Wednesday, October 21, 2020

खुशीको खबर, कामदारलाई भिसा, टिकट खर्च दिने गरी मलेसिया र ओली सरकारबीच भयो यस्तो सहमति

Author

Date

Category

असोज, काठमाडौं । नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । मलेसिया भ्रमणमा रहेको नेपाली टोलीसँग भएको वार्तामा सरकारी उच्च अधिकारीहरुले नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति जनाएका छन् । नेपाली राजदूत कुमारराज खरेलले भने, ‘वार्ता उत्साहजनक रुपमा सफल भयो ।

कामदारको हकहित र सुरक्षाका विषयमा दुबै देशका चासो सम्बोधन भएका छन् ।’ राजदूत खरेलकाअनुसार दुबै पक्षले आन्तरिक प्रक्रिया पूरा गरेर छिट्टै श्रम सम्झौता गर्ने सहमति भएको छ ।आज शुक्रबार नेपाल र मलेसियाका सरकारी अधिकृतहरूबीच श्रम सम्झौताको टुंगो लगाउन निर्णायक वार्ता थियो । वार्तामा सहमति जुटेपछि उत्साह जुटेको छ । नेपाल–मलेसिया श्रम सम्बन्धको विगत १७ वर्षे इतिहासमा दुई देशका अधिकृतबीच श्रम सम्झौताको मस्यौदामाथि निर्णायक वार्ता यो पहिलोपटक हो । श्रम सम्झौताका लागि नेपाल र मलेसियाबीच यसअघि तीन पटक अदानप्रदान भइसकेको उक्त प्रस्तावित मस्यौदामाथि पुत्राजयास्थित मानव संसाधन मन्त्रालयमा छलफल भएको थियो । छलफलमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार महाशाखाका प्रमुख कृष्ण ज्ञवालीको नेतृत्वमा परराष्ट्र मन्त्रालयका दक्षिणपूर्वी एसिया महाशाखाका प्रमुख तापस अधिकारी, कानुन मन्त्रालयका सहसचिव फडिन्द्र गौतम, मलेसियास्थित कार्यवाहक नेपाली राजदूत कुमारराज खरेल, द्वितीय सचीवहरू क्रमशः विनोद मुखिया, महेश्वरमणि त्रिपाठी र श्रमसहचारी सानमाया रम्तेलसहितको प्रतिनिधि सहभागी थिए । उक्त प्रतिनिधिमण्डल र मलेसियाली मानव संसाधन मन्त्रालय एवं सम्बद्ध अधिकारीहरूबीच मस्यौदामाथि विस्तृत छलफल भएको जनाइएको छ ।

अधिकारीहरूका अनुसार हाल प्रस्तावित मस्यौदामा कामदारमाथि पारिएको आर्थिक भार हटाउन र कामदार मलेसिया आउँदा लाग्ने हवाई टिकट, भिसा शुल्क र स्वास्थ्य परीक्षणलगायत खर्च व्यहोर्न मलेसियाली पक्ष तयार छ । कार्यवाहक राजदूत खरेलका अनुसार नेपालले प्रस्ताव गरेकामध्ये २४ सै घण्टा बिमाको सुविधा र कामदार मलेसिया आउँदा म्यानपावर कम्पनीलाई तिर्नुपर्ने सेवा शुल्क रोजगारदाताले व्यहोर्नेलगायत कतिपय बुँदामा आज सहमति जुटेको हो । ‘कामदार मलेसिया आउँदा लाग्ने आर्थिक भार हटाउने सन्दर्भमा उहाँहरू (मलेसियाली पक्ष) सहमत हुनुभएको छ ।’ खरेलले भने, ‘२४ सै घण्टा बिमा, सेवा शुल्कलगायतका केही विषयमा सहमति बाँकी थियो ।

त्योपनि आज भएको छ । नेपालले यसअघि सन् २००९, २०१० र २०१३ मा पनि मलेसियालाई मस्यौदा प्रस्ताव पेस गरेको थियो । तर, ती प्रस्तावमाथि थप छलफल हुन नसक्दा श्रम सम्झौताको विषय अघि बढ्न सकेको थिएन । शुक्रबार भएको छलफलमा ती विषयहरूमाथि पनि टुंगो लागेको र श्रम सम्झौताका लागि मितिसमेत तय भएको जनाइएको छ । मलेसियामा हाल करिब ५ लाखभन्दा बढी संख्यामा नेपाली कामदार कार्यरत छन् । यहाँ नेपालमा म्यानपावर कम्पनीद्वारा थमाइने सम्झौता पत्रअनुसारको काम र तलब सुविधा नपाएपछि एक कम्पनीबाट अर्को कम्पनीमा भाग्ने, गैरकानुनी बस्ने, अंगभंग हुँदा समयमै स्वास्थ्य उपचार एवं बिमा नपाउने र कतिपय रोजगारदाताबाटै ठगिने जस्ता समस्याहरू छन् ।janaboli

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...