Thursday, October 29, 2020

याे बर्षकाे श्रावण महिनामा ५ सय ५८ वर्षपछिकाे यस्तो अद्भूत संयोग पर्याे ,यी  ४ राशिलाई फाइदै फाइदा ,

Author

Date

Category

याे बर्षकाे श्रावण महिनामा ५ सय ५८ वर्षपछिकाे यस्तो अद्भूत संयोग पर्याे ,यी  ४ राशिलाई फाइदै फाइदा , नेपाली पञ्चाङ्ग अनुसार साउन चौथो महिना हो । संस्कृतको श्रावण महिना अपभ्रंश भएर नेपालीमा साउन भएको हो । शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ । साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन् जुन क्रम माघे संक्रान्तिसम्म रहन्छ ।। ज्योतिष विज्ञानअनुसार साउन अर्थात् श्रावण महिनाको पूणिर्माका दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ । त्यसैले यो महिनाको नाम श्रावण रहेको हो ।

साउन महिनालाई पवित्र महिनाका रूपमा लिने सनातन परम्परा छ । हरिशयनी अर्थात् आषाढ शुक्ल एकादशीदेखि हरिबोधिनी अर्थात् कार्तिक शुक्ल एकादशी सम्मको चार महिने अवधिलाई चतुर्मास भनिन्छ ।। श्रावण शब्द श्रवणबाट बनेको हो जसको अर्थ हुन्छ सुन्नु अर्थात् सुनेर धर्मको मर्म बुझ्नु । सनातन धर्मको प्रमुख ग्रन्थ वेदलाई श्रुति पनि भनिन्छ । श्रुतिको अर्थ नै त्यस्तो ज्ञान हो जुन ईश्वरबाट सुनेर ऋषिहरूले आम मानिसलाई सुनाए ।त्यसैले श्रावण अर्थात् साउन महिनालाई पवित्र मानिएको हो ।

यसलाई आदिगुरु भगवान् शिवको पि्रय महिना पनि मानिन्छ । श्रवण नक्षत्र तथा सोमवारलाई भगवान् शिवको पि्रय महिना मानिन्छ । त्यसैले यो महिनामा शिवलाई खुसी पार्न विशेष धार्मिक अनुष्ठान एवं रुद्राभिषेकका साथै सोमवारका दिन व्रत बस्ने गरिन्छ । साउन महिनाका सबै दिन उत्तिकै पवित्र हुने भए पनि सोमबारलाई अझ विशेष मान्ने चलन छ । यसबाहेक साउनमा नागपञ्चमी, मंगलचौथी, घण्टाकर्ण चतुर्दशी, जनैपूणिर्मा, गाईजात्रा आदि पर्व पर्छन् ।साउने संक्रान्तिका दिनदेखि सूर्य मिथुन राशि छोडेर कर्कट राशिमा प्रवेश गर्छन् । नेपालको ग्रामीण भेगमा संक्रान्तिका दिन लुतो फाल्ने परम्परा छ । सनातन धर्मावलम्बीहरूले साउन महिनाभर माछा-मासु, लसुन, प्याज आदि तामसी भोजन बार्ने चलन छ ।

यी ४ राशिलाई फईदा :- ज्योतिषहरुका अनुसार सयौ वर्षपछि श्रावणमा अ-’द्भु’त संयोग बनेको छ । श्रावण महिनामा ५ सय ५८ वर्षपछि ४ वटा ग्रहको व’क्र योग परेको छ । श्रावण महिनामा योपटक गुरु, शनि, रा’हु तथा केतुको ब-क्र परेको छ अर्थात यी ग्रहहरुको चाल उल्टो हुनेछ । सिंह र कुम्भ राशि भए का हरु लाई यो संयोग सबै भन्दा शुभ रहनेछ । ५ सय ५८ वर्ष पहिला अर्था १४६२ मा यस्तै संयोग बनेको थियो ।

यस को प्रभाव श्रावण महिना भरी रहने छ । ज्योतिषाचार्य पण्डित मनिष शर्माका अनुसार गुरु, शनि, राहु तथा केतु चार ग्रह एक साथ बक्र रहेछन् । ५५८ वर्ष पहिला पनि गुरु शनि राहु के’तु एक साथ श्रावण महिनामा आएका थिए । त्यस समय गुरु स्वयंको राशि धनुमा वक्र, शनि आफ्नो राशि मकरमा वक्र, राहुन मिथुनमा र केतु धनू राशीमा ब-क्र भएको थियो । ४ ग्रहको ब-क्र योगले तपाईको राशिमा कस्तो प्रभाव पर्ला जान्नुहाेस् !

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) श्रावणको महिनामा मेष राशि भएकाहरुको साहस र पराक्रम बढ्नेछ । सम्पर्क र सामाजिकता राम्रो हुनछ । घर परिवारमा सुख शान्ती र सहजता हुनेछ । भवन, वाहनको अभिलाषा बढ्नेछ । कार्यक्षेत्र सँग सम्बन्धित महत्वूर्ण कामम पूरा हुनेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) वृष राशिका लागि पनि श्रावण महिना राम्रो हुनेछ । यो पटक चार वटा सफलता तर्फ वृष राशि भएकाहरु उन्मुख हुनेछन् । राम्रो आयोजनामा प्रमुखताका साथ सहभागीता, धर्म संस्कार र अनुसन्धानमा सफता । महिनाको सुरुवातामा नयाँ साधनमा ध्यान जानेछ । वाणी व्यवहारको प्रभाव बढ्नेछ । महिनाको अन्तिममा साहस र पराक्रमले नयाँ सफलता हात पर्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) श्रावण महिना केही नयाँ उपलव्धि आर्जित गर्न सहायक हुनेछ । स्वास्थ्यलाई भने ध्यानमा राख्नुपर्नेछ । नियमअनुशासन अपनाउँदा फाइदा पुग्छ । सक्रियताको लाभ हुनेछ । प्रशासनिक काममा सपफता मिल्छ । बोल्नु भन्दा धेरै काम गरेर देखाउनुहोस् । महिनाको शुरुवातमा मेहनतको बलमा अअपेक्षित सफलता हात पर्ने छ भने उत्तरार्धमा रहन सहन र खानपानमा ध्यान दिन आवश्यक छ । यो महिनामा तपाईको निर्णय क्षमता बढ्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) यो राशि भएकाहरुलाई श्रावण महिना उत्तरोत्तर शुभकारक छ । मेहनत लगन तथा दूरदर्शी लागानीले अपेक्षित परिणाम दिनेछ । यी राशि भएकाले यो महिना सक्रियता बढाउनेछन् भने अनुशासनमा जोड दिनेछन् । महिनाको सुरुवातमा खर्च वृद्धि हुनेछ । चाप्लुसी गर्नेहरुबाट सर्तक हनु होला । उत्तरार्धमा आर्थिक रुपमा सफता प्राप्त हुनेछ । क्रो’धलाई नियन्त्रण गर्नुभएन भने समस्या देखिने योग छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) श्रावण महिनामा तपाइएको आर्थिक गतिविधी बढ्नेछ । क्षमता प्रदर्शनको अवसर प्राप्त हुने छ । साथीहरुको साथले काम बन्ने छ । प्रेम सम्बन्ध प्रगाढ बन्ने छ । पूर्वार्धमा करियर, जागिर र कारोबारमा तपाईले विशेष ध्यान दिनुहुनेछ भने लाभको प्रतिफल उच्च हुनेछ । महिनाको अन्तिमा स्वयं र नजिकका लागि तपाईले समय निकाल्नुहुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) श्रावणमा कार्यक्षेत्रमा नयाँ संभावनालाई बल दिने सम्भावना छ । पदोन्नती एवं सकारात्मक परिवर्तन सम्भव देखिएको छ । प्रशासनिक समस्या समाधान हुनेछन् । सम्पत्ति सम्बन्धी कार्य पक्षमा हुनेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)  धर्म मनोरञ्जनमा रुची बढ्ननेछन् । सानो प्रयासमा पनि काम बन्ने छ ।अवसरहरु आउनेछन् तर त्यसलाई ध्यान दिन जरुरी छ । यो महिनामा थप अनुशासन र समयको व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) परीक्षामा सफलता प्राप्त हुने योग छ । अनुशासन तथा आत्मनियन्त्रणका साथ अघि बढ्न जरुरी छ । यो समयमा तपाईले मुस्किल लाग्ने कामलाई पनि सहजता पाउनुहुनुनेछ । तर विनम्रता र काममा निरन्तरतामा कमी आउनेछ त्यसलाई विशेष ध्यान दिन जरुरी छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) यो महिना घरपरिवारसँग सामिप्यता बढ्नेछ । साथीको भनाइलाई महत्व दिनुपर्ने देखिएको छ । दाम्पत्यमा पारदर्शिता तथा प्रेम बढ्नेछ । कुनै पनि कामका लागि राम्रो प्रस्ताव प्राप्त हुने सम्भावना रहेको छ । पूर्वार्धमा करियर कारोबारमा व्यस्तताले सम्झौताका लागि प्रेरित गर्नेछ । उत्तरार्धमा गरिमा, गोपनीयतालाई ध्यान राख्नुपर्ने देखिएको छ । स्वास्थ्य प्रभावित बन्न सक्छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) निजी जीवनमा सुख बढ्नेछ । संघर्षमा सफलता मिल्नेछ । नयाँ सम्भावनालाई बल दिनेछ । व्यक्तिगत समस्या समाधान हुन । तपाईलाई लाभ हुनेछ । मेहनत था लगनबाट स्वयंका लागि उचित अवसर निर्माण गर्न सक्छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)  सम्बन्धमा मधुरता प्राप्त हुनेछ । यो महिना साहस सक्रियता थत सटीकता बढाउने छ । परीक्षामा सफलता, साथीहरुको सहयोग मिल्नेछ । भ्रमण र मनोरञ्जनको योछ । काम व्यवसायमा केही मात्रामा सफता हुनेछ । पूर्वार्धमा सन्तानको शुभ समाचार आउनेछ । स्वास्थ्य भने केही प्रतिकुल हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शिक्षा प्रेम तथा सन्तान पक्ष राम्रो रहेको छ । तर घरेलु समस्यामा बादविवादमा वा बहसमा उत्रनुबाट बच्नुहोस् । अप्त्याशित असहजताबाट बच्नका लागि अनुशासन मा जोड दिन अआवश्यक छ ।

काेराेना भाईरस ( काेभिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...