Wednesday, October 21, 2020

मुलुककाे एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुहार फेरिदै { फाेटाे सहित }

Author

Date

Category

मुलुककाे एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुहार फेरिदै { फाेटाे सहित } , नेपालको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नयाँ अत्याधुनिक संरचनाकासाथ शीघ्र सञ्चालन योग्य भएको छ ।विमानस्थलको क्षमता अभिवृद्धिका साथै सेवा सुविधालाई स्तरीकरण गर्नेगरी अत्यावस्यक थपिएका संरचनाले विमानस्थलको स्वरुप बदलिएको छ ।।

मुलुककाे एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुहार फेरिदै { फाेटाे सहित }

विकसित मुलुकका सुविधा सम्पन्न विमानस्थलको झल्को दिनेगरी अन्तरराष्ट्रिय विमानस्थलको संरचना थप्नुका साथै सेवा विस्तार र स्तरीकरणको कार्य धमा(धम भइरहेको हो । विश्वसँग नेपाललाई जोड्ने एक मात्रै अन्तरराष्ट्रिय विमानस्थल भएकाले यसलाई आधुनिकीकरण गर्ने, क्षमता अभिवृद्धि गर्दै सेवा विस्तार र स्तरीकरण गर्ने कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत निरन्तर भइरहेको छ ।

त्यसको नतृत्व गर्ने पर्यटनमन्त्री योगेशकुमार भट्टराईले विमानस्थलको क्षमता विस्तार र स्तरोन्नतिको कामलाई निरन्तर अवलोकन र निर्देशन दिदैँ अहिलेको अवस्थामा आइपुगेको हो ।विमानस्थलमा पछिल्लो समय भइरहेको कामबारे पर्यटनमन्त्रीले धेरै समय अन्तरराष्ट्रिय विमानस्थललाई दिदैँ आएका । परिणामस्वरुप विमानस्थलमा सञ्चालित आयोजनाले सकारात्मक परिणाम हासिल गरेका छन् ।

यसै शिलशिलामा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले आज अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चालित विभिन्न परियोजनाका साथै सेवा स्तरीकरणका लागि भइरहेका कामको स्थलगत अवलोकन गरे । अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना, पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितका उच्च अधिकारीलाई साथमा लिएर मन्त्री भट्टराईले विमानस्थलको प्रगति र सञ्चालिन नयाँ सेवा सुविधाको निरीक्षण र निर्देशन दिएका छन ।

कोभिड १९ महामारीले विश्व नै संत्रास छाइरहेको अवस्थामा अन्तरराष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणको काम निरन्तर अघि बढेको छ । पर्यटनमन्त्री भट्टराईले कोभिड–१९ नियन्त्रणका लागि नेपालमा लागू गरिएको बन्दाबन्दीभर कुनैपनि निर्माण कार्य अवरोध नभएको बताए । उनका अनुसार यो बिचमा विमानस्थलमा नयाँ प्रगति भएको छ । अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको काम सकिएको छ । साबिकको तीन हजार मिटर लामो धावनमार्ग विस्तार गरी थप ३ सय मिटर बनाइएको छ ।

धावनमार्ग छोटो हुदाँ जहाजलाई सुरक्षित उडान अवतरण गर्न केही कठिनाई भइरहेको थियो । विस्तारित धावनमार्गले उडान सुरक्षा सुनिश्चितता प्रदान गर्ने मन्त्री भट्टराईको भनाइ छ । बन्दाबन्दीकैबीच अन्तरराष्ट्रिय टर्मिनल भवनमा एक हजार ५ सय क्षमताको ॅडिपार्चर हल’ निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ । पुरानो डिपार्चर हल भत्काएर नयाँ बनाइएको हो ।

यही बीचमा वाइड बढी जहाज राख्न मिल्ने क्षमताका ॅपार्किङ्ग वे’ थपिएको छ । यसले ॅपार्किङ्ग वे’ मात्र थपिएको छैन । आकासमा जहाज होल्ड हुने अवस्थालाई पनि केही मात्रामा घटाएको पर्यटनमन्त्री भट्टराईले बताए । विमानस्थलको क्षमता अभिवृद्धिका लागि ॅलगेज वेल्ट’ थप्नेलगायत अन्य सेवा सुविधा थप्दै जाने योजना छ । समानान्तर ॅट्याक्सी वे’ निर्माण तथा विमानस्थलको उत्तरतर्फ थप २२ वटा जहाज क्षमताका पार्किङ्ग स्थल बनाउनेजस्ता कार्यक्रम पनि योजनावद्ध अघि बढेको मन्त्री भट्टराईले जानकारी दिए ।

उहाँले भदौँ १ गतेबाट सञ्चालन हुने आन्तरिक र अन्तरराष्ट्रिय उडान सञ्चालनताका लागि अहिले बनिरहेका सबै संरचनाको उपयोग गर्नेगरी तयारी गरिएकोे बताए । मन्त्री भट्टराईले निर्माणाधीन बाँकी काम छिटो सम्पन्न गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए । उनले भने, “यी सबै संरचना, सेवा र सुविधाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति भएको छ । देख्दा पनि आकर्षक भएको छ ।

भदौँ १ गतेपछि नेपाल आउने विदेशी पर्यटक तथा जतिपनि नेपाली दाजुभाई दिदिबहिनी काठमाडौँ विमानस्थलमा झर्दा विमानस्थलको नयाँ स्वाद लिनुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।”  रासस ।।

काेराेना भाईरस (काेभिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...