Tuesday, October 20, 2020

एसिया कप छनोट खेल्ने नेपालको तयारी तीव्र, थप अभ्यासका लागि श्रीलंका जाँदै

Author

Date

Category

आगामी भदौ १३ देखि मलेसियामा हुने एसिया कप छनोटका लागि नेपालले तयारी तीव्र पारेको छ।

नेदरल्याण्ड्स भ्रमणबाट फर्किएको नेपाली क्रिकेट टिमले एसिया कप छनोटको तयारीमा तीव्र पारेको हो।

नेपाली टिमका लागि एसिया कपको तयारी समयका हिसाबले छोटो भएपछि पछिल्लो केही महिनादेखि नियमित क्रिकेट खेलिरहेकाले पर्याप्त पनि देखिएको छ। तर नेपाललाई मलेसियाको तगारो पन्छाउन त्यति सजिलो भने छैन ।

घरेलु टोली मलेसियासहित ओमान, सिंगापुर तथा एक दिवसीय मान्यता पाएका युएई र हङकङले यो प्रतियोगिता खेल्दैछन्।

यसैको थप तयारीका लागि नेपाल श्रीलंका जाने भएको छ। नेपाली टोली आगामी सोमवार श्रीलंका प्रस्थान गर्दैछ। श्रीलंकामा एक साता रहँदा नेपालले त्यहाँको क्लबसँग तीन अभ्यास खेल खेल्ने तालिका छ।

नेपालले अगष्ट २२ मा पानागोडामा आर्मी क्रिकेट टिमसँग खेल्नेछ। यस्तै अगष्ट २४ मा ब्लुमफिल्डसँग उसैको मैदानमा खेल्नेछ भने अगष्ट २६ मा कोल्टसँग अन्तिम अभ्यास खेल खेल्नेछ।

नेपाली क्रिकेट टोली तीन अभ्यास खेलपछि श्रीलंकाबाटै अगष्ट २७ मा मलेसिया प्रस्थान गर्नेछ।

एसिया कप छनोटका लागि नेपालले अन्तिम १५ खेलाडीको छनोट समेत गरिसकेको छ।

नेपाली टोली

  • पारस खड्का- कप्तान
  • ज्ञानेन्द्र मल्ल- उपकप्तान
  • बसन्त रेग्मी
  • अनिल कुमार साह
  • बिनोद भण्डारी
  • दिपेन्द्र सिंह ऐरी
  • करण केसी
  • ललित भण्डारी
  • ललित नारायण राजवंशी
  • आरिफ शेख
  • रोहित कुमार पौडेल
  • सागर पुन
  • सन्दीप लामिछाने
  • सोमपाल कामी
  • सुवास खकुरेल

वैकल्पिक खेलाडी

  • प्रदीप ऐरी
  • किशोर महतो
  • सुनील धमला
  • सुसन भारी

नेपाली टोलीमा विनोद भण्डारी र सागर पुनले पुनरागमन गरेका हुन्। नेदरल्याण्ड र लर्ड्स भ्रमणमा नपरेका उनीहरूले बन्द प्रशिक्षणमा उत्कृष्ट गरेपछि मलेसिया भ्रमणका लागि छानिएका हुन्।

एसिया कपको छनोटमा नेपालले आयोजक मलेसियासहित युएई, हङकङ, सिंगापुर र ओमानसँग प्रतिश्पर्धा गर्नेछ।

छनोटको पहिलो खेलमा नेपालले ओमानसँग भदौ १३, युएइसँग भदौ १४, आयोजक मलेसियासँग भदौ १६, सिंगापुरसँग भदौं १७ र हङकङसँग भदौं १९ गते खेल्नेछ।

प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् भने उक्त प्रतियोगिता विजेताले सेप्टेम्बरमा युएइमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछन्।

एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ।

छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए भारत र पाकिस्तानसँग समूह चरणको खेल खेल्नुपर्नेछ।

श्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...