Sunday, October 25, 2020

ब्राजिलियन खेलाडि नेइमारको ‘नौटङ्की’ माथि दुनियाँ हैरान

Author

Date

Category

बीबीसी

‘नेइमारले ब्राजिललाई खुसी बनाए तर पूरा संसारलाई क्रोधित’

ब्राजिलको पत्रिका ग्लोबोमा प्रकाशित एक लेखको हेडलाइन हो यो । र यो ती खेलाडी बारे लेखिएको हो जो एउटै म्याचमा उत्कृष्ट फुटबल प्रतिभा र बेकारको अभिनयको नमूना एकसाथ पेश गर्न सक्छन् ।अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोपछि अब नेइमार फुटबल विश्वकपमा सबैभन्दा ठूलो स्टार बाँकी छन् । उनी संसारका सबैभन्दा महँगा खेलाडीसमेत हुन् ।

ब्राजिलियन खेलाडि  नेइमारको  ‘नौटङ्की’ माथि दुनियाँ हैरान
ब्राजिलियन खेलाडि नेइमारको ‘नौटङ्की’ माथि दुनियाँ हैरान

सोमबार राउन्ड १६ मा मेक्सीको विरुद्धको खेलमा पनि नेइमारले आफ्नो जादु बिछ्याए । ब्राजिलको तर्फबाट दागेको दुई गोलमध्ये एक गोल उनैले हाने र अर्को हान्नमा महत्वपूर्ण भूमिका निभाए ।

ब्राजिलियन खेलाडि  नेइमारको  ‘नौटङ्की’ माथि दुनियाँ हैरान
ब्राजिलियन खेलाडि नेइमारको ‘नौटङ्की’ माथि दुनियाँ हैरान

तर मैदानमा गोल गर्नुका साथै उनी दोस्रो कारणले पनि चर्चामा रहे ।जब कुनै प्रतिद्वन्द्वी खेलाडीसँग उनको भिडन्त हुन्छ तब उनी यस्तो चोट लागेको ‘नाटक’ गर्छन् जुन हेर्दा लाग्छ कि कुनै ठूलै घटना भएको छ । उनीमाथि यस्तै आरोप लाग्ने गरेको छ ।

नेइमारमाथि के भन्छन् ?

यसकारण तटस्थ समर्थकका बीच उनको खेलको चर्चा हुने गर्दछ तर उनको यो बानीको निकै आलोचना हुने गर्छ ।

ब्राजिलविरुद्ध मेक्सीकोको म्याचमा पनि यस्तै भयो । खेल समाप्त हुन २० मिनेट बाँकी हुँदा नेइमारका कारण खेल रोक्न पर्यो ।मेक्सीकोका खेलाडी मिगुअल लायुनको खुट्टा नेइमारको खुट्टासँग ठोक्किँदा नेइमार यसरी चिच्याउन थाले कि हेर्दा यस्तो लाग्थ्यो कि उनलाई असहनीय पीडा भइरहेको छ ।

बचाउमा के भने ?

उनको यस्तो व्यवहारपछि ब्राजिलको समूह, मेक्सीकोका खेलाडी, रेफ्री, फोर्थ अफिसियल सबै त्यहाँ उपस्थित भए र तनावको स्थिती निम्तिने खतरा पैदा भयो ।खेलपछि लायुनसँग जोडिएको प्रश्न नेइमारतर्फ तेर्साइँदा उनका म्यानेजर टाइटेले भने, ‘उनी नेइमारमाथि चढेका थिए । मैले स्क्रिनमा देखेको

त्यसपछि नेइमारले भने, ‘हेर्नुहोस्, मलाई तल्लो स्तरको देखाउनका लागि यस्तो गरिएको हो भन्ने मलाई लाग्छ ।’त्यसपछि नेइमारले भने, ‘हेर्नुहोस्, मलाई तल्लो स्तरको देखाउनका लागि यस्तो गरिएको हो भन्ने मलाई लाग्छ ।’

न्य खेलाडी के भन्छन् ?

‘म आलोचना वा तारिफ दुबैमा त्यति ध्यान दिन्नँ किनभने यसले व्यक्तित्वमाथि असर पुर्याउँछ । पछिल्ला दुई खेलमा मैले प्रेससँग कुराकानी गरिनँ किनभने म चाहन्नथें ।’

‘मेरो काम भनेको खेल्नु हो र आफ्नो टीमलाई मद्दत गर्नु हो,’ नेइमारले भने ।एस्टर विलाका पूर्व स्ट्राइकर डियोन डबलिनले भने, ‘मलाई नेइमारका लागि लाज लागिरहेको छ ।

संसारका महान खेलाडीः

उनी संसारका महान खेलाडीमध्येका एक हुन् तर जब उनी मैदानमा यसरी रोल हुन्छन् तब केही बुझ्नै सकिन्नँ । अचम्म छ यार, तिमी योभन्दा राम्रो गर्न सक्छौ, फुटबल खेल न…’सकारात्मक होस् वा नकारात्मक, नेइमारका लागि प्रतिक्रिया अत्यधिक आउने गर्छ । उनको इन्स्टाग्राममा करिब १० करोड फलोअर्स छन् र उनले पोष्ट गरेको १५ मिनेटभित्र १० लाख लाइक बर्सिने गर्छन् ।तर ट्वीटरमा अर्को एक तस्बिर सेयर गरिँदै छ जसमा उनी स्विटजरल्याण्डविरुद्धको खेलमा रोल भइरहेको देख्न सकिन्छ ।

तपाईंलाई कति पीडा छ ?र यो तस्बिर, त्यसमा आधारित मिम, भिडियो र जिफ सोसल मिडियामा भाइरल भए । एउटा पोष्टमा विभिन्न तरिकाले कराइरहेका नेइमारका आठ तस्बिर छन् र सोधिएको छ, ‘तपाईंलाई कति पीडा भइरहेको छ ?’

श्रोत 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...