Friday, October 2, 2020

‘रामोशलाई कारवाही गर !’ भन्दै २ लाख बढीको हस्ताक्षर संकलन

Author

Date

Category

म्याड्रिड । लिभरपुलका स्टार मोहमद शलाहलाई घाइते बनाएको भन्दै रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोशमाथि कारवाही माग गर्दै हस्ताक्षर अभियान शुरु गरिएको छ ।हुनतः मैदान र मैदानबाहिर उनको व्यवहारको कारण म्याड्रिड बाहिर हुने आलोचना रामोशका लागि कुनै नौलो कुरा होइन ।र, च्याम्पियन्स लिगको फाइनलमा शलाहलाई लडाएपछि उनी ‘दुश्मन नम्बर १’ भएका छन् । उक्त खेल रियलले ३–१ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।इजिप्टका खेलाडीलाई रामोशले तानेर लडाउँदा उनी अप्ठ्यारो तरिकाले काँधमा बजारिन पुगेका थिए । उनले रुँदै मैदान छाडेका थिए ।अहिले उनले विश्वकपमा खेल्ने सम्भावनामा पनि प्रश्न उठ्न थालेको छ ।युईएफए र फिफालाई कारवाहीको माग गर्दै चेन्ज डट ओआरजीमा शुरु गरिएको याचिकामा २ लाख बढी हस्ताक्षरहरु संकलन भइसकेको छ ।

‘रामोशलाई कारवाही गर !’ भन्दै २ लाख बढीको हस्ताक्षर संकलन
‘रामोशलाई कारवाही गर !’ भन्दै २ लाख बढीको हस्ताक्षर संकलन

अबदेल हकिमले शुरु गरेको अभियानमा रामोशले शलाहलाई लडाउनुका साथै लिभरपुलका साडियो मानेलाई गलत पहेँलो कार्ड दिन भूमिका पनि खेलेको आरोप लगाइएको छ ।‘सर्जियो रामोश भविष्यका फुटबल खेलाडीहरुका लागि लगत उदाहरण हुन्,’ उनले भनेका छन्, ‘सही तरिकाले खेल जित्नुभन्दा उनी खेलको भावनाविपरित विभिन्न चालबाजी गर्छन् ।’खेलपछि रामोशले ट्वीटरमार्फत शलाहलाई सन्देश दिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।यता, शलाहले आफूलाई ‘फाइटर’ बताउँदै रसियामा विश्वकपमा आफू फर्कने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,212FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...