Tuesday, October 20, 2020

अध्ययनको निष्कर्ष : सम्पूर्ण जीवको ०.०१% हिस्सा मात्र मानिसको, तर आधा वनस्पतिको विनास गरिसके

Author

Date

Category

सम्पूर्ण जीवको विश्लेषण गरिएको एक महत्वपूर्ण अध्ययनले पृथ्वीको बृहत् जीवनमा मानव जाति एकदमै सानो तर अत्यन्त प्रभावशाली रहेको खुलासा गरेको छ ।उक्त अध्ययन अनुसार विश्वभरी रहेका ७.६ अर्ब मानिसहरूले सम्पूर्ण जीवको ०.०१% हिस्सा मात्र प्रतिनिधित्व गर्छन् । यद्यपि मानव सभ्यताको झिसमिसेदेखि हालसम्म मानिसहरूले सम्पूर्ण वन्यजन्तुको ८३% र आधा वनस्पतिको विनास गरिसकेको छ । यो नयाँ अध्ययन प्रत्येक जीवित प्राणीहरूको तौलको विस्तृत गणना गरिएको पहिलो अध्ययन हो । यसले केही लामो समयदेखि रहेका धारणाहरूलाई पनि उल्ट्याएको छ । ब्याक्टेरिया निश्चय नै पृथ्वीको प्रमुख जीव हो, यसले सम्पूर्णमा १३% हिस्सा छ । तर वनस्पतीले सबैलाई छायामा पारेको छ । वनस्पती सम्पूर्ण जीवित प्राणीको ८२% छ । कीरादेखि फङ्गीसम्म, माछादेखि जनावरसम्म सम्पूर्ण जीवले विश्वको जैविक पिण्डको ५% भाग मात्र ओगट्छन् ।अर्को चकित पार्ने तथ्य समुन्द्री जीवको हिस्सामा देखियो । पहिले पृथ्वीमा रहेको जीवनको कुल जैविक पिण्डमा सबैभन्दा बढी समुन्द्रमा रहेको मानिन्थ्यो । तर महासागरका जीवहरूले सम्पूर्ण जैविक पिण्डको १% प्रतिशत मात्र ओगट्दो रहेछ । जीवनको ठूलो हिस्सा जमिनमा आधारित रहेको छ र त्यसमा पनि ठूलो हिस्सा ओगट्ने ब्याक्टेरिया जमिनमुनि रहन्छ ।“जैविक पिण्डका सबै फरक फरक अवयवको विस्तृत, समग्र गणना हामीसँग छैन भन्ने पाउँदा म चकित परेको थिएँ,” यो खोजको नेतृत्व गरेका इजरायलको वेइजम्यान इन्स्टिच्युट अफ साइन्सकाप्राध्यापक रोन मिलोले भने । “यस अध्ययनको निष्कर्षले पृथ्वीमा मानव जातिको कस्तो अधिपत्य छ भन्ने एक दृष्टिकोण प्रदान गर्ने आशा गरेका छु ।” उनले भने । उनी अफैलाई पनि यो अध्ययनको परिणामले प्रभाव पारेको बताए । उनले पशुहरूमा परेको ठूलो वातावरणीय असर देखेर अब आफूले कम मासु खाने बताए ।मानवीय कृयाकलापले हाम्रो ग्रहमा भइरहेको रूपान्तरणका कारणले अधिकांश वैज्ञानिकहरूलाई नयाँ भूगर्भीय युगको घोषणाको सँघारमा ल्याइपु¥यायो । उनीहरूले सन् १९५० यताको पृथ्वीको समयलाई ‘द एन्ड्रोपोसिन’ युग नाम दिएका छन् । त्यो वर्ष पृथ्वीमा मानवको अधिपत्यको सङ्केत प्रष्ट रूपमा बाहिर आउन थालेको बताउँछन् । यो परिवर्तनको एक निशान भनेको घरपालुवा कुखुराको हड्डी हो, जुन विश्वव्यापी देखिन्छ ।

मानव कृयाकलापले जीवहरूको सङ्ख्यामा परेको असर

यो नयाँ अध्ययनले विश्वमा रहेको सम्पूर्ण पक्षीहरूमध्ये ७०% प्रतिशत पक्षी मानव फार्ममा रहेको देखाएको छ । पृथ्वीका ३०% प्रतिशत पक्षी मात्र वन्य अवस्थामा छन् ।
स्तनधारीको सन्दर्भमा यो तथ्याङ्क झन् विकराल छ । विश्वका कुल स्तनधारीको ४% मात्र जङ्गलमा बस्छन् । मानव जातिले विश्वको स्तनधारीको ३६% भाग ओगट्छन् भने बाँकी स्थानधारी अर्थात् ६०% हिस्सा मानिसको नियन्त्रणमा छन् अर्थात घरपालुवा अवस्थामा छन् ।“यो निक्कै स्तब्धकारी छ,” मिलोले भने “जब हामी टिभीमा वन्यजन्तुसम्बन्धी कार्यक्रम हेर्छौं, हरेक प्रजातिका प्रशस्त चराहरू देख्छौं तर जब हामीले अध्ययन ग¥यौं तब हामीले त्योभन्दा निक्कै ठूलो सङ्ख्यामा जीवहरू घरमा रहेको पायौं ।”धेरै वैज्ञानिकहरूले खेती, काठ र विकासका लागि वन्य वासस्थानको विनासले गर्दा अहिले पृथ्वीको चार अर्बको जीवनकालमा छैटौं जीवनको आम संहार (मास एक्स्टिन्सन अफ लाइफ) सुरु हुन थालेको चेतावनी दिइरहेका छन् ।
विगत पचास वर्षमा पृथ्वीका आधा जीवहरू सधैंका लागि लोप भए र यसमा प्रत्यक्ष अप्रत्यक्ष मानिसहरूको हात छ ।अझ यो नयाँ गणनालाई मानवहरू कृषि गर्न थाल्नुभन्दा अघिको समय र औद्योगिक क्रान्ति सुरु हुनु भन्दाअघिको समयसँग तुलना गर्दा विनासको सम्पूर्ण स्तर थाहा हुन्छ । मानव कृयाले गर्दा छ भागमा एक भाग स्तनधारी मात्र बाँकी रहेका छन् । तीन शताब्दी लामो समुद्रमा जीव समात्ने कार्यले पाँच भागमा एक भाग मात्र समुद्री जीव बाँकी बचेका छन् ।मानवको यो श्रेष्ठताका बाबजुद मानवको उपस्थिति भने नगन्य छ । सम्पूर्ण मानवको कुल योगभन्दा भाइरसको तौल तीन गुण बढी रहेको छ । माछा मानवभन्दा १२ गुणा ठूलो छ भने फङ्गी २०० गुणा ठूलो । सम्पूर्ण वनस्पती त मानवहरू भन्दा ७,५०० बढी छन् ।तर मानवको प्राकृतिक संसारमा प्रभाव भने निक्कै ठूलो रहेको मिलोले बताए । यसमा महत्वपूर्ण हात हाम्रो खानाको छनौटको छ । “हामी के खान्छौं त्यसले जनावर, वनस्पती र अन्य जीवको वासस्थानमा निक्कै असर पार्छ,” मिलोले भने ।“यो खोजले मानिसले गरिरहेको खानाको उपभोगमा परिवर्तन आउने आसा गरेको छु । उक्त अध्ययनको नेतृत्व गरेको भए पनि म आफै साकाहारी भइहाल्दिन तर मेरो खानाको छनौट र मात्राले वातावरणमा पार्ने असरबारेमा म ध्यान पु¥याउनेछु ।”

कसरी गरिएको थियो यस्तो अध्ययन
अनुसन्धाताहरूले जैविक पिण्डको यो हिसाब सयौं अध्ययनबाट प्राप्त तथ्याङ्कहरूलाई प्रयोग गरेर निकालेका थिए । तीन अधिकांश अवस्थामा ठूलो भूभागको स्क्यान गर्न सक्ने ‘भूउपग्रहिय रिमोट सेन्सिङ’ प्रयोग गरिएको थियो । यसको अतिरिक्त आँखाले देख्न नसकिने सूक्ष्म जीवका लागि ‘जिन सिक्वेसिङ’ प्रयोग गरिएको थियो ।उनीहरूले एउटा वर्गको जीवको विश्लेषण गरेर सुरु गर्थे र त्यसपछि ती जीवको विश्वव्यापी कुल मात्रा निकाल्नका लागि यी जीवहरू बस्ने सबै खाले पर्यावरणहरू निर्धारण गर्थे । उनीहरूले कार्बनलाई मुख्य मापकका रूपमा लिए । अध्ययनबाट सम्पूर्ण जीवमा ५ खर्ब ५० अर्ब टनको तत्व रहेको पाइयो । अनुसन्धाताले केही निश्चित गणनामा उलेख्य अनिश्चितता रहेको स्वीकार गरेका छन् । यो कुरा विशेष गरेर गहिरो स्थानमा रहने ब्याक्टेरियाको सन्दर्भमा लागू हुन्छ । तर पनि यो खोजले महत्वपूर्ण सिंहावलोकन प्रदान गर्ने अनुसन्धाताको विश्वास छ ।यो अनुसन्धानमा संलग्न नरहेका अमेरिकास्थित रुट्गर विश्वविद्यालयका पल फल्कोस्कीले भने “मेरो जानकारी भएसम्म यो अध्ययन पृथ्वीमा रहेका सम्पूर्ण जीवहरूको जैविक वितरणको पहिलो विस्तृत विश्लेषण हो । यसमा भाइरस समेत समावेश छ ।”“यो अनुसन्धान पेपरको दुई महत्वपूर्ण निचोड छन्,” उनले भने “पहिलो, मानिसहरू प्राकृतिक सम्पदाहरूको दोहनमा निक्कै क्षमतावान र किफायती छन् । मानिसहरूले खाना र आनन्दको लागि लगभग सबै महादेशहरूका वन्यजन्तुको व्यापक न्यूनीकरणदेखि समूल नष्ट गरेको छ । दोस्रो, जैविक पिण्डमा स्थल वनस्पतीको विश्व स्तरमा अत्यधिक गुणाले अधिपत्य छ । वनस्पतिको अधिकांश जैविक पिण्ड काठको स्वरूपमा रहेका छ ।”

द गार्डियनबाट/ अनुवाद : श्रवण उप्रेती

श्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...