Thursday, October 29, 2020

डा. केसीको अनसनबारे के भन्छन् प्रदेश नम्बर ५ का सरोकारवाला ?

Author

Date

Category

बुटवल–डा. गोविन्द केसीले जुम्लामा आन्दोलन थालेको १७ दिन पुग्दा पाँच नम्बर प्रदेशका सरोकारवाला विभाजित बनेका छन् ।

बुटवलमा दैनिक जसो युवाहरु गोविन्द केसीका मागहरुले पुरा हुनुपर्ने भन्दै प्रर्दशन जारी राखेका छन् । कपिलबस्तुमा पनि हिजो साँझ केसीको पक्षमा प्रर्दशन भएको थियो । प्रायः नगारिक समाजका नाममा पाँच नम्बर प्रदेशमा शान्तिपूर्ण रुपमा प्रर्दशन भएका छन् ।

तर पाँच प्रदेशमा मेडिकल संचालन गरेका संचालनहरु भने उनले आन्दोदन गरेकै आधारमा सरकारले हतारमा सम्झौता गर्न नुहर्ने पक्षमा छन् ।

प्रदेश नम्वर पाँचका सामाजिक विकास मन्त्री सुर्दशन वरालले शिक्षा तथा स्वस्थ्य जस्ता अति संवेदनशी क्षेत्रलाई असर पार्ने गरी बन्द हड्ताल गर्नु उचित नभएको बताए ।

मन्त्री वरालले जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको बताए । उनले कुनै पनि समस्यको समाधान संवादबाटमात्र सम्भव भएको भन्दै राज्यले तदारुकता देखाउनुपर्नेमा जोड दिए।

उनले माथेमा आयोगको प्रतिवेदन प्रति संघीय सरकारलाई स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गर्दे काठमान्डौमा मात्र मेडिकल कलेज संचालनमा ल्याएमा प्रदेशहरुमा संस्थापना गरिने मेडिकल कलेजहरुमा दक्ष जनशत्तिको कमि हुने तर्फ सचेत हुनुपर्ने बताए ।

लुम्विनी मेडिकल कलेज पाल्पाका अध्यक्ष गोपाल बहादुर पोख्रेलले डाक्टर गोविन्द के.सीका कतिपय मागहरु जीवन निर्वाहको सिद्धन्त विपरित भएको दावी गरे ।

नेपाल चिकित्सक संघ लुम्विनीका अध्यक्ष प्राध्यापक डाक्टर नन्दा गुरुङ्गले गोविन्द केसीले गरेको १५ औं पटकको अनसनबाट सम्पूर्ण समस्याको दीगो समाधान गरी अनसनलाई सदाका लागि अन्तिम बनाउनुपर्नेमा राज्यले त्यस तर्फ ध्यान दिन नसकेको बताइन् ।

देवदह मेडिकल कलेजका रुपन्देही अध्यक्ष रजनिस जिन्दलले डाक्टर केसीको माग जे जसो भए पनि उनको जिवन रक्षा महत्वपूर्ण पक्ष भएको भन्दै त्यस तर्फ सरकार संवेदनशील हुनुपर्ने बताए ।

अफिन लम्विनी उपाध्यक्ष युवा अभियन्ता मुत्तराज पौडेलले जनताका माग प्रति सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाए ।

श्रोत 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...