Tuesday, October 20, 2020

भारतीय प्रधानमन्त्री मोदी जन्ती भएर जनकपुर आउँदै

Author

Date

Category

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर २६ गते जनकपुर आउने भएका छन् ।  नेपाल भारत जोड्ने एकमात्र रेल जनयनगर–जनकपुर रेलको उद्घाटन गर्न प्रधानमन्त्री मोदी जनकपुर आउने भएका हुन् ।  पशुपतिको यात्रा सिध्राको व्यापार भनेझै प्रधानमन्त्री मोदी रेलको उद्घाटन गर्नुको साथै जनकपुरमा हुने विवाहपञ्चमीमा पनि सहभागी हुने गरी आउन लागेको भारतीय दूतावास स्रोतले जनाएको छ ।

भारतबाट उनी बराती (जन्ती) भएर आउने भएका छन् ।  विवाहपञ्चमीको दिन भारतबाट थुप्रै साधुहरु जन्तीको रुपमा विगतदेखि नै जनकपुर आउने गरेका छन् । यसपटक ती साधुहरुका साथमा प्रधानमन्त्री मोदी पनि आउने भएका छन् ।  दिल्लीदेखि जनकपुरसम्म आउँदा बाटोमा उनले नौ ठाउँमा सभा गर्ने तयारी रहेको भारतीय जनता पार्टीका एक नेताले बताए । उनले भने, ‘कहाँ–कहाँ सभा गर्ने त्यसको रुट र ठाउँ तय भएको छैन तर जनकपुरसम्म जानका लागि ठाउँ–ठाउँमा कार्यक्रम गर्दै जाने तयारी भइरहेको छ ।’

भारतमा सन् २०१९ मा हुने निर्वाचनलाई लक्षित गर्दै जनकपुरको विवाहपञ्चमीमा भाग लिन लाखौं भारतीय (जन्ती) का साथमा प्रधानमन्त्री मोदी सहभागी हुने र सोही क्रममा ठाउँ–ठाउँमा जन्तीसहित कार्यक्रम गर्ने तयारी भइरहेको श्रोतको भनाई छ ।  त्रेता यूगमा भारतको अयोध्याबाट राम आएर जनकपुरमा सितासँग विहे गरेका थिए । त्रेता यूगको सोही दिनलाई विवाहपञ्चमीको रुपमा मनाउने गरिन्छ ।  सोही प्राचिन पौराणिक विवाहको सम्झनास्वरूप भारतबाट जन्ती लिएर आउने र राम–सीताको प्रतिमामा प्राणप्रतिष्ठान गरेर विवाह गरी सीता विदा गर्ने चलन छ । यसरी भारतबाट आउने जन्तीहरूमा विशेषतः साधुहरू हुने गर्दछन् ।  यसपटक साधुको साथमा भारतीय प्रधानमन्त्री मोदी पनि आउने दूतावास स्रोतको दाबी छ ।

त्यसैपनि प्रदेश २ को सरकारले यसपटकको विवाहपञ्चमीलाई सार्कस्तरीय ढंगबाट मनाउने तयारी गरेको छ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले विवाहपञ्मीको अवसरमा जनकपुरमा सार्कस्तरीय रामलीलाको आयोजना गर्ने जानकारी दिएका छन् । उनले असोज १४ गते जनकपुरमा एक कार्यक्रम आयोजना गरि सो कुराको जानकारी दिएका हुन् ।  महोत्सवको बारेमा आयोजना गरिएको छलफलमा मन्त्री साहले विगतको भन्दा यसपटकको विवाहपञ्चमी विशेष रुपमा मनाइने जानकारी दिएका थिए ।  नेपाल र भारत जोड्ने एकमात्र रेलमार्ग जनकपुर–जयनगर रेल सेवा सञ्चालनको अन्तिम तयारी भइरहेको छ ।  त्यसको परिक्षण साउनमै भइसकेको छ । त्यसको अन्तिम तयारीको बारेमा जानकारी लिन नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी असोज १८ गते जनकपुर पुगेका थिए ।

भारतको विहार राज्य जयनगरबाट जनकपुर हुँदै कुर्थासम्मको ब्रोडगेज रेल चलाउने तयारी अन्तिम अवस्थामा पुगेको छ ।  सन् २०१४ मा थालिएको ५१ किलोमिटर लामो लिंक पहिलेभन्दा ठूलो (ब्रोडगेज) रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...