Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLअन्तराष्ट्रियखुशिको खबर्; साउदीका मजदुरलाई दिइयो न्याय, मालिकको अनुमतिबिनै अबदेखि मजदुरले कम्पनी फेर्न र आवतजावत गर्न पाउने नियम लागू

खुशिको खबर्; साउदीका मजदुरलाई दिइयो न्याय, मालिकको अनुमतिबिनै अबदेखि मजदुरले कम्पनी फेर्न र आवतजावत गर्न पाउने नियम लागू

Published:

ON:

INFONPL

खुशिको खबर्; साउदीका मजदुरलाई दिइयो न्याय, मालिकको अनुमतिबिनै अबदेखि मजदुरले कम्पनी फेर्न र आवतजावत गर्न पाउने नियम लागू! साउदीमा रहेका प्रवासी श्रमिकले आइतबार (आजदेखि) मालिकको अनुमतिबिनै आवतजावत र रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन्।

साउदी अरबकाे मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेअनुसार नोभेम्बर १ देखि विदेशी कामदारले काम परिवर्तन गर्न मालिकको पूर्वस्वीकृति नचाहिने भनेको छ।

साउदी सरकारले काफला प्रणालीअन्तर्गत साउदी अरबले कामदारहरूलाई सजिलो हुने गरी ‘काफला’ प्रणालीमा सुधार गर्दै प्रवासी र स्वदेशी श्रमिक दुवैलाई बराबरी कानुन बनाएको छ।

हाल साउदीमा रहेका एक करोड विदेशी कामदार यस काफला प्रणालीबाट लाभान्वित हुने बताइएको छ।

श्रमिकको हितमा आएको काफला प्रणलीलाई मानव अधिकारवादी संस्थाहरूले भने आइतबारदेखि लागू भएको सुधारको स्वागत गरेका छन् ।

यद्यपि, उनीहरुका अनुसार काफला प्रणालीका केही प्रावधान अझै जारी राखिएकोमा अभैँ सुधारको खाँचो रहेको छ ।

सुनको मूल्य ह्वात्तै घटेसँगै सुन किन्नेहरुको भिड

साताको अन्तिम दिन सुनको मूल्य घटेको छ । बुधबार र बिहिबार बढेको सुनको मूल्य नेपाली बजारमा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार ६ सय रुपैयाँले घटेसँगै शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

>यसअघि बिहीबार सुनको मूल्य तोलामा ८६ हजार ८०० र बुधबार ८६ हजार २०० नै रुपैयाँ रहेको थियो । यस्तै शुक्रबार तेजावी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैबीच शुक्रबार चाँदीको मूल्य पनि घटेर तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ।

सम्बन्धित समाचार

ताजा समाचार