Tuesday, September 29, 2020

उपभोक्ताको ४ अर्ब थन्क्याएर निरन्तर पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

Author

Date

Category

उपभोक्ताकै लागि खडा गरिएको मूल्य स्थिरीकरण कोषमा ४ अर्ब बढी रकम थन्क्याउँदै नेपाल आयल निगमले पछिल्लो समय पटकपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दै आएको छ । अन्र्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा मूल्यस्थिरीकरण कोषमा जम्मा भएको रकम प्रयोग गर्ने उदेश्यले निगमले मूल्य स्थिरीकरण कोषको स्थापना गरेको थियो । मूल्य स्थिरीकरण कोषको नाममा भन्सार बिन्दुबाटै अतिरिक्त रकम थप हुँदै आएको छ । त्यहाँ थप हुने रकम उपभोक्ताबाट नै असुल्ने गरिएको छ ।

निगमले मूल्य स्थिरीकण कोषको नाममा भन्सार बिन्दुमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ १३ पैसा असुल्दै आएको छ । त्यस्तै मट्टीतेल र डिजेलमा प्रतिलिटर ९५ पैसाका दरले अतिरिक्त रकम असुल्दै आएको छ ।

त्यसैगरी दुवै किसिमका हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर एक रुपैयाँ १५ पैसाका दरले असुल्दै आएको छ । खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर १३ रुपैयाँ ७५ पैसा मूल्य स्थिरीकण कोषका लागि असुल्दै आएको छ । यसरी असुल्दै आएको रकम पछिल्लो समय ४ अर्ब रुपैयाँभन्दा बढी पुगिसकेको छ । तर, निगमले मूल्य स्थिरीकरणको कोषमा जमा भएको ४ अर्ब रुपैयाँ प्रयोग गरी उपभोक्तालाई राहत दिनको साटो उल्टै निरन्तर मूल्यवृद्धि गर्दै आएको छ ।

यसरी विभिन्न शीर्षकमा भन्सार बिन्दुबाटै असुल्ने गरिएको रकमले पनि उपभोक्तालाई महँगो पर्ने गरेको र त्यसमाथि निरन्तरको मूल्यवृद्धिले उपभोक्तामाथि दोहोरो भार परेको उपभोक्ता अधिकारकर्मीले बताएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अहिले अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर घटिरहेका बेला नेपाल आयल निगमले घाटामा गएको बहानामा पटकपटक मूल्यवृद्धि गरेर आमउपभोक्तालाई मारमा पारेको दाबी गरे । उनले मूल्य स्थिरीकरण कोषमा थुपारेको रकम प्रयोग गरी उपभोक्तालाई राहत दिन निगमलाई आग्रहसमेत गरे ।

‘पेट्रालियम पदार्थमा अहिले भइरहेको मूल्यवृद्धि नाजायज र अप्राकृतिक रहेको छ’ उनले भने, ‘निगमलाई घाटा भएको भन्दै मूल्यवृद्धि गर्ने बहाना गलत हो । यदि निगम घाटामा नै गएको हो भने, मूल्य स्थिरीकरण कोषमा थुपारिएको रकम प्रयोग गरेर अस्वभाविक मूल्यवृद्धि फिर्तालिनुपर्छ ।’

नेपाल आयल निगमले मूल्य स्थिरीकण कोषको रकमले खाना पकाउने एलपी ग्याँसमा भइरहेको घाटाको पूर्ति गरिरहेको प्रतिक्रिया दिए । ‘ग्याँसमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा रहेको छ’ उनले भने, ‘त्यसको घाटा पूर्तिका लागि हामीले मूल्य स्थिरीकरण कोषमा भएको रकमको नै प्रयोग गरिरहेका छौं, ।’

त्यस्तै, निगमले पछिल्लोपटक गरेको मूल्यवृद्धिपछि हवाई इन्धनमा अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर ३८ रुपैयाँ र आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ नाफा रहेको छ । दुवै किसिमका हवाई इन्धनमा रहेको नाफाले पेट्रोल र डिजेलमा भइरहेको घाटा पूर्ति गरिरहेको भट्टराईको प्रतिक्रिया थियो । त्यसबाहेक निगमलाई मट्टीतेलमा प्रतिलिटर १७ रुपैयाँ नाफा रहेको छ । पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५९ पैसा घाटा रहेको निमगले जानकारी दिएको छ ।

निगमले मूल्य स्थिरीकरण कोषबाहेक भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, पूर्वाधार कर, प्रशासनिक खर्चको नाममा समेत अतिरिक्त रकम असुल्दै आएको छ । यी विभिन्न शीर्षकमा लिइने अतिरिक्त शुल्क सम्बन्धित क्षेत्रमा खर्च हुने गरेको समेत छैन । यी शीर्षकमा लिइने शुल्क कटौती गरेको अवस्थामा उपभोक्ताले सस्तोमा पेट्रोलियम पदार्थ खरिद गर्न पाउने उपभोक्ता अधिकारकर्मी दाबी गर्दै आएका छन् ।

श्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,218FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...