज न्यौपाने, शान्ताराम कार्की र प्रतिवेदक राजेश दत्तसमेतको बकपत्र मिसिल सामेल रहेको । सन्थाल जातिको छाता मेलामा यी प्रतिवादी प्रमुख अतिथिको रूपमा गएको र सन्थाल जातिको बारेमा भाषण गरेका थिए । नेपाल टुक्राउने, भाषण गरेका थिएनन् भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षीहरू देवेन्द्रप्रसाद वैश्य, चन्दनकुमार सिंह, सत्यनारायण खंग, डा.परमेश्वर मुरभुसमेतको बकपत्र मिसिल सामेल रहेको ।

प्रतिवादीबाट बरामद भएको भनिएका सामानहरूमा घोषण पत्र, केही पुस्तक, क्यामेरा, मेमोरी कार्ड र कार्ड रिडर जस्ता विद्युतीय सामग्रीहरू रहेको देखिन्छ । उक्त पुस्तक र घोषणपत्रमा उल्लिखित कुराका सम्बन्धमा प्रतिवादीले अदालतमा बयान गर्दा स्वतन्त्र मधेश गठनबन्धक AIM एउटा अनौपचारिक समुह हो । जसले मधेशको हक अधिकारको विषयमा कुरा उठाउँछ । राष्ट्रिय गान र झण्डा कुनै प्रदेश क्षेत्रको पनि हुन सक्छ । राष्ट्र टुक्राउने कुरा होइन राष्ट्रिय सम्वृद्धिको कुरा हो । छुट्टै राज्य स्थापनाको कुरा होइन । जनताको शासनको कुरा हो भनी आरोपित कसुरमा इन्कारी बयान गरेको देखिन्छ । प्रतिवादीले यस ठाउँमा यस प्रकारको अशान्त, अव्यवस्था उत्पन्न गराएको तथ्य मिसिल संलग्न रहेको नदेखिदा सी.के राउत भन्ने चन्द्रकान्त राउतले आरोपित कसुर गरेको तथ्य पुष्टि भएको देखिएन । प्रतिवादी सी.के राउत भन्ने चन्द्रकान्त राउतले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ भन्ने विशेष अदालत, काठमाडौंको मिति २०७२।१।१० को फैसला ।

विशेष अदालत, काठमाडौंको उक्त फैसलामा चित्त बुझेन प्रतिवादीले मोरङको कर्सियामा २०७१।५।२८ मा सर्वसाधारण नागरिक भेलाजम्मा गराई नेपालको सार्वभौमसत्ता, अखण्डता र एकतामा प्रत्यक्ष प्रभाव पार्ने गरी भाषण गरेको आरोपमा पक्राउ परेका हुन् । निजबाट बरामद भएका सामग्रीहरूबाट नेपाल राज्यलाई विखण्डन गरी तराईको भूभागलाई टुक्रयाएर मघेस राष्ट्र बनाउने उद्देश्यले झण्डा, राष्ट्रिय गान छुट्टै बनाउने उल्लेख गरेका छन् । प्रतिवादीबाट बरामद भएको किताबमा “मधेश सार्वभौम सम्पन्न देश घोषणा हो जाय” जस्ता कुराहरू लेखिएका

छन् । प्रतिवादीले अदालतमा आरोपित कसुर अपराधमा इन्कारी बयान गरेको आधारमा मात्र प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिन मिल्दैन । प्रतिवादीले राज्य विरूद्धको अपराध गरेको मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि भएको अवस्थामा प्रतिवादीलाई अभियोग दाबीबाट सफाई दिने ठहर्‍याएको विशेष अदालतको त्रुटिपूर्ण फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन पत्र ।

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित महान्यायाधिवक्ताको कार्यालयका विद्वान् सहन्यायाधिवक्ता श्री गीताप्रसाद तिम्सिनाले प्रतिवादी डा.सि.के.राउत भन्ने चन्द्रकान्त राउतले मधेशलाई नेपालबाट टुक्रयाउने उद्देश्य लिई मधेशको छुट्टै झण्डा, छुट्टै राष्ट्रिय गान तयार गरी मधेशलाई संयुक्त राष्ट्र संघको सदस्य बनाउन लागि परेका छन् । मधेशलाई नेपालबाट टुक्रयाउनुपर्छ भनी अभिव्यक्ति दिई सोअनुरूपको लेख रचना र किताब छपाई नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल् पारी देशमा अव्यवस्था उत्पन्न गरेको मिसिल संलग्न प्रमाणहरूले पुष्टि गरिरहेको अवस्थामा प्रतिवादीलाई अभियोग दाबीबाट सफाई दिने ठहर्‍याएको विशेष अदालत, काठमाडौंको त्रुटिपूर्ण फैसला उल्टी गर्न प्रत्यर्थी झिकाई पाउँ भनी बहस गर्नुभयो । विद्बान् सहन्यायाधिवक्ताको उपर्युक्तबमोजिमको बहस सुनी विशेष अदालत, काठमाडौंको फैसला मिलेको छ, छैन, पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन सोसम्बन्धमा इन्साफ गर्नुपर्ने देखियो ।

२. इन्साफतर्फ विचार गर्दा, प्रतिवादीले मोरङको कर्सियामा मानिस जबरजस्ती जम्मा भेला गराई नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा प्रत्यक्ष आघात पार्ने गरी भाषण गरेको र मधेशलाई नेपालबाट टुक्राउने लेख, रचना, किताब प्रकाशित गरी मधेशको छुट्टै झण्डा, राष्ट्रिय गान बनाउने अभिव्यक्ति दिएका छन् । प्रतिवादीबाट बरामद भएका सामग्रीहरूबाट “मधेश सार्वभौम देश घोषणा हो जाय” भन्ने जस्ता कुराहरू उल्लेख भएको भेटिएबाट प्रतिवादीले देश टुक्रयाउने कार्य गरी राज्य विरूद्धको अपराध गरेको पुष्टि भएकाले प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेको देखियो ।

३. प्रतिवादीले नेपाल टुक्रयाई छुट्टै मधेश राज्य बनाउने उद्देश्यले अभिव्यक्ति दिने लेख, रचना र किताब लेखेर छपाई नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल् पुर्‍याई राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३(१) को कसुर अपराध गरेको हुँदा ऐ. ऐनको दफा ३(१) बमोजिम सजाय गरिपाउँ भन्ने प्रतिवादीउपरको अभियोग मागदाबी रहेको देखिन्छ । प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष नेपाल राष्ट्रबाट तराई भूभागलाई टुक्रयाएर छुट्टै मधेश राष्ट्रको स्थापना गर्ने गठबन्धनको नेतृत्व मैले गरेको छु भनी आरोपित कसुरमा साबित रहे तापनि अदालतमा बयान गर्दा “इजोत” नामक अभियानमार्फत कम्प्युटर र इन्टरनेट साक्षरता, महिला साक्षरता, स्वास्थ्यसम्बन्धी जनचेनतामूलक कार्य गर्दछु । AIM, (Alliance for independent Madhesh) एउटा अनौपचारिक समूह हो । यसले मधेशको आर्थिक, सामाजिक र राजनीतिक अधिकारको विषयमा कुरा उठाउँछ । राष्ट्रिय गान र झण्डा कुनै पनि प्रदेशको हुन सक्छ । मैले मधेश टुक्रयाउने कुरा गरेको भनी दाबी लिइएको ठाउँमा सन्थाल जातिले आयोजना गरेको कार्यक्रममा निजहरूको इतिहास र संस्कृतिका विषयमा आफ्नो विचार राखेको हुँ । कुनै कसैको सद्‍भाव बिथोलिने र सामाजिक सुरक्षामा खलल् पुर्‍याउने कार्य गरेको छैन । अनुसन्धान अधिकारीसमक्ष भएको बयानको स.ज. ८, ९, १३, १८, २९, ३१ र ३२ समेतका जवाफहरू मेरो इच्छाविरूद्ध मुद्दा चलाउने उद्देश्यले आत्मनिष्ठ भई लेखिएको हो भनी आरोपित अभियोग दाबीमा इन्कारी बयान गरेको देखिन्छ ।

४. प्रतिवादीले कसुर गरेको भनी दाबी लिइएको राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३ मा राष्ट्र विप्लव भन्ने उल्लेख भई दफा ३(१) मा “कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल् पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा निजलाई जन्मकैद हुनेछ” भन्ने कानूनी प्रावधान रहेको देखिन्छ । यस दफाको अध्ययनबाट कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल् पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेको प्रमाणित भएमा राष्ट्र विप्लवको कसुर अपराध गरेको ठहर हुने देखिन्छ ।

५. नेपाल अल्पसङ्ख्यक समुदायको बाहुल्यता भएको देश हो । सबै समुदायको आर्थिक शैक्षिक र सामाजिकलगायतका विविध विकासका कार्यक्रम लागू गरी प्रगति उन्मुख गराउनु राज्यको प्रमुख दायित्वभित्र नै पर्दछ । तथापि यस्ता समुदायका नागरिकमा आ-आफ्नो भाषा, संस्कृतिको ज्ञान, सीप आदिको विकास गर्न सोच राख्ने वा त्यस विषयमा वाक वा प्रकाशन गर्न पाउने अधिकार निहित रहन्छ । आफ्नो समुदायको विकास विषयमा समाजलाई चेतनशील बनाउन अभिव्यक्ति दिन पाउने हकलाई नि:सन्देह कसैले पनि इन्कार गर्न सक्दैन । अल्पसंख्यक समुदायले केही हदमा स्वायत्तता (Autonomy) प्राप्त गर्न पनि सक्छन् । तर, देशको कुनै एक क्षेत्र वा समुदायले पूर्ण स्वायत्तता (Absolute Autonomy) प्राप्त गर्न भने सक्दैन । यिनै विचारहरूबाट शक्ति पृथकीकरणको सिद्धान्तबाट स्वराजको दर्शन आएको हो । यसको प्रयोग क्षेत्रगत तवरबाट गा.वि.स. लाई राज्यको केही शक्ति प्रदान गरिएको पनि छ । भाषा संस्कृति आदिको समूहगत वा प्रादेशिक तवरबाट पनि केही स्वायत्तता प्रदान हुन सक्छ । जे जसरी राज्यशक्तिको विकेन्द्रीकरण गरे पनि सबै समूहगत नागरिकहरू देशको विकाशको मूल प्रवाहमा प्रवाहित भएको हुनुपर्छ । समूहगत विकासको बहानामा देश विकासको मूल धारबाट अलग भई देशको नीति र अखण्डतामा प्रहार गर्ने कार्य भने राष्ट्र विप्लवको अपराध हुन जान्छ । त्यस्तो कार्य गर्ने देशद्रोही हो । देश / राष्ट्र विप्लव जस्तो कार्य क्षम्य हुन सक्दैन । यो दण्डनीय नै हुन्छ ।

६. अब प्रतिवादी सी.के. राउतको काम कारवाहीबाट राष्ट्रिय विप्लवको कसुर हुन गएको छ, छैन भनी विचार गर्नुपर्ने देखिन आयो । निवेदकको काम कारवाहीमा सशस्त्रसहितको गतिविधि रहेको देखिँदैन । कुनै हतियार तथा विष्फोटक पदार्थहरू बरामद भएको अवस्था पनि देखिँदैन । तसर्थ निवेदकबाट भएको कार्यबाट विद्रोह (Insurgency) भएको भन्न मिल्ने अवस्था रहेन । हतियारको प्रयोग नभएपनि कुनै खास समुदायलाई अर्को समुदायप्रति घृणा उत्पन्न गराउनु, लडाइँ झगडा गर्न उक्साउनु आदि जस्ता कार्यले तत्काल हतियार नदेखाए पनि निकट भविष्यमा हुलदङ्गा गर्ने सम्भाव्यता रहने अवस्था भने हुन्छ । तर, प्रतिवादीको काम कारवाहीबाट त्यस्तो कुनै खास गम्भीर तवरको हुलदङ्गाको सम्भाव्यता रहेको देखिन पनि आएन ।

७. मिति २०७१।५।२८ को खानतलासी/बरामदी मुचुल्कामा मधेश गठबन्धन AIM को घोषणापत्र लेखिएको बुद्ध, महात्मा गान्धी र नेलसन मण्डेला जस्तो तस्बिर भएको किताब थान-१, वीर मधेश डा.सि.के. राउत लेखिएको किताब थान-१ मधेशका इतिहास डा.सि.के. राउत लेखिएको किताब थान-१, अङ्ग्रेजीमा मधेश तराई लेखिएको प्रोफाइल किताब थान-१, क्यामेरा, कार्ड रिडर, ६४ एम. बी. तथा १६ एम.बी. लेखिएको मेमोरी कार्ड थान-१ मोरङ जिल्लाको सोराभाग गा.वि.स. को कर्सियाबाट बरामद भएको देखिन्छ । उपर्युक्त बरामदी सामग्रीहरू हेर्दा घोषणापत्र, किताब, क्यामेरा, मेमोरी कार्ड, कार्ड रिडरजस्ता विद्युतीय वस्तुहरू रहेको देखियो । उक्त सामग्रीहरू जनसाधारणले प्रयोग गर्ने सामानहरू रहेको देखिन्छ । ती सामग्रीहरू देशको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल् पुर्‍याउने तथा विद्रोह गर्न प्रयोग हुने खालको देखिँदैन । प्रतिवादीलाई मिति २०७१।५।२८ मा मोरङ जिल्ला सोराभाग गा.वि.स. वडा नं. ३ मा जबरजस्ती मानिसहरू भेलाजम्मा गरी जनतामा डर त्रास फैलाई आतङ्कित बनाई सामाजिक सद्‍भाव भड्‍काउने र शान्ति सुरक्षामा खलल् पुर्‍याउने कार्य गरेको अवस्थामा पक्राउ गरिएको भन्ने प्र.ना.नि. राजेश दत्तको प्रतिवेदनबाट देखिन्छ । तर मोरङ जिल्ला सोराभाग गा.वि.स. वडा नं. ३ कर्सियाका बासिन्दाहरूले प्रतिवादी डा.सि.के. राउतले जबरजस्ती मानिस भेलाजम्मा गराई डर त्रास देखाएको, आतङ्कित बनाएको, सामाजिक सद्‍भाव भड्‍काएको र शान्ति सुरक्षामा खलल् पार्ने कार्य गरेको भनी कहीँ उजुर आपत्ति गरेको देखिँदैन । जिल्ला प्रहरी कार्यालय, मोरङमा कार्यरत प्र.ना.नि. राजेश दत्तको प्रतिवेदनमा प्रतिवादीले के कस्तो व्यवहार गरेर सर्वसाधारण जनतामा डर, त्रास देखाई आतङ्कित बनाएको हो? सामाजिक सद्‍भाव के कसरी भड्काएका हुन्? तथा शान्ति सुरक्षामा कसरी खलल् पुर्‍याएका थिए भनी उल्लेख गर्न सकेको देखिँदैन । सर्वसाधारण जनतामा डर, त्रास देखाई आतङ्कित बनाउने, सामाजिक सद्‍भाव भड्काउने तथा शान्ति सुरक्षामा खलल् पुर्‍याउने खालका गोली, बन्दुक, बारूद, बम तथा अन्य विष्फोटक पदार्थ प्रतिवादीबाट बरामद भएको देखिँदैन । प्रतिवादीले विशेष अदालतमा बयान गर्दा स.ज. २६ मा मोरङ जिल्लाको रंगेलीभन्दा केही पश्चिम आमतोला भन्ने ठाउँमा सन्थाल जातिको वार्षिक कार्यक्रममा सन्थाल जातिको इतिहास र संस्कृतिका बारेमा संक्षिप्त बोलेको आधारमा पक्राउ गरिएको भनी बयान गरेको देखिन्छ ।

८. स्वतन्त्र मधेश गठबन्धन (AIM) को घोषणापत्रमा स्वतन्त्र मधेशको छुट्टै राष्ट्रिय गान र झण्डा हुने गरी मधेशको सिमाङ्कन गरिने कुरा उल्लेख भएको देखिन्छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न नेपालको संविधान जारी भएको देखिन्छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२ मा स्वतन्त्रताको हकको व्यवस्था गरेको देखिन्छ । धारा १२ (१) मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ र मृत्यु दण्डको सजाय हुने गरी कुनै कानून बनाइने छैन भन्ने व्यवस्था गरिएको छ । त्यसैगरी धारा १२ (२) मा कानूनबमोजिम बाहेक कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण हुने छैन भन्ने उल्लेख भएको पाइन्छ । त्यसैगरी धारा १२(३) मा प्रत्येक नागरिकलाई देहायबमोजिमको स्वतन्त्रता हुनेछः-

  • (क) विचार र अभिव्यक्तिको स्वतन्त्रता
  • (ख) बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता
  • (ग) राजनीतिक दल खोल्ने स्वतन्त्रता
  • (घ) संघ र संस्था खोल्ने स्वतन्त्रता
  • (ङ) नेपालको कुनै पनि भागमा आवत जावत र बसोबास गर्ने स्वतन्त्रता
  • (च) कुनै पेसा, रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रता,

९. उपर्युक्त संवैधानिक प्रावधानका आधारमा प्रतिवादीलाई आफ्ना विचारहरू अभिव्यक्त गर्ने, विना हातहतियार भेला हुने राजनीतिक दल खोल्ने तथा संघ संगठन खोल्ने नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने समेतका स्वतन्त्रताको हक संविधानले नै प्रत्याभूत गरेको देखिन्छ । उपर्युक्त स्वतन्त्रताहरू निरपेक्ष नभई सापेक्षित स्वतन्त्रता हुन् । उक्त स्वतन्त्रताहरूलाई राज्यले उचित कानून बनाई सङ्कुचन र नियन्त्रण गर्न सक्दछ ।

१०. नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त देश हो । यी विविधताहरूका बिचको विभिन्न प्रकारका विभेदहरूको अन्त्य गरी आर्थिक समृद्धि वा समतामुलक समाजको निर्माण गर्न राज्यले सङ्कल्प लिएको देखिन्छ । यस्तो अवस्थामा प्रस्तुत मुद्दाका प्रतिवादी डा.सि.के. राउतलाई मिति २०७१।५।२८ गते मोरङको सोराभाग भन्ने ठाउँमा सन्थाल जातिको कार्यक्रममा आफ्ना विचार राखेर फर्कने क्रममा प्रहरीले पक्राउ गरेको मिसिलबाट देखियो । यसरी कुनै जाति विशेषको कार्यक्रममा विचार राखेकै आधारमा नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा आघात पार्ने कार्य भएको देखिँदैन । यतिकै आधारमा राज्य विरूद्धको अपराधमा अभियोग लगाई प्रतिवादीलाई कसुरदार ठहर गर्दा नागरिकको संविधान प्रदत्त सम्मानपूर्वक बाँच्न पाउने हक तथा विचार र अभिव्यक्तिको स्वतन्त्रतामाथि प्रत्यक्षरूपमा सङ्कुचन र नियन्त्रण गरेको मान्नु पर्दछ ।

११. प्रस्तुत मुद्दामा अनुसन्धानको क्रममा बुझिएका राकेश देव, डिल्लीराम घिमिरे,शान्तराम कार्की र ढुण्डीराज न्यौपानेले अदालतमा गरेको बकपत्रबाट प्रतिवादीले जबरजस्ती मानिसहरू भेलाजम्मा गराई डर त्रास देखाई आतङ्कित बनाएको तथा शान्ति सुरक्षामा खलल् पार्न कार्य गरेको भन्ने देखिँदैन । प्रतिवादीले यस ठाउँमा यस्तो बल प्रयोग गरी शान्ति अमनचयन भङ्ग गरी अशान्ति मच्चाएको वा हुलदङ्गा गरी शान्ति र व्यवस्थामा खलल् पुर्‍याई अव्यवस्था उत्पन्न गरेको भन्ने मिसिल संलग्न कागजातबाट देखिँदैन । साथै प्रतिवादीबाट कुनै हातहतियार, आपत्तिजनक तथा संवेदनशील विष्फोटक पदार्थ, प्रज्वलनशील तथा मधेशलाई नेपालबाट विखण्ड गर्ने खालका कुनै वस्तु बरामद भएको नदेखिँदा प्रतिवादीलाई अभियोग दाबीबमोजिम कसुरदार ठहर गर्न मिल्ने देखिएन ।

१२. अतः माथि उल्लिखित आधार र कारणसमेतबाट प्रतिवादी डा.सि.के.राउत भन्ने चन्द्रकान्त राउतलाई अभियोग दाबीबाट सफाई दिने ठहर्‍याएको विशेष अदालत, काठामाडौंको मिति २०७२।१।१० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीबाट लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू । उक्त रायमा सहमत छु । न्या. जगदीश शर्मा पौडेल, इजलास अधिकृत : प्रेमप्रसाद न्यौपाने, इति संवत् २०७२ साल माघ ३ गते रोज १ शुभम् ।

source: नेपाल कानून पत्रिकाको सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,212FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...