Tuesday, October 27, 2020

स्मार्टफोन तात्ने समस्या छ ? अपनाउनुस् ५ टिप्स

Author

Date

Category

स्मार्टफोन तात्ने समस्या छ ? अपनाउनुस् ५ टिप्स, तपार्इं हामीले प्रयोग गर्ने स्मार्टफोन कुनैपनि बेला तात्न सक्दछ । प्रयोग गर्दागर्दै स्मार्टफोन तातेको बेला के गर्नुहुन्छ ? फोन चलाउन छाडेर गोजीमा राख्ने, कानबाट हटाउने, गोजीबाट निकाल्ने आदि आदि ।

कहिलेकाहीँ नचलाउँदा नचलाउँदै पनि फोन तात्ने समस्या आउन सक्दछ ।आखिर फोन अनायासै तात्नुको कारण के हो ? वास्तवमा यसका विभिन्न कारण हुनसक्दछन् ।एउटा कारण हार्डवेयरको समस्या । हार्डवेयर, जसलाई स्मार्टफोनको मस्तिष्क पनि भनिन्छ ।फोनभित्रको हार्डवेयरको समस्याले मात्र होइन कहिलेकाहीँ विभिन्न बाहिरी कारणले पनि स्मार्टफोन तात्न सक्दछ ।

फोन तात्ने कारण र त्यसको उपचारका ५ टिप्स यस्ता छन्ः

१. आरामको आवश्यकता: स्मार्टफोन तातो हुनुका लागि सबैभन्दा महत्वपूर्ण कारण चाहीँ स्मार्टफोन धेरै प्रयोग गर्नु पनि हो । फोनलाई विभिन्न बाहिरी डिभाइसहरु जस्तै स्पिकर, वाइफाइ सिग्नल, बलुटुथ आदिसँग कनेक्ट गर्दा पनि फोनको कार्यमा बढोत्तरी हुनजाने र तात्ने हुन्छ । लामो समय फोनमा गेम खेल्दा वा कुनै एप चलाउँदा पनि फोन तात्दछ । लगातार तस्वीर तथा भिडियो खिच्ने कामले पनि फोन तात्दछ । यस्तोमा तपाइँको स्मार्टफोनलाई आरामको आवश्यकता हुन्छ । तपाइँ लामो समयदेखि फोन चलाइरहनु भएको छ भने केही बेर विश्राम दिनुहोस् । केहीबेर फोनको स्क्रिन अफ गरी राख्नुहोस् । फोन चलाउँदा पनि यसको ब्राइटनेस कम गर्नाले तातोपना केही कम हुन्छ ।

२. धेरै गर्मी वा ठण्डी मौसम: यसका लागि स्मार्टफोन होइन बाहिरी वातावरण जिम्मेवार हुन्छ । स्मार्टफोन स्मार्ट जरुर हुन्छ तर धेरै गर्मी र धेरै चिसो वातावरणका लागि यो बनेको हुँदैन । त्यसैले फोनलाई धेरै चिसो र धेरै तातोबाट बचाउनुहोस् । फोनलाई सिधै घाम पर्नेगरी नराख्नुहोस् । बढि आद्रता भएको ठाउँमा पनि फोन नराख्नुहोस् । फोन बढि नै तातेको छ भने पंखालको नजिक लगेर विस्तारै चिसो पार्नुपर्दछ । तर चिसो बनाइहाल्नका लागि फ्रिजमा राख्नु हुँदैन ।

३. फोनमा भाइरस: फोनमा भाइरस आक्रमण हुँदा वा भाइरसजन्य एप इन्स्टल हुँदा पनि फोन तात्ने समस्या सिर्जना हुनछ । त्यसैले अपरिचित वा शंकास्पद श्रोतका एप डाउनलोड नगर्नुहोस् । फोनको सेटिंग्समा गएर अननोन सोर्सेजबाट आउने खालका एप डाउनलोड हुने अप्सन नै बन्द गर्न सक्नुहुन्छ । यदि फोनमा कुनै भाइरस छिरिसकेको छ भने फोनलाई फम्र्याट गरिहाल्नुस्।

४. फोनको कभर: स्मार्टफोनको सुरक्षाका लागि फोनमा बाहिरी खोल राखिन्छ । तर फोनलाई सुरक्षित राख्न भने अपनाइएको त्यहीँ उपाय कहिलेकाहीँ समस्याको कारक बन्दछ र फोन तात्ने समस्या उत्पन्न हुन्छ । त्यसैले फोन धेरै तातेको बेला त्यसको बाहिरी खोल निकालेर केहीबेर राख्नुहोस् । खोलभित्र राखेर चार्ज गर्ने र धेरैबेर चलाउने नगर्दा नै राम्रो हुन्छ ।

५. ब्याट्रीको निगरानी: लिथियम ब्याट्री निकै कमजोर हुन्छ । ब्याट्रीको समस्यका कारण पनि कहिलेकाहीँ स्मार्टफोन तात्ने कारण बन्दछ । कतिपय घटनामा त ब्याट्रीको समस्याले फोन नै पड्किएको र आगाले लागेको पनि सुनिएको छ । त्यसैले ब्याट्रीको सुरक्षामा ध्यान दिनुपर्दछ । ब्याट्रीलाई आवश्यकता भन्दा धेरै चार्ज नगर्नुहोस् । फूल चार्ज भन्दा हरेक पटक ८०–९० प्रतिशत चार्ज गर्दा राम्रो हुन्छ । त्यस्तै सक्कली चार्जरको प्रयोग गर्ने र ब्याट्री बिग्रिएर फेर्नुपर्दा सम्बन्धित ब्राण्डको सक्कली ब्याट्री नै हाल्नुपर्दछ ।

बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...