Monday, September 21, 2020

संसदीय नेताहरुले देखाएका “समृद्धिका सपना” भित्रका “सपना”

Author

Date

Category

हिजो आज संसदी प्रणाली भित्र धेरै भन्दा धेरै प्रयोग भएको शब्द हो “सपना”, यिनै देखाइएका सपनाभित्र सपना देख्ने हामि नेपालीको सपना देख्ने बानीमा मलजल गर्न स्थापित नयाँ राजनतिक परिवेशले बिकासको आशा लिएर आएको छ ।लामो समयदेखि राजनीतिक अराजकतामा गुज्रिएको हाम्रो देशमा यो समय नयाँ इतिहासको सुरुवात भएको अनुभूति भएको छ । जनताको अपेक्क्षा अनुरुप समय सापेक्षित परिवर्तनका मिठामिठा आवाजहरु ठाउँठाउँमा गुन्जयमान भएको पाउछौ ।

यस्ता बिकास एवं समृद्धिका आवाजले नेपाल र नेपाललाईनै मन्त्रमुग्ध तुल्याएको छ । हुन त शासन व्यवस्थानै विकासवादी, समृद्धिपरक र स्थाइ हुँदा जनताको हृदयमा आशाको सुर्य उदयमान हुनु स्वाभाविक नै हो तर यदि यो अवसरले पनि देशलाई विकास एवं परिबर्तनको नया मोडमा प्रस्तान गराउन नसक्ने हो भने आम नेपाली जनताको अपेक्षा ‘आकाशको फल आँखा तरी मर’ सरह हुनेछ ।त्यसैले जनताद्वारा जननेतृत्व प्रदान गरिएका ति नेतृत्वकर्ताहरुले जनताको अपेक्षालाई भाषण मै मात्र सिमित नगरुन्। समाजलाइ नयाँ कार्यदिशा तर्फ आगाडी बढाउन एवं जनताको स्तरोनत्ति वृद्धि गर्नु आजका नेतृत्वकर्ताहरुको अहं कर्तव्य हुन्छ । नाम, दाम एवं प्रतिष्ठाका लागि मात्र पदको अस्तित्व होइन । दायित्व र जिम्मेवारीलाई समुचित एवं न्यायोचित प्रकारले बोध गरि व्यवहारमा कार्यान्वयन गरे मात्रै पदको अस्तित्व रहन्छ ।

धनसक्ति, जनसक्ति, राजशक्ति एवं आत्मशक्ति नै अग्रगामी परिवर्तन एवं बिकाशका साधन हुन् । नेपाल यी सबै शक्तिहरुको परिपेक्षमा सबल भईरहेको स्तिथि छ ।राजनीतिमा रहेर जनताका टाउकोमा लात मार्दै आफ्नो स्व-अस्तित्व एवं स्वार्थका रुपमा शक्तिको दुरुप्रयोग गर्ने कुप्रथा नेपाली राजनीतिकमा हावी भएका हजारौं उदाहरणहरु पाइन्छन् । अहिलेको सरकारले यस्ता परम्परालाई तोड्दै कार्यहरु सम्पादन गर्छ भन्ने अपेक्षा जनताको हृदयमा विराजमान रहेको छ ।

विश्व परिपेक्षलाइ अनुशरण गर्दा नेपाली विकाशको गति धेरै सुस्त रहेको छ । कैयौं आरोह एवं अवरोह संग लड्दै आएको नेपालमा यावत समस्याहरु देखिनु र विकाश अपेक्षित रुपमा प्राप्ति नहुनु स्वाभाविक नै थियो ।अब त ति सबै अराजकताबाट देशले पार पाई सकेको छ । बिकाश एवं अतुलनिय समृद्धिको सपनाहरु आजका नेतृत्वकर्ताहरुबाट देखाइएका छन् । ति सपनाहरु सपनासंगै समाप्त भएर नाजाओंस ।

सपना त्यो होइन जो निन्द्रामा देखिन्छ वास्तविक सपना त्यो हो जसले निद्रा समाप्त गर्छ । सपनाको लक्ष्यलाइ लक्ष्यबोध गरि अन्धकारमय युगको युगान्त गरि सपनालाई सत्यमा परिवत गर्नुनै आजको आवश्यकता हो।

हुन त हजारौ सम्भावनाका अस्तित्वहरु बोकेको हाम्रो देशमा बिकाश एवं समृद्धिका सपनाहरु चिन्तन एवं मनन् गर्नु कुनै आश्चर्यको बिषय होइन ।अटल विश्वास एवं दृढ निश्चयले असम्भवलाई त सम्भवमा परिणत गर्छ भने नेपाल त सम्भावनाको वृहद पुञ्ज हो यहाँ त हरेक कणकणमा समृद्धि लुकेको छ।प्राकृतिक दृष्टिकोणले सुन्दर रहेको नेपाल सानो भए पनि बिशाल क्षमता बोकेकोले विश्वसामु नै एक स्वर्णटुक्राको रुपमा विराजमान रहेको छ । बस यहाँका सम्भावनाका वीजलाइ वृक्षमा परिणत गर्न खाँचो छ । बस  राष्ट्र निर्माणको लागि असल हातहरुको खाँचो छ ।

श्रोत 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,230FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...