Friday, October 2, 2020

नेपाली कलाक्षेत्र चर्चित ७ बालकलाकार : कसैको विश्वकिर्तिमान, कोही युट्युबमा भाइरल

Author

Date

Category

नेपाली कला क्षेत्र ननेपालमा हिरो, हिरोइन, मोडल, गायकगायिका सधैँ चर्चामा रहन्छन् । यिनका व्यस्तता, बेलाबोलमा बाहिर आउने प्रेमसम्बन्ध र काम समेत चर्चाको बिषय बन्ने गर्दछ । यिनका तुलनामा बालकलाकारको भने जति राम्रो काम गरेपनि, जुनै किर्तिमान कायम गरेपनि चर्चा भने भएको पाइँदैन । विश्वकिर्तिमान बनाउने देखि युट्युबमा भाइरल हुने ७ बालकलाकार आजको चर्चाको बिषय हो ।

सौगात बिष्ट
सौगात अहिलेसम्मकै विश्वका कान्छा निर्देशक हुन् । उनले करिब २ वर्ष अगाडि ‘लभ यू बाबा’ चलचित्र निर्देशक गरेर वल्र्ड रेकर्ड बनाएका थिए । उनले ८ वर्षको उमेर यो चलचित्र निर्देशन गरेका थिए । पहिलो चलचित्रबाट ‘गिनिज वल्र्ड रेकर्ड’ राख्न सफल उनलाई यो सफलताका कारण देशका सानादेखि प्रतिष्ठित संघ संस्थासम्मले सम्मान दिएका छन् । उनी निर्देशित ‘लभ यु बाबा’ले व्यावसायिक रेकर्ड बनाउन नसकेपनि दर्शक तथा समिक्षक रुझाउन भने सफल भएको थियो । बाबु छोरी बीचको प्रेम देखाउन खोजेको यो चलचित्र पछि सौगातले ‘हैरान’ बनाए । केही पहिले प्रदर्शनमा आएको ‘हैरान’मा सामायिक बिवाय उठाइएको थियो । यसले लगानी सुरक्षित गरेको निर्माण युनिटको भनाई रहेको छ । अहिले ११ वर्ष पुगेका सौगात ६ कक्षा अध्यायनरत छन् ।

अनुभव रेग्मी
‘नाई न भन्नु ल २’ अभिनयबाट दर्शकको नोटिसमा परेका अनुभव रेग्मी नेपालकै सबैभन्दा चर्चित बालकलाकार हुन् । उनी अहिले हिरो समेत भएका छन् । ‘नाई न भन्नु ल’को पाँचौ सिक्वेलमा आएर उनी हिरोको रुपमा देखिन लागेका हुन् । चलचित्र ८ भदौबाट प्रदर्शनमा आउँदैछ । अनुभवले ‘नाई न भन्नु ल’को तेस्रो र चौथो सिक्ेलमा पनि काम गरेका थिए । चलचित्र ‘भिसा गर्ल’बाट अभिनय यात्रा प्रारम्भ गरेका अनुभवको क्रेज कुनै स्टारभन्दा कम छैन । उनको अभिनयको प्रशंसा के बालक, के बृद्धा, के युवा सबैले गर्ने गरेका छन् । ‘ए मेरो हजुर २’, ‘रिदम’, ‘काली’, र ‘लुटेरा’ मा पनि उनको अभिनय रहेको थियो । २०६४ सालमा जन्मिएका उनी अहिले ११ बर्षका पुगे ।

एन्जल राई

एन्जल चलचित्र क्षेत्रमा सानी परी भनेर चिनिने गर्दछिन् । केही पहिले प्रदर्शनमा आएको चलचित्र ‘हैरान’मा सडक बालिका ‘प्रियासा’को भूमिका निर्वाह गरेकी उनले यो भूमिकाबाट दर्शक तथा समिक्षक दुबैको ताली र तारिफ बटुलेकी थिइन् । भर्खर १० बर्षमा टेकेकी एन्जलले ९ चलचित्र, केही डकुमेन्ट्री र म्युजिक भिडियो समेत अभिनय गरिसकेकी छन् । ‘हैरान’ अगाडि उनको ‘जोनी जेन्टलम्यान’ आएको थियो । ‘फेरि फेरि’लगायत केही चलचित्र प्रदर्शनमा आउँन बाँकी छन् । चर्चित अभिनेता अनमोल केसीको ‘क्याप्टेन’ र अर्काे ‘यात्रा’ ः अ म्युजिकल ब्लग’ उनले भर्खर अभिनय सकाएको चलचित्र हो । ६ वर्षकको उमेरमा ‘ड्याडी आई लभ यू’ गीतको भिडियो मोडलिङ गरेर अभिनय थालेकी उनीसँग दुई हलिउड चलचित्र अभिनय अनुभव पनि छ । अभिनय र मोडलिङमा रुचि भएकी उनको भविष्यमा सफल हिरोइन बन्ने लक्ष्य छ । उनी अहिले ५ कक्षामा अध्ययनरत छिन् ।

कुशाग्र भट्टराई

तीन वर्षकै उमेरमा पशुपति बिस्कुटको टिभिसीमा मोडलिङ गर्दै अभिनय क्षेत्रमा उत्रिएका कुशाग्र भट्टराई अहिले ९ बर्ष पुगेका छन् । कलाकारिताको ६ बर्षको अवधिमा उनले दर्जनौं टेलिभिजन तथा पेपर एडमा समेत मोडलिङ गरिसकेका छन् । आधा दर्जनबढि म्युजिक भिडियोमा अभिनय गरिसकेका उनले गोपालचन्द्र लामिछाने छोटो चलचित्र ‘ओह माइ म्यान’ बाट चलचित्र डेब्यु गरेका हुन् । उक्त चलचित्रमा उत्कृष्ट अभिनय गरेपछि निर्देशक लामिछानेले उनलाई आफ्नै निर्देशनमा बनेको चलचित्र ‘लम्फू’ मा अनुबन्ध गरेका थिए । यसको अलवा उनले निखिल उप्रेतीको ‘पि“जडा ब्याक अगेन’मा पनि काम गरेका थिए । वर्ष २०७४ मा प्रदर्शन भएको यो चलचित्रबाट उनले डि सिने एवार्ड–२०७५ समेत थापे । गत बैशाखमा प्दर्शनमा आएको ‘कोहलपुर एक्सप्रेस’मा समेत देखिएका उनील केकी अधिकारी, बुद्धि तामाङ, प्रियंका कार्की, बिनोद न्यौपानेसग समेत स्क्रिन शेयर गरिसकेका छन् । शान्तिनगर स्थित बेबिलोन नेशनल स्कूलमा कक्ष्ाँ ४ मा अध्ययनरत कुशाग्रले झण्डै एक दर्जन जति ¥याम्प फेसन शोमा समेत क्याटवाक गरेका छन् । चलचित्रको छायाँकनको क्रममा नेपालगञ्ज, कोहलपुर, पर्वत, पाल्पा, बुटबल लगायत क्षेत्रको भ्रमण गरिसकेका कुशाग्रलाई यतिबेला झण्डै आधा दर्जन चलचित्रबाट अभिनयका लागि प्रस्ताव आएको परिवारले जनाएका छन् । दसैंअघि नै छायाँंकन हुने केही चलचित्रमा आफ्नो भूमिका प्रभावकारी रहेको भट्टराईको भनाइ छ । कोटेश्वर, काठमाडौं निवासी कुशाग्र पत्रकार कृष्ण भट्टराईका छोरा हुन् ।

आयुव सेन

आयुव यसै बर्षबाट अभिनयमा देखिएका बालक हुन् । उनले अभिनय गरेको चलचित्र ‘मेरी मामु’ १५ भदौबाट प्रदर्शनमा आउँदैछ । तर उनी अहिले नै दर्शकको नोटिसमा पर्न सफल भएका छन् । केही पहिले उनी अभिनित ‘मेरी मामु’को एक गीत सार्वजनिक भएको थियो । उक्त गीतमा उनले गरेको अभिनयको धेरैले खुलेरै तारिफ गरेका छन् । ६ वर्षीया बालक आयूब यो ‘मेरी मामु’ चलचित्रको मुख्य हिरो नै हुन् । ‘आमा र छोरा बिचको प्रेमकथामा’ चलचित्र बनेको छ । अनामनगरस्थित मण्डला थिएटरमा केही महिनाको प्रशिक्षण सहित अभिनयमा होमिएका आयुब ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘प्रेम गीत २’ निर्माता सन्तोस सेनका छोरा हुन् । सन्तोशले आसुसेन फिल्मस्को ब्यानरमा उनलाई डेब्यु गराएका हुन् ।

अशोक दर्जी

झापाको सडकमा गीत गाउँदै हिड्दाको एक भिडियो युट्युवमा आएपछि भाइरल भएका अशोक दर्जी नेपाली कलाक्षेत्रको पछिल्लो समयका सबैभन्दा बढी हिट बालकलाकार हुन् । उनको चर्चा अहिले देश तथा बिदेशमा हुने गरेको छ । फेसवुक, ट्वीटर र युट्युवहरुमा भाइरल बन्न सफल उनले हालै ‘मन बिनाको धन ठूलो, कि धन बिनाको मन’बोलको गीत गाए । उनको यो गीत पनि देश तथा बिदेशमा मन पराइएको छ । युट्यवमा भाइरल भएपछि संगीतकार टंक बुढाथोकीले उनलाई काठमाडौँ ल्याएका थिए । छोटो समयमै थुपै स्वदेशी र केही बिदेशी कार्यक्रम अफर पाएका दर्जीको चर्चासँगै जीवनमा पनि परिवर्तन आएके छ । राम्रोसँग दैनिक हातमुख जोर्न आमाबुबाबाट असम्भव भएपछि गीत गाउँदै बटुवाले दिने रकम संकल गर्दै हिडेका असोकको नाममा उनको घर बनाउनेदेखि अध्यायन गराउने सम्म अभिनयान अहिले चलेका छन् ।

प्रेम परियार

करिब ७ बर्ष अगाडि कलाकार शिशिर राणा काठमाडौँबाट पोखरा जाँदै थिए । मलेखुस्थित एउटा होटलमा खाजा खान ओर्लदा सानो बालकले सुमधुर स्वरमा गीत गाएको देखेर प्रभावित बने । दोस्रोपटक शिशिरले संगीतकार महेश खड्कालाई उनको घरसम्मै लिएर पुगे । त्यहाँ ती बालकको स्वरलाई अनौपचारिक जाँच गराए । संगीतकार महेश खड्का पनि प्रभावित बने । अन्ततः ती बालकलाई रेडियो नेपालको सिंहदरबारस्थित स्टुडियोसम्म ल्याइयो र गीत गाउन लगाइयो । प्रेम परियार तिनै बालक थिए । जो यो समय सर्वाधिक चर्चामा रहन पुगे । सडकमा दैनिक ओहोर–दोहोर गर्ने सयौँ यात्रुहरुलाई गीत सुनाउने उनले चलचित्र ‘नभन्नु ल २’मा ‘यी आँखामा तिमी छ्यौ’, ‘मान्छे नमर्ने शहर हुँदैन’ गाए । जुन गीत सर्वाधिक हिट भयो । गीतकै कारण चलचित्रले समेत ब्यवसाय गर्यो । ‘नाइ नभन्नु ल–२’ मा शीर्ष गीत गाएर तहल्का मच्चाएका प्रेमले हङकङ, कोरिया, कतार र अष्ट्रेलिया लगायत थुप्रै देश चारिसकेका छन् । सुरिलो आवाजले मन्त्रमुग्ध पार्ने उनले अहिलेसम्म करिब दुई दर्जन बढि गीत गाइसकेका छन् । एकाएक राष्ट्रियस्तरमा चिनिएका प्रेम सो समय वयष्क गायकका लागि पनि चुनौतीका पात्र समेत बनेका थिए । प्रेम अहिले भने गुमनाम छन् ।

श्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,212FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...