Thursday, October 22, 2020

विश्वमा यसरी टरेर गयो तेश्रो विश्वयुद्धको खतरा, राष्ट्रसंघका पूर्वमहासचिवले गरे खुलासा

Author

Date

Category

एजेन्सी– संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ अर्को विश्वयुद्ध रोक्न सफल भएको प्रतिक्रिया दिएका छन् ।  संयुक्त राष्ट्रसंघको स्थापना भएपछि उसको सक्रियताका कारण नै गएको ७० वर्षमा अर्को विश्वयुद्ध रोक्ने काममा सफलता प्राप्त भएको बुधबार संयुक्त राष्ट्रसंघमा उनले बताए ।

पूर्व महासचिव मुनले भने, राष्ट्रसंघको स्थापनापछि नै विश्व समुदाय विश्वमा अर्को विश्वयुद्ध रोक्न सफल भएको हो, त्यसैले विश्वमा राष्ट्रसंघको प्रशंसा पनि हुने गरेको छ ।  उनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा आफ्नो धारणा राख्दै सो कुरा बताएका हुन् । उनले विश्वमा शान्ति स्थापना र शान्ति कायमगर्ने काममा संयुक्त राष्ट्रसंघको भूमिका विषयमा प्रवचन दिएका थिए ।

वर्तमान विश्वमा शान्ति र व्यवस्थाको स्थापना र कायम विषयमा संयुक्त राष्ट्रसंघको भूमिकाको बारेमा उनले भने– यो नै एकमात्र विश्व संस्था हो जसले विश्वमा विभिन्न स्थानमा जारीरहेका द्वन्द्वको बाबजुद पनि अर्को विश्वयुद्धको खतरालाई टार्न सकेको छ ।

उनले विश्वमा शान्ति स्थापनाका साथै गरिबी निवारण, जनस्वास्थ्यको उपलब्धता र आवश्यकताका तथा नागरिकमा शिक्षा र स्वास्थ्यको पहूँचजस्ता कामहरुमा विश्व संस्थाको रुपमा रहेको संयुक्त राष्ट्रसंघले ठूलो योगदान पुर्याइरहेको धारणा पनि सो अवसरमा राख्नुभएको थियो ।

यस कार्यका लागि उनले विश्व समुदायलाई विशेष धन्यवाद पनि दिनुभयो । गरिबी निवारण, शिक्षा र स्वास्थ्यको पहूँचजस्ता विषय र क्षेत्रहरुमा विश्व समुदायको समन्वयात्मक सहयोग र योगदान नभएको भए यसको कुनै सम्भावना नरहेको पनि उनले बताए ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा राष्ट्रसंघको बडापत्रका बारेमा सन् २०१५ पछिको यो तस्रो बैठक हो । महासचिव मुनले सो बैठकमा विश्वमा शान्तिको अवस्था, यसका चुनौतीहरुका साथै यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघको भूमिकाको बारेमा विशेष मन्तव्य राखेका थिए ।

दोस्रो विश्वयुद्ध पछि विश्वमा शान्ति स्थापनागर्ने र सम्भावित अर्को विश्वयुद्धको अवस्थालाई रोक्ने उद्देश्यका साथ सन् १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना भएको हो ।  त्यसयता विश्वयुद्ध नै भनेर कुनै विश्वव्यापी युद्ध नभएको भए पनि राष्ट्रसंघको विश्वमा शान्ति र व्यवस्था कायम गर्ने उद्देश्यअनुरुप काम भने हुन नसकेको विश्वमा चर्चा गर्ने गरिन्छ ।

विश्वयुद्धकै नाममा नभए पनि सिरिया, अफगानिस्तान, इराकलगायतका विश्वका कतिपय देशहरुमा लाखौँलाख नागरिक मारिएका छन् । यस्तो कार्यमा पनि विश्व संस्थाको रुपमा रहेको संयुक्त राष्ट्रसंघको भूमिका सशक्त हुनुपर्ने आवाज सर्वत्र उठ्ने गरेको पाइन्छ ।

श्रोत

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...