Friday, May 7, 2021

Friday, May 7, 2021
INFONPLप्रविधिजापानले तयार पार्याे झोलामा बोकेर हिँड्न मिल्ने विद्युतीय बाइक, हेर्नुहाेस् यस्ताे रहेछ

जापानले तयार पार्याे झोलामा बोकेर हिँड्न मिल्ने विद्युतीय बाइक, हेर्नुहाेस् यस्ताे रहेछ

Published:

ON:

INFONPL

जापानले तयार पार्याे झोलामा बोकेर हिँड्न मिल्ने विद्युतीय बाइक, हेर्नुहाेस् यस्ताे रहेछ । सूचना प्रविधि क्षेत्रमा दैनिक नयाँ विकास भइरहेको छ । यस्ता विकासले नयाँ पुस्तालाई आकर्षित गर्ने गरेको छ । हालै जापानका अनुसन्धाताले एक विद्युतीय बाइक बनाएका छन् । उक्त बाइक अरु बाइकका तुलनामा भने फरक छ ।

अनुसन्धाताको एक टिमले पट्याएर भिर्ने झोलामा राख्न मिल्ने बाइक बनाएका हुन् । पोर्टेबल यान्ड इन्फ्लेटेबल मोबिलिटी (पोइमो) नाम राखिएको उक्त विद्युतीय बाइक टोकियो विश्वविद्यालयको एक अनुसन्धान टोलीले बनाएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीहरूले लामो समयदेखि छोटो र मध्यम दूरीको यातायात प्रभावकारी बनाउन प्रयत्न गरिरहेका थिए ।

उक्त विद्युतीय बाइक कतिपय ठाउँमा झोलाबाट निकालेर त्यसमा चढेर यात्रा गर्न मिल्छ भने सार्वजनिक यातायातमा उभिँदा झोलामा राखेर समेत यात्रा गर्न मिल्छ । समाचारका अनुसार बाइकमा एउटा सानो विद्युतीय पम्प पनि राखिएको छ, जसले यसको फ्रेमलाई एक मिनेटमा फुलाएर बस्न मिल्ने बनाउँछ ।

बाइकमा रबरका दुई जोडी पाङ्ग्रा जोडिएको छ भने सानो विद्युतीय मोटर पनि जडान गरिएको छ । त्यस्तै यो बाइकमा वायरलेस नियन्त्रक पनि समावेश छ । अहिले यो बाइकको तौल साढे ५ किलो भएको र अनुसन्धाता टोलीले अझै हलुका बाइक निर्माण गर्ने बताइएको छ ।

याे पनि पढ्नुहाेस् :- के तपाईं हाम्राे माेबाईल बाट थाहै नपाई ब्यालेन्स सकिने गरेकाे छ, यदि छ भने यस्ताे रहेछ कारण र यसकाे समाधान । के तपाईंको एनसेल र एनटीसी सिमको ब्यालेन्स थाहै नपाईकन घटिरहेको छ? धेरैजसो मोबाइल प्रयोगकर्ताको एउटै गुनासो हुने गर्छ – पैसा त्यत्तिकै सकिन्छ । उमेर ढल्केकाहरू बच्चाले ट्रान्सफर गरेको सोच्छन् भने अधिकांशले ख्यालै गर्दैनन् ।

सोमबार सामाजिक सञ्जालमा एनसेलले जानकारी नदिईकन नै दैनिक १५ रुपैयाँभन्दा बढी ब्यालेन्स काटिरहेको पोस्ट भाइरल भएपछि धेरैले यो कुरा याद गरे । एनसेलले हुवावे गेम कन्टेन्ट र बिजनेस ह्यान्डलिङ शुल्कको नाममा दैनिक १५ रुपैयाँ ३२ पैसासम्म ब्यालेन्स काट्छ । यसैगरी, नेपाल टेलिकमको मोबाइल डेटामा ब्यालेन्सबाट पटक–पटक नौ पैसा काटिएको स्क्रिन सट सामाजिक सञ्जालमा पोस्ट गरिएको खबर राजधानी दैनिकमा केही दिन अघि आएकाे थियाे । ग्राहकले नै विभिन्न अनलाइन विज्ञापन क्लिक गर्दा यो अटोमेटिक रूपमा एक्टिभ हुने गर्छ ।

फेसबुक, एन्ड्रोइड ह्यान्डसेटको एपीपी वा गुगल पेजमा डिजिटल विज्ञापन पेज क्लिक गरेपछि थर्ड पार्टी पार्टनरको सब्सक्रिप्सन पेज खुल्छ । पार्टनरको पेजमा सेवाग्राहीले कन्फर्मेसन गरेपछि एनसेलको सहमति प्राप्त पेज खुल्छ र त्यहाँ प्रयोगकर्ताको सब्सक्रिप्सन एनसेलले रि–कन्फर्म गरिदिन्छ । त्यसरी रि – कन्फर्म गर्दा त्यस्ता पेजमा प्रयोगकर्ताको निश्चित शुल्कमा निश्चित सेवा सब्सक्राइब हुन जाने गर्छ ।

होसियारीपूर्वक ती विज्ञापन हेरी सब्सक्राइब गर्दा पूर्ण रूपमा पढेको भए पैसा लाग्ने वा नलाग्ने यकिन हुन जान्छ । तर, अधिकांशले यस्तो गर्दैनन् । अन्तर्राष्ट्रिय डिजिटल विज्ञापन एजेन्सीले प्रयोगकर्ताको ह्यान्डसेटमा डिजिटल विज्ञापन पठाउँछन् । यस्तो सब्सक्रिप्सनबाट बच्न विज्ञापनको नोटिफिकेसन राम्ररी पढ्नुपर्छ । सब्सक्रिप्सन बटन क्लिक राम्ररी नपढी कुनै पनि विज्ञापनलाई कन्फर्म नगर्ने हो भने यस्तो समस्या हुँदैन ।

सम्बन्धित समाचार

ताजा समाचार