Thursday, October 1, 2020

नुवाकोटका मुख्यबजार क्षेत्रका सिसीटिभी क्यामरा प्रयोगविहीन

Author

Date

Category

नुवाकोट– यहाँको मुख्य बजार क्षेत्रमा जडान गरिएका सिसीटिभी ९क्लोजसर्किट टेलिभिजन० क्यामरा प्रयोगविहीन भएका छन् ।  नुवाकोट उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाको मुख्य बजार क्षेत्रमा जडान भएर प्रहरी कार्यालयमार्फत निगरानी गरिँदै आएको २५ थान क्यामरा सबै प्रयोगविहीन भएको हो ।

संघको पहलमा रु ३५ लाखमा जडान गरिएका क्यामरा मर्मतका लागि रकम उपलब्ध नगराउँदा बिग्रिएको सम्बन्धित पक्षले बेवास्ता गरेपछि एक महिनादेखि थन्किएका छन् । एक वर्षअघि संघले तत्कालीन जिल्ला विकास समिति, विदुर नगरपालिका, विभिन्न बैंक तथा वित्तीय सस्थासँगको आर्थिक सहयोगमा क्यामरा जडान गरेको थियो ।

त्यसका लागि रु ३५ लाख खर्च भएकामा रु आठ लाख भुक्तानी हुन बाँकी रहेको संघका कोषाध्यक्ष गीता अमात्यले जानकारी दिइन् । उनका अनुसार अपेक्षाअनुसार नगद सहयोग संकलन नहुँदा क्यामरा जडान गर्ने कम्पनीको भुक्तानी रोकिएको हो ।

जिल्लाको बजार क्षेत्रमा पर्ने गंगटेदेखि बट्टार, विदुर, ढुंगे हुँदै त्रिशूलीसम्मको पाँच किलोमिटर मुख्य सडक क्षेत्रमा जडान भएका क्यामराले काम नगरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । “बजार क्षेत्रमा शान्ति सुरक्षा तथा सडक सुरक्षालाई मध्यनजर गरी जडान भएका क्यामरा अहिले कुनै पनि चलेका छैनन्,” प्रहरी उपरीक्षक कुँवरले भने, “कुनै दुर्घटना भएमा सर्वसाधारणमा क्यामराबाट निगरानी हुन्छ भन्ने विश्वास भए पनि त्यो सेवा अहिले ठप्प हुँदा कठिनाइ भएको छ ।”

क्यामरा जडानले जिल्ला सदरमुकामसहित बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गराउन, चोरी–अपराध निरुपण गर्न, दुर्घटना न्यूनीकरण र घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गर्न प्रभावकारी बन्दै आएको थियो ।  प्रहरी कार्यालयमा राखिएको स्क्रिनमार्फत निगरानी गरी क्यामराको सहयोगमा सञ्चालनको एक वर्ष एक दर्जन अपराध तथा सवारी नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिन नुवाकोट प्रहरी सफल बनेको थियो ।

श्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,213FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...