Sunday, November 1, 2020

कोरोना परिक्षणको सङ्ख्या बढाउदै, दैनिक १८ हजार भन्दा बढीको कोरोना परीक्षण गर्ने तयारीमा नेपाल सरकार ,

Author

Date

Category

कोरोना परिक्षणको सङ्ख्या बढाउदै, दैनिक १८ हजार भन्दा बढीको कोरोना परीक्षण गर्ने तयारीमा नेपाल सरकार , सरकारले छिट्टै दैनिक १८ हजार १६० जनाको पीसीआर परीक्षण गर्ने तयारी थालेको छ ।

हालसम्म नेपालमा दैनिक कोरोना परीक्षणको अघिकतम रेकर्ड भने ६ हजार ३ सय ६० मात्र रहेको भएता पनि लकडाउन खुलेको अवस्थामा अब भने परिक्षणको दायरा बढाएर अघि बढ्ने स्वास्थ्य मन्त्रालयको तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

डा गौतमका अनुसार पीसीआर मेसिनमा ११ वटा एक्ट्रयाक्सन मेसिन जडान भएपछि दैनिक ८ हजार ८ सय परीक्षण गर्ने क्षमता थप हुने र नयाँ सरकारी तथा निजी प्रयोगशालाहरुमा पनि ३ हजार व्यक्तिको दैनिक परीक्षण गरिने छ । यसैबिच नेपालमा आइतबार थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार १२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

त्यस्तै नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको दर घटिरहेका बेला नेपालका ६ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मनागं, मुस्तागं, रसुवा, संखुवासभा, पँचथर र भोजपुर रहेका बताए ।

त्यस्तै आज काठमाडौँ उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आज उपत्यकामा थप ८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

काेराेना भाईरस  (काेभिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...