Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLसमाचारकोरो-नाकाे कलहले निन्द्रा उडाएकाे काठमाडौँ बासीन्दाहरुलाई फेरि आयाे दु:खकाे खबर !

कोरो-नाकाे कलहले निन्द्रा उडाएकाे काठमाडौँ बासीन्दाहरुलाई फेरि आयाे दु:खकाे खबर !

Published:

ON:

INFONPL

कोरो-नाकाे कलहले निन्द्रा उडाएकाे काठमाडौँ बासीन्दाहरुलाई फेरि आयाे दु:खकाे खबर ! को- भिडको बहानामा बजारमा कृत्रिम अभाव सृजना गरिएको छ । सरकारले को- रोना नियन्त्रणका लागि बिहीवारदेखि २ साता निषेधाज्ञा लगाउने निर्णय गरेपछि बजारमा सामान किन्नेको भीड लागेको छ ।

तर दैनिक उपभोग्य सामग्रीहरू चामल, दाल, चिनी आदिको अभाव देखिएको छ । दुई साता अघिसम्म थोकविक्रेताले अग्रिम सामान पठाएर भुक्तानीपछि लिन पनि मान्ने गरेका थिए । अहिले खुद्रा व्यवसायीले अग्रिम भुक्तानी गरेको साता दिनसम्म पनि सामान नआएको बताएका छन् ।

‘चामल, दाललगायत सामानका लागि अघिल्लो साता नै अग्रिम भुक्तानी पठाएको थिएँ,’ खुद्रा व्यवसायी अर्जुन खड्काले भने, ‘पहिले शुरूमै सामान आउने गरेकोमा अहिले पहिले नै पैसा पठाउँदा पनि सामान पाउन मुश्किल छ ।’ नि-षेधा-ज्ञा हुने भएपछि बजारमा ह्वात्तै माग बढेकाले मौज्दात सामान विक्री भएको र नयाँ किन्न खोज्दा सामान पाउनै मुश्किल भएको उनले बताए । यो खबर आजको आर्थिक अभियान दैनिकमा रहेकाे छ ।

याे पनि, नेपाली बजारमा खाने तेलकाे मूल्य पुन: बढ्यो! गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपियाँ पुनः बढेको छ । बजार सीमित उद्योगीको नियन्त्रणमा रहेको र सरकारका नियमनकारी निकायको बजारमा कमजोर उपस्थितिका कारण तेलको भाउ बिनाकारण महँगो भएको हो ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो पटक सनफ्लावर, भटमास र तोरीको तेलको भाउ मूल्य लिटरमै १० देखि १५ रुपियाँसम्म बढेको छ । सङ्घले १५ दिनअगाडि प्रतिलिटर २३५ देखि २४० रुपियाँ रहेको सनफ्लावर तेलको मूल्य २५० रुपियाँ पुगेको जनाएको छ । यस्तै यसअघि प्रतिलिटर २२० रुपियाँ रहेको भटमासको तेलको मूल्य बढेर लिटरको २३५ रुपियाँसम्म पुगेको छ । त्यसैगरी तोरीको तेल पनि ब्रान्डअनुसार १० देखि १५ रुपियाँसम्म बढेको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले भारतमा तेल महँगिएका कारण नेपालबाट भारततिर तेल आपूर्ति हुन थालेकाले बजारमा खाने तेलको मूल्य आकाशिएको बताए । कच्चा पदार्थको मूल्य केही बढेको भए पनि नेपालमा प्रशोधन भएको तेल भारतमा आपूर्ति गर्ने प्रवृत्ति बढेका कारण नेपाली बजारमा तेलको मूल्य आकाशिएको उनको भनाइ छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार