Sunday, October 25, 2020

एकै खेलमा क्रिस्टियानो रोनाल्डोको किर्तिमान

Author

Date

Category

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको अगाडि रेकर्डहरु टिक्दैनन् । यो कुरा फेरि एक पटक पुष्टि भएको छ ।शुक्रबार राती स्पेनविरुद्धको खेलमा रोनाल्डोले एक साथ कयौँ रेकर्ड कायम गरेका छन् ।क्लबस्तरमा रियल म्याड्रिडबाट एकपछि अर्को किर्तिमान भंग गरिरहेका रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा पनि नयाँ किर्तिमान राख्न सफल भएका हुन् ।

खेलको तेस्रो मिनेटमा नै क्रिस्टियानो रोनाल्डोलाई क्लबका समकक्षी नाचोले लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । जसलाई रोनाल्डोले स्पेनका गोलकिपर डेभिड डि गेयालाई छलाउँदै गोलमा परिणत गरे ।यो गोल सन् १९६६ पछि विश्वकपमा भएको सबैभन्दा चाँडो गोल थियो । होजे अगस्तोले हंगेरीविरुद्ध १ मिनेट ३५ सेकेण्ड जाँदा गोल गरेका थिए ।

त्यस्तै, रोनाल्डोले लगातार आठ वटा मुख्य प्रतियोगितामा गोल गर्ने नयाँ किर्तिमान बनाएका छन् । जसमा विश्वकप, युरोपिन कप र कोपा अमेरिका सामेल छ । यो उपलब्धि कुनै युरोपियन वा दक्षिण अमेरिकी खेलाडीले हासिल गर्न सकेका छैनन् ।त्यस्तै, उनी चारवटा विश्वकपमा गोल गर्ने चौँथो खेलाडी बनेका छन् । यसअघि, उनले सन् २००६, २०१० र २०१४ को विश्वकपमा गोल गरेका थिए ।

यसअघि, ब्राजिलका पेले र जर्मनीका उवे सिलर र मिरोल्लाभ क्लोजले चारवटा विश्वकपमा गोल गरेका थिए ।यता, स्पेनविरुद्धको ह्याट्रिक उनको करियरको ५१ औँ ह्याट्रिक थियो । रोचक कुरा, यो विश्वकपमा भएको ५१ औँ ह्याट्रिक पनि थियो ।

कुनै मुख्य प्रतियोगितामा उनले ४५ औँ प्रयासमा पहिलो पटक ह्याट्रिकको उपलब्धि हासिल गरेका हुन् ।३३ वर्ष १३० दिनमा गोल गर्दै रोनाल्डो विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा धेरै उमेरका खेलाडी पनि बनेका छन् ।

श्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...