Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLशिक्षा३ साताका लागि विद्यालय बन्द गर्ने भन्नेबारे मन्त्रिपरिषद्ले गर्याे यस्ताे निर्णय !

३ साताका लागि विद्यालय बन्द गर्ने भन्नेबारे मन्त्रिपरिषद्ले गर्याे यस्ताे निर्णय !

Published:

ON:

INFONPL

३ साताका लागि विद्यालय बन्द गर्ने भन्नेबारे मन्त्रिपरिषद्ले गर्याे यस्ताे निर्णय ! मन्त्रिपरिषद्को बैठकले तत्काल शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले तत्काल शैक्षिक संस्था बन्द नगर्ने र संक्रमण फैलन नदिन सचेताना अपनाउने निर्णय गरेको छ ।

को-भिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले दोस्रो चरणको को-रोना महामारी रोक्नका लागि तीन साताका लागि विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरे को थियो । तर, बैठकले को-रोनाको बढ्दो जोखिमबारे सजग हुन र रोकथामका उपायहरु अवलम्बन गर्ने निर्णय लिएको छ । पछिल्लो समय कोरोना संक्रमण विद्यालमा अध्ययनरत बालबालिकाहरुमा देखिन थालेसँगै सिसिएमसीले तीन साताका लागि विद्यालय बन्द गर्न क्याबिनेटलाई सिफारिस गरेको हो । यस विषयमा सोमबारको बैठकमा विशेषगरी ११ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोपको प्रबन्धसमेत नभएको अवस्थामा सतर्क हुनुपर्ने बताउनुभएको छ ।

विद्यालयमा बालबालिकाहरुलाई संक्रमणबाट जोगाउनका लागि विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्बन गर्न बैठकले निर्णय गरेको छ । यसैगरी मन्त्रिपरिषद्को बैठकले तत्काल लकडाउन नगर्ने पनि निर्णय लिएको छ । स्थानीय तहको स्थिति हेरेर त्यहीँअनुरुप कदम चालिने निर्णय पनि भएको छ । भीडभाडयुक्त ठाउँहरुको हकमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु क-डाइका साथ लागू गर्न भनने मन्त्रिपरिषदको बैठकल निर्णय गरेको छ ।

भारतबाट फर्कनेहरुलाई नाकामा होल्डिङ सेन्टरमा राख्न र तत्काल होल्डिङ सेन्टरहरु बनाउन मन्त्रिपरिषद्ले गृहमन्त्रालयलाई निर्देशन दिएको बताइएको छ । सोमबार साँझ क्याबिनेट गरेका निर्णयहरु सीसीएसीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पत्रकार सम्मेलनमार्फत आज मंगलबार जानकारी दिने तयारी गरिएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार