Sunday, October 25, 2020

२० नेताको स्वास्थ्य : प्रायलाई उच्च रक्तचाप दखियो

Author

Date

Category

मानिसका लागि सबैभन्दा ठूलो सम्पत्ति के होला ? सहजै भन्ने गरिन्छ, ‘स्वास्थ्य ।’ स्वास्थ्यलाई सम्पत्तिसँग तुलना गर्नु भनेको सम्बन्धित व्यक्ति स्वस्थ रहने प्रयास गर्नु हो । स्वस्थ रहन सके संसार जित्न सकिन्छ भन्नेहरूको बाहुल्य छ ।स्वास्थ्यप्रति सचेत रहँदारहँदै पनि विभिन्न रोगले समात्छ । रोग लाग्नसाथ आकाश खसिहाल्दैन । तर, रोगले समातेपछि उपचार गर्नु, मुख बार्नुको किकल्प छैन ।रातोपाटी डटकमले २० नेताको स्वास्थ्यस्थिति बुझ्ने प्रयास गरेको छ । २० नेतामध्ये अधिकांशलाई रक्तचापले समातेको छ । अन्यले विभिन्न रोगको उपचार गराउँदै आएका छन् । अधिकांश नेताको भनाइ छ, ‘सधैं हाँसिखुसी रहनुपर्छ । मानसिक तनावमुक्त जीवन जिउनुपर्छ । आफूलाई सधैं सक्रिय राख्नुपर्छ ।’भरतमोहन अधिकारी, पूर्वउपप्रधानमन्त्री दमले समातेको छ । मुटुमा समस्या छ । ग्यास्ट्रिकले सताएको धेरै भयो । पिसाबमा पनि समस्या छ । समय–समयमा स्वास्थ्य परीक्षण गर्दै आएको छु ।मोहनविक्रम सिंह, महामन्त्री मसाल मधुमेहपीडित छु । स्वास्थ्यमा सचेत छु । सालिन्दा होलबडी चेकअप गर्न बिर्सेको छैन ।नारायणमान बिजुक्छे, अध्यक्ष नेमकिपा
रक्तचापले समातेपछि औषधि सेवन गरिरहेको छु । घुँडाको समस्या छ । सालिन्दा ‘होलबडी चेकअप’ गर्न कन्जुस गर्दिनँ ।लीलामणि पोखरेल, पूर्वसांसदस्वास्थ्यलाई ध्यान होइन पेलपाल गरेर हिँड्ने मानिस हुँ । मलाई ब्रोङ्काइटिस छ । ढाड दुख्छ । पहिले बढी हिँडेकाले होला, घुँडा खिइएको छ । रक्तचापले समातेकाले एमलोठ फाइभ सेवन गर्दै आएको छु । अहिलेसम्म तीनपटक होलबडी चेकअप गरेको छु ।म मानसिक तनाव लिन्न । म बढी हिँड्ने, डुल्ने र उफ्रने मानिस भएकाले उमेर र स्वास्थ्यका हिसाबले फरक छ । मेरो पाचन क्रिया बलियो छ । म अकबरे खुर्सानी खान्छु । अकबरे खुर्सानी खाँदा फाइदा हुन्छ भनेर कसैले सुझाएपछि मैले नियमित खाँदै आएको छु । यसले पाचन क्रियालाई सघाउँछ । अन्य खुर्सानीले पाचन क्रिया कमजोर बनाउँछ । अकबरे खुर्सानीले ग्यास्ट्रिकलाई फाइदा गर्छ । तपाईं खानुहुन्न भने आजैदेखि अकबरे खुर्सानी खान सुझाउँछु । म दैनिक आठवटासम्म अकबरे खुर्सानी खान्छु ।प्रकाशशरण महत, पूर्वमन्त्री खानपान सादा भएकाले स्वास्थ्यमा समस्या छैन । रक्तचाप अलि कम छ । दीर्घरोगले समातेको छैन । समय–समयमा ‘होलबडी चेकअप’ गराउँछु । खानपानबाहेक त्यतिबेला गाउँमा गरेको उकाली–ओह्रालीले अहिलेसम्म स्वस्थ रहेको हुँ ।अशोक राई, पूर्वमन्त्रीमलाई उच्च रक्तचापले समातेको छ । औषधि सेवन गर्दै आएको छु । वर्षमा एकपटक ‘होलबडी चेकअप’ गराउँछु । सामान्य चेकअप पनि गराइरहन्छु । स्वास्थ्यप्रति सचेत हुनैपर्यो । उच्च रक्तचापबाहेक अन्य दीर्घरोग छैन ।म तनाव लिँदै लिन्न । जीवनलाई तनावमुक्त राख्नुपर्छ । हाँसीखुसी जिउने प्रयत्न गर्नुपर्छ भन्ने मान्यता राख्छु । खानपानमा पनि सचेत नै छु । स्वास्थ्य हानि हुने खानेकुरा खान्न । झुक्याएर वा झुक्किएर खाएमा अर्कोपटक दोहोर्याएर खाँदै खान्न ।अग्नि सापकोटा, सांसद
ज्यानलाई सन्चै छ । मधुमेहले छोए पनि सुरुमै थाहा पाएकाले सन्तुलनमा राखेको छु । अहिलेसम्म दुईपटक ‘होल बडी चेकअप’ गराएको छु । खानपिनमा सचेत, बाहिर त्यति नखाने र शारीरिक अभ्यासले तन्दुरुस्ती देखिएको हुँ ।चक्रपाणि खनाल ‘बलदेव’, मन्त्रीज्यानलाई बिसन्चो नभए पनि उच्च रक्तचाप र कोलस्ट्रोल छ । अहिलेसम्म होलबडी चेकअक गराएको छैन । उच्च रक्तचाप र कोलस्ट्रोलबाहेक तन्दुरुतै छु ।दिलनाथ गिरी, पूर्वमन्त्रीरक्तचाप र मधुमेहले समातेको छ । उत्ताउलो खानेकुरा खान्न । धूमपान, मद्यपान गर्दिनँ । चिल्लो, पिरो सकेसम्म खान्न । त्यसैले दुवै रोग सन्तुलनमा राखेको छु । अहिलेसम्म ‘होलबडी चेकअप’ गराएको छैन । जुन बेला, जुन रोग देखापर्छ, त्यतिबेला त्यही रोगको उपचार गर्ने गरेको छु । रक्तचाप र मधुमेहले समाते पनि तन्दुरुस्ती देखिनुका कारण योगा, मर्निङवाक र खानपान हो ।गिरिराजमणि पोखरेले, शिक्षामन्त्री ‘मल्टिपल प्रब्लम’ बाट गुज्रिरहेको छु । हिजोआज त्यसलाई केयर गर्दै आफूलाई स्वस्थ र सक्रिय राख्न प्रयत्नरत छु । दीर्घरोग भन्ने शब्द÷पदावली नै मन पर्दैन । रोग नभएको कोही पनि छैनन् । रोगलाई सकारात्मक ढंगले लिने र मैत्रीपूर्ण व्यवहार गर्ने गर्नुपर्छ । दुर्घटनामा परिसकेपछि अहिलेसम्म तीनपटक ‘होल बडी चेकअप’ गराएको छु ।मधुमेहका दृष्टिकोणले तीन–तीन महिनामा नियमित चेक–जाँच गराउँछु । मेरो ‘ब्लड प्रेसर लो’ छ । पहिले पेटका समस्या थिए । मन्त्री भएपछि डाइबिटिजले समात्यो ।महेन्द्रबहादुर शाही, मुख्यमन्त्री रक्तचाप र ग्यास्ट्रिकले समातेकोबाहेक अहिलेसम्म सन्चै छु । ग्यास्ट्रिक बढ्नसाथ रक्तचाप बढ्दोरहेछ । डा. रवि मल्लसँग नियमित चेकजाँच र परामर्शमा छु । सालिन्दा ‘होलबडी चेकअप’ गराउँदै आएको छु । रक्तचाप र ग्यास्ट्रिकबाहेक स्वस्थ हुनुका कारण शारीरिक अभ्यास नै हो । तर, शारीरिक अभ्यासले ग्यास्ट्रिक नियन्त्रण गर्न सकिँदैन । पाल्पामा ४८ घन्टा पानी नखाई युद्ध लडेका थियौं । त्यसो भएपछि ग्यास्ट्रिक रमाइहाल्दोरहेछ ।जीवनबहादुर शाही, पूर्वमन्त्रीकहिलेकाहीं दाँत दुख्छ । आँखा हिउँले खाएको हो । सालिन्दा एकपटक होलबडी चेकअप गराउँछु । पहिले–पहिले शारीरिक अभ्यास गर्थें । धूमपान गर्दिनँ । साह्रै करकापमा परेको बेलाबाहेक मद्यपानसमेत गर्दिनँ । बाँकी ‘गड गिफ्टेड’ होला ।श्रीप्रसाद जबेगू, पूर्वमन्त्रीरक्तचापबाहेक ज्यानलाई ठिकै छ । रक्तचाप बढ्ने र घट्ने भइरहन्छ । तर, मलाई थाहा हुँदैन । औषधि सेवन गर्दै आएको छु । केही समयअघि ‘होलबडी चेकअप’ अन्तर्गत ‘फस्र्ट प्याकेज’ गरें । त्योभन्दा अघि ‘सेकेन्ड प्याकेज’ गरेको थिएँ ।समय–समयमा श्रम गर्छु । छोटो दूरीका लागि सवारीसाधन प्रयोग गर्दिनँ । चिल्लो, पिरो बारेको छु । मासु उसिनेरमात्रै खान्छु । नुनिलो पनि खान्न । यसले गर्दा शरीरलाई तन्दुरुस्ती बनाउने सघाएको होला ।रामहरि खतिवडा, पूर्वसांसदपछिल्लो समय रक्तचापले समातेको छ । रक्तचाप १४०÷९० हुन थालेको छ । रक्तचाप बढे पनि अहिलेसम्म हिँड्दा, डुल्दा त्यसको असर देखापरेको छैन । निद्रा राम्रै लाग्छ । खाएको पचेकै छ । बोल्न अप्ठ्यारो परेको छैन । त्यसकारण ज्यानलाई सन्चै छ भन्ने मेरो दाबी हो । समय–समयमा ‘होलबडी चेकअप’ गर्दै आएको छु ।सुदन किराती, सांसादछिट्टै चिसो लाग्छ । जेलमा रहँदा यातना पाएकाले ढाडको समस्या छ । युरिक एसिड र छालाको एलर्जी छ । अहिलेसम्म ‘होलबडी चेकअप’ गराएको छैन । रक्तचाप ‘लो’ छ ।विशाल भट्टराई, सांसद
मलाई ग्यास्ट्रिक छ । यसले समय–समयमा दुःख दिन्छ । अहिलेसम्म पाँचपटक होलबडी चेकअप गराएको छु । हिँडडुल र मिहिनेत गर्ने भएकाले स्वस्थ रहेको हुँ भन्ने मेरो ठम्याइ छ ।अञ्जना विशंखे, सांसदटाउको दुख्नेबाहेक निरोगी नै छु । अहिलेसम्म दुईपटक ‘होलबडी चेकअप’ गराएकी छु । आफूलाई सधैं सक्रिय राख्ने भएकाले पनि स्वस्थ रहेकी हुँ कि ।कृष्णकुमार राई, सांसदज्यानलाई आधा सन्चो आधा बिसन्चो छ । अहिलेसम्म दुई÷चारपटक होलबडी चेकअप गराएको छु ।पासाङ शेर्पा, नेताउच्चरक्तचाप र युरिक एसिडले समातेको छ । औषधि सेवन गरेपछि १४०÷९० मा झरेको छ । औषधि सेवन नगर्दा १५०÷१०० हुन्छ । अहिलेसम्म डा. युवराज लिम्बूसँग एकपटक ‘होलबडी चेकअप’ गराएको छु । फुटबल, ब्याडमिन्टन खेल्छु, स्वीमिङ गर्ने भएकाले ज्यान ठीकठाक देखिएको हो ।यज्ञराज सुनुवार, सांसद
रक्तचाप र युरिक एसिडले समातेको छ । माइलोड ८० सेवन गरेपछि रक्तचाप सामान्य छ । तीनपटक ‘होलबडी चेकअप’ गराएको छु । रक्तचाप र युरिक एसिडबाहेक तन्दुरुस्ती हुनाका कारण खानपान नै हो । मादक पदार्थ त्यति पिउँदिनँ । धूमपानदेखि टाढै छु । पहाडमा उकालो–ओह्रालो हिँडिरहन्छु । गाउँमा रहँदा अर्गानिक खाना खान पाइन्छ ।

श्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...