Thursday, October 1, 2020

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

Author

Date

Category

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार सुरु गरिएको छ । यसको परिणाम राम्रो आएपछि चिकित्सकहरु पनि आशावादी भएका छन् । नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिलाई प्लाज्मा कन्भासेन्ट थेरापी दिइएको हो ।।

आइसोलेसनमा उपचार गराइरहेका ६० वर्षका पुरुषलाई यो प्रविधिवाट उपचार गरिएको हो । अहिले उनी ७० प्रतिशत निको भइसकेका छन् । जसवाट चिकित्सकहरु आशावादी भएका छन् । पहिले संक्रमित भएर निको भएका व्यक्तिबाट झिकिएको रगतबाट प्लाज्मा बनाएर संक्रमित व्यक्तिलाई उक्त प्लाज्मा दिइने विधिलाई प्लाज्मा कन्भासेन्ट थेरापी भनिन्छ। यो एउटा रक्तदान प्रकृया जस्तै भएको चिकित्सकले बताएका छन् ।

नेपाल पहिलो पटक नुवाकोट स्थायी ठेगाना भई हाल बौद्धमा बस्ने २८ वर्षीय युवाले संक्रमितको उपचारका लागि प्लाज्मा दान गरेका हुन्। झन्डै ६० वर्षीय व्यक्ति साउन १० गते अस्पतालमा भर्ना भएका थिए। भर्ना हुँदा निमोनियाको समस्या पनि थियो। कोरोनापछि उनी सिकिस्त अवस्थामा पुगेको चिकित्सकले जनाएका छन् ।।

उनको स्वास्थ्य बिग्रिँदै गएपछि चिकित्सक टिमको बैठक बस्यो। प्लाज्मा थेरापीद्वारा उपचार गर्ने सहमति जुट्यो। बिरामी पक्षलाई सूचित गरियो। सोहीअनुरूप दाताको खोजी गरे । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सम्पर्क गरे। कोरोना निको भएका एक युवक फेला परे। उनी प्लाज्मा थेरापीका लागि तयार भए। बिहीबार राति प्लाज्मा थेरापी गरियो । मधुमेह र उच्च र क्त चापको समस्या भोगिरहेका ती पुरुषको परिचय सार्वजनिक गरिएको छैन ।।

प्लाज्मा दिन तयार भएका युवा भारतबाट आएका थिए । कोरोना पुष्टि भएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखेर उपचार गरिएको थियो । कोरोना निको भएपछि उनी प्लाज्मा दिन तयार भएका हुन्। सरकारले प्लाज्मा दान गर्न सार्वजनिक अपिल गरेपछि ती युवाले प्लाज्मा दान गरेका हुन् ।

शिक्षण अस्पतालमा उपचाररत एक संक्रमितलाई प्लाज्मा थेरापी गर्ने निर्णय भएपछि त्यसका लागि अस्पतालले ग्रान्डी अस्पतालमा कार्यरत ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ डा विपिन नेपाललाई अनुरोध गरेको थियो । डा नेपाल र उनको टिमले प्लाज्मा तयार गरेर संक्रमित ब्यक्तिलाई प्रयोग गरेका हुन् ।

उनको निमोनियाको समस्यामा पनि सुधार आएको छ। त्यस्तै अक्सिजनको मात्रामा पनि क्रमिक सुधार भइरहेको छ। थेरापीबाट उपचार गरेको ४८ घण्टापछि लगभग ७० प्रतिशत जति सुधार भएको चिकित्सकले बताएका छन् । साभार ताजा खबर

काेराेना भाईरस (काेभिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,212FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...