Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLअन्तराष्ट्रियकतारमा को’भिड-१९ को खोप लगाउन आफ्नो नाम यसरि दर्ता गराउनुहोस

कतारमा को’भिड-१९ को खोप लगाउन आफ्नो नाम यसरि दर्ता गराउनुहोस

Published:

ON:

INFONPL

कतारमा को’भिड-१९ को खोप लगाउन आफ्नो नाम कसरि दर्ता गराउने ?  कतारले अक्टोबर ३१ सम्ममा प्राथमिकताको आधार अनुसार चार चरणमा उपलब्ध गराउने खोप लगाउनको लागि मन्त्रालयको वेबसाइट मार्फत आफ्नो नाम दर्ता गराउनु पर्नेछ ।

अहिले खोप लगाउने प्राथमिकताको सुचिमा आफु नपरेपनि नाम दर्ता गर्न सकिने र पालो आएपछि मन्त्रालयले स्वास्थ्य केन्द्र तोकेर एसएमएस मार्फत खोप लगाउन बोलाउनेछ । हाल अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी ,सम्पूर्ण कतारी नागरिक र ५० वर्ष देखि माथिका आप्रवासी नागरिकलाई खोप लगाउने काम भैरहेको छ ।

मन्त्रालयको अनुसार डिसेम्बर २३ देखि एक लाख बढी व्यक्तिले खोप लगाईसकेका छन् । खोप सबैलाई निशुल्क रहेको छ र खोप लगाउन हेल्थ कार्ड अनिवार्य चाहिनेछ ।

हिजो कतारमा थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।देशभरका प्रयोगशालामा ११ हजार ७३८ जनाको नमुना प’रीक्षण गर्दा ५३४ जनामा संक्रमण पुष्टि भएकोछ भने ३४९ जना निको भएका छन् त्यस्तै आज थप ५५ बर्षिय नागरिकको मृ’त्‍यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।

आज भाइरस देखिएका मध्ये ४३७ जना स्थानीय र ९७ जना अन्य मु’लुक बाट कतार आएकाहरु हुन् । यो संगै कतारमा भाइरस सं’क्रमण पुष्टि भएको कुल संख्या १७,४७,६२ पुगेको छ ।

हिजै थप एकको मृ’त्‍यु भए संगै कतारमा हालसम्म भा’इरस बाट ज्यान गु’माउनेको संख्या २७५ पुगेको छ भने र हालसम्म कतारमा नि’को हुनेको संख्या १६,१,१११ रहेको छ ।

यो पनि पढ्नुहोस:

दोहोरी च्याम्पियन सेटिङ र नाटक हो, के कल्पना दाहाल नवगायिका हुन र ? आयो यस्तो आरोप (भिडियो)

नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘दोहोरी च्याम्पियन’ आलोचित बनेको छ । ‘दोहोरी च्याम्पियन’ को पहिलो एपिसियोड नै आलोचना नै आलोचनाले भरिएको छ । हजारौँले दिएको डिजिटल अडिसनबाट छनोट भएका ३५ टिमको फिजिकल अडिसन शनिवार प्रसारण गरिएको थियो ।

‘दोहोरी च्याम्पियन’ हरेक शनिवार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ । पहिलो भाग प्रसारण भएसँगै यो सो आलोचित बनेको हो । अहिलेसम्म यो सोलाइ तीन लाख बाह्र हजार बढी दर्शकहरूले हेरिसकेका छन् भने, आठ हजार सात सय बढी दर्शकलेसमेत प्रतिक्रिया दिएका छन् ।

जसमा अधिकांश प्रतिक्रिया भने नकारात्मक छन् ।आलोचनाको मुख्य कारण भने यस शोका जजहरू नै हुन् । लोकदोहोरी क्षेत्रमा स्थापित कतिपय कलाकारहरूले समेत ‘दोहोरी च्याम्पियन’ मा जजहरूको निर्णय गर्ने शैलीलाई लिएर सामाजिक सञ्जालबाटै आलोचना र व्यङ्ग्य गरेका छन् ।

कतिपय दर्शकले जजहरूमा अनुशासन नभएको समेत प्रतिक्रिया दिएका छन् । भने कतिपयले जजहरूमा बढी घमण्ड भएको प्रतिक्रियासमेत दिएका छन् । त्यस्तै कतिपय दर्शकले यसका निर्णायकहरू परिवर्तन गर्नुपर्ने समेत माग गरेका छन् ।

‘दोहोरी च्याम्पियन’को निर्णायकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष गीतकार रमेश बि.जी लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा र गायक तथा गीतकार चन्द्र शर्मा रहेका छन् । यस्तै कार्यक्रम सञ्चालकको रूपमा लोकदोहोरी गायक बद्री पङ्गेनी र लोकदोहोरी गायिका प्रीति आले रहेका छन् ।

यो बिषयलाई लिएर पुन्य गौतम र सागर थापाले आ आफ्नो बिचार रखेका छन । हेरौ उनिहरुले के भनेका छन भिडियोमा

 

सम्बन्धित समाचार

ताजा समाचार