Thursday, October 22, 2020

पहिलो पटक विश्वको मूल्यवान टप टेन ब्राण्डको सूचीमा दूई चिनियाँ ब्राण्ड समावेश, गुगल नम्बर वान

Author

Date

Category

विश्वका मूल्यवान ब्राण्डहरुको नयाँ सूची सार्वजनिक भएको छ । र, पहिलो पटक शीर्ष दुई स्थानमा चीनका दुई ब्राण्डहरु परेका छन् ।अलिबाबा र चिनियाँ प्रविधि समूह टेनसेन्ट मूल्यवान ब्राण्डको शीर्ष १० स्थानमा परेको छ । यी दुई चिनिया ब्राण्डहरु गुगल र एप्पलजस्ता प्रतिष्ठित ब्राण्डसँगै शीर्ष दश स्थानमा परेका हुन् ।ब्राण्डजेड सूची भनिने यो सूची प्रत्येक वर्ष डब्लुपीपी र कन्टार मिलवार्ड ब्राउनले प्रकाशित गर्ने गर्छन् ।

ज्याक माको विद्युतीय व्यापार साइट अलिबाबा शीर्ष ९औं स्थानमा छ । मोबाइल भूक्तानी र क्लाउड कम्प्युटिङ्गजस्ता नयाँ क्षेत्रमा हालै सेवा विस्तार गरेको अलिबाबाको ब्राण्ड मूल्य लगभग दोब्बर बढेर ११३ अर्ब डलर भएको छ ।अलिबाबाले पछिल्लो समय ब्राजिल, चिल्ली र अन्य ल्याटिन अमेरिकी देशहरुमा आफ्नो पकड बढाइरहेको छ । यसको इजरायल, स्पेन र दक्षिण कोरिया पनि बलियो उपस्थीति रहेको छ ।

त्यस्तै शेन्झेनमा आधारित टेन्सेन्टले त फेसबुकलाई समेत पछाडी पारेर पाचौं स्थानमा पुगेको छ । सन् २०१७ मा पहिलो पटक ब्राण्डजेड सूचीको शीर्ष स्थानमा पर्न थालेको टेन्सेन्ट भन्दा अघि गुगल,एप्पल, एमेजन र माइक्रोसफ्ट मात्र छन् । अघिल्लो वर्षभन्दा ६५% बृद्धी भएर यसको ब्राण्ड मुल्य १७९ अमेरिकी डलर भएको छ ।टेन्सेन्ट अनलाई गेमिङ्ग, एप्स, इन्स्ट्यान्ट म्यासेजिङ्ग सेवा र अनलाईन भूक्तानीमा केन्द्रित छ । बजार क्यापिटलाइजेशनमा यसको मूल्य ४९० अमेरिकी डलर छ ।
यो वर्षका शीर्ष दश ब्राण्डहरु यस प्रकार रहेका छन्ः
१.गुगल
२.एप्पल
३.अमेजन
४.माइक्रोसफ्ट
५.टेनसेन्ट
६.फेसबुक
७.भिसा
८.म्याकडोनाल्डस्
९.अलिबाबा
१०.एटी एण्ड टी
शीर्ष स्थानमा रहेको गुगल विगत १२ वर्षमा ८ चोटी शीर्ष स्थानमा परिसकेको छ । गुगलको ब्राण्ड मुल्य यो वर्ष ३०२ अर्ब अमेरिकी डलर रहेको छ । यो मुल्य अघिल्लो वर्षको भन्दा २३% को वृद्धी हो ।

श्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...