Sunday, October 25, 2020

विश्वकप फुटबलका लगि उत्साहले भरिएको इजिप्ट

Author

Date

Category

२१औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता आउन अब १० दिन मात्रै बाँकी छ । विश्वकपमा सहभागी ३२ टोली अभ्यास र विभिन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा व्यस्त रहेका छन् ।

विश्वकपमा छनोट भएको सबै ३२ टोली विश्वकपलाई लिएर उत्साहित छन् । यसैमध्ये २८ वर्षपछि विश्वकपमा फर्किएको इजिप्ट अन्य टोलीभन्दा सबैभन्दा बढी उत्साहित टोली रहेको मान्न सकिन्छ । किनभने इजिप्ट दक्षिण अफ्रिकाबाट रसिया विश्वकपमा छनोट हुने दोस्रो टोली बन्न पुग्दा २८ वर्षपछि विश्वकपको अन्तिम चरणमा स्थान बनाउन सफल भएको थियो ।

फिफा विश्वकपमा छनोट हुने पहिलो दक्षिण अफ्रिकी राष्ट्र बने पनि त्यसपछिका विश्वकपमा भने इजिप्ट छनोट नजिक पुगे पनि स्थान बनाउन सकेन । अन्ततः हेक्टर कुपरको प्रशिक्षणमा इजिप्टले विश्वकपमा स्थान बनाउन सफल भयो । सन् १९३४ र सन् १९९० को विश्वकप खेलेको इजिप्ट पहिलो सहभागितामा हंगेरीसँग ४–२ ले पराजित हुन पुगेको थियो । सन् १९९० मा इटालीमा भएको विश्वकपमा भने इजिप्टले सम्झनयोग्य प्रदर्शन गर्न सकेन । नेदरल्यान्डसँग १–१ को तथा आयरल्यान्डसँग गोलरहितबराबरी खेलेको इजिप्ट इंग्ल्यान्डसँग १–० ले पराजित हुँदा समूह चरण पार गर्न सकेन । इजिप्टले त्यतिबेला ३ खेलमा एक मात्र गोल गर्न सफल भएको थियो । माग्ली अब्देल घानीले नेदरल्यान्डविरुद्ध बराबरी गोल गरेका थिए । इजिप्टले त्यसपछिका ६ संस्करणमा छनोट चरण पार गर्न सकेको थिएन । सातपटकको अफ्रिकी कप अफ नेसन्सको उपाधि उचालिसकेको इजिप्टलाई यसपटकको रसिया विश्वकपमा स्थान बनाउन इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहले महŒवपूर्ण भूमिका निभाएका थिए । विश्वकप छनोट चरणको ६ खेलमा ५ गोल गरेका २५ वर्षीय सलाह छनोटमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बने । उनकै प्रेरणादायी प्रदर्शनमा लिभरपुल ८ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल हुँदा प्रिमियर लिगमा लिभरपुल चौथो स्थानमा रहँदै अर्काे सिजनको च्याम्पियन्ल लिगलाई पनि स्थान बनाउन सफल भयो ।

च्याम्पियन्स लिगको फाइनलमा भने रियल मड्रिडका कप्तान सर्जियो रामोससँगको ट्याकलमा परेपछि उनले पहिलो हाफमा मैदान छोड्न बाध्य हुँदा लिभरपुल ३–१ ले पराजित हुन पुगेको थियो । प्रिमियर लिग क्लब चेल्सी र इटालियन क्लब फियोरेन्टिना र रोमाबाट खेलिसकेका सलाहले यस सिजन प्रिमियर लिगको ३६ खेलमा ३२ गोल गरेका सलाहकै भरमा इजिप्ट रहेको छ । तर, उनी च्याम्पियन्स लिगको फाइनलमा बोकेको चोटले अहिले आराममा रहेका छन् । उनी विश्पकपअघि नै खेलमा फर्कने विश्वास गरिएको छ । सलाहको प्रदर्शनले नै इजिप्टको यात्रा कहाँसम्म पुग्न सक्ने हो त्यो भने हेर्न बाँकी छ ।

तुलनात्मक रूपमा सहज समूहमा परेको इजिप्ट दोस्रो चरण पुग्ने अनुमान गरिएको छ । इजिप्ट सम्मिलित समूह ‘ए’ मा आयोजक रसियासँगै इजिप्ट, उरुग्वे र साउदी अरेबिया रहेका छन् । यो समूहमा दक्षिण अमेरिकी राष्ट्र उरुग्वेलाई केही बलियो टोलीको रूपमा हेरिए पनि अन्य तीन राष्ट्रको स्तर समान रहेकाले यी तीन टोलीमध्ये जुनसुकै टिमको पनि दोस्रो चरण पुग्ने सम्भावना उत्तिकै रहेको छ ।

यता दक्षिण अमेरिकी राष्ट्र उरुग्वे आफ्नो इतिहास ब्युँताउने लक्ष्यमा हुनेछ । स्पेनिस क्लब बार्सिलोनमा उच्च प्रदर्शन गरिरहेका लुइस स्वारेज र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा उधुम मच्चाइरहेका एड्सन काभानीको लयले पनि उरुग्वे हौसिएको छ । अग्रपंतिमा यी दुई खेलाडी रहँदा विपक्षी डिफेन्डरलाई टाउको दुखाइ हुन सक्छ । दुईपटकको विश्वविजेता उरुग्वे सन् २०१० को विश्वकपमा सेमिफाइनलमा पुग्न सफल भएको थियो । त्यसयता सन् २०१४ को विश्वकपमा भने उरुग्वे प्रि–क्वाटरफाइनलबाटै बाहिरएको थियो ।

यस्तै, आयोजक राष्ट्र रुसलाई भने घरेलु मैदान र दर्शकको दबाब हुनेछ । घरेलु मैदानमा घरेलु दर्शकको साथ रहने भए पनि घरेलु टोली हारेको कुनै पनि घरेलु दर्शकले हेर्न चाहँदैनन् । त्यसैले पनि रुस घरमा बढी दबाबमा खेल्दै अघिल्लो चरण पुग्ने लक्ष्यमा हुनेछ । यस्तै एसियन पावर हाउस बनेको साउदी अरेबियाले पनि नकआउट चरण पुग्ने लक्ष्य बनाएको छ । सन् १९९४ मा भएको विश्वकपबाट विश्वकप खेल्न सुरु गरेको साउदी अरेबियाको विश्वकपमा प्रदर्शन सन्तोषजनक छैन । सोही संस्करणमा नकआउट चरणमा प्रवशे गर्नु नै साउदीको सबैभन्दा ठूलो उपलब्धि हो । त्यही उपलब्धिलाई आत्मसात गर्ने उद्देश्यमा साउदी अरेबिया रहेको छ ।

श्रोत 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...